Trending
Prev Story
Next Story

तेस्रो नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिप कात्तिक १४ देखि

Ekantipur •
October 26, 2026 • 04:30 PM
1
1 reads 0 reactions

नेपालगन्ज स्वीमिङ क्लबको आयोजनामा यही कात्तिक १४ र १५ गते नेपालगन्ज रंगशालामा प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा झन्डै २०० खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

तेस्रो नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिप कात्तिक १४ देखि

नेपालगन्ज स्वीमिङ क्लबको आयोजनामा यही कात्तिक १४ र १५ गते नेपालगन्ज रंगशालामा प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा झन्डै २०० खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

नेपालगन्ज — बाँकेको नेपालगन्जमा तेस्रो नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिप आयोजना हुने भएको छ । सोमबार पत्रकार सम्मेलनको आयोजना गरी नेपालगन्ज स्वीमिङ क्लबको आयोजनामा यही कात्तिक १४ र १५ गते नेपालगन्ज रंगशालामा प्रतियोगिता हुन लागेको जानकारी गराइएको हो ।

नेपाल स्वीमिङ एसोसिएसनसँगको सहकार्यमा आयोजना हुने प्रतियोगितामा भारतको लखनउ, दिल्ली र पञ्जाबबाट समेत खेलाडी सहभागी हुने क्लबले जनाएको छ । प्रतियोगितामा भारतबाट करिब ५० जना र नेपालगन्जसहित देशका विभिन्न स्थानबाट करिब १५० जना गरी झन्डै २०० खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

क्लबले स्थापनाकालदेखि नै नियमित रूपमा राष्ट्रियस्तरका स्वीमिङ प्रतियोगिता आयोजना गर्दै आएको छ । पहिलो र दोस्रो संस्करण सफलतापूर्वक सम्पन्न भएपछि तेस्रो संस्करणका रूपमा अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गर्न लागिएको क्लबका अध्यक्ष केशव न्यौपानेले जानकारी दिए ।

प्रतियोगिताले नेपालगन्जमा पौडी खेलको विकास, खेलाडीको क्षमता अभिवृद्धि तथा राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा खेल पर्यटन प्रवर्द्धन गर्न सहयोग पुग्ने उनले बताए ।

प्रतियोगितामा ८ वर्षमुनिदेखि १७ वर्षसम्मका विभिन्न उमेर समूहका खेलाडी तथा १७ वर्षभन्दा माथिका खुला समूहका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । खेलाडीहरूले फ्रिस्टाइल, ब्याकस्ट्रोक, ब्रेस्टस्ट्रोक, बटरफ्लाई, रिले र व्यक्तिगत मेडले विधामा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा विभिन्न विधाका ८० वटा इभेन्ट सञ्चालन गरिने क्लबका उपाध्यक्ष एवम् इभेन्ट म्यानेजर सूर्यमणि अधिकारीले जानकारी दिए ।

नेपालगन्जका खेलाडीलाई प्रतियोगिताका लागि तयार पार्न स्वीमिङ प्रशिक्षकद्वय चन्दुमान चौधरी र दीपक परियारले होटल सिद्धार्थको स्वीमिङ पुलमा नियमित प्रशिक्षण दिँदै आएका छन् ।

प्रतियोगिता सफल बनाउन लुम्बिनी प्रदेश खेलकुद परिषद्, नेपालगन्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकाले आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । त्यसैगरी, नेपालगन्ज उपमहानगरपालिकाका वडा नं. ६, १२ र १८ तथा जानकी गाउँपालिका वडा नं. ३ लगायतका निकायबाट पनि सहयोग हुने क्लबले जनाएको छ ।

प्रतियोगितामा सहभागी खेलाडीलाई आयोजकले नेपालगन्जका स्वीमिङ पुल भएका चारतारे स्तरका होटलमा निःशुल्क बसोबास तथा खानाको व्यवस्था गर्ने जनाएको छ । प्रतियोगिता सञ्चालन गर्न करिब ३५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

रुपा गहतराज कान्तिपुरकी बाँके संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1d ago
मधेसमा सरकार बदल्ने तयारी सुरु, कात्तिक २८ मा बोलाइयो प्रदेश सभा बैठक

मधेसमा सरकार बदल्ने तयारी सुरु, कात्तिक २८ मा बोलाइयो प्रदेश सभा बैठक

मधेसमा सरकार बदल्ने तयारी सुरु, कात्तिक २८ मा बोलाइयो प्रदेश सभा बैठक केहि सेकेन्ड अघि जनकपुरधाम : मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई प्रदेशसभाबाट विश्वासको मत लिने प्रयोजनका लागि कात...

#कात्तिक
Compare →
Bizshala
1d ago
मन्त्री निवासदेखि ग्रामीण सडकसम्मका आठ आयोजनाको ठेक्का तोड्ने तयारी

मन्त्री निवासदेखि ग्रामीण सडकसम्मका आठ आयोजनाको ठेक्का तोड्ने तयारी

काठमाण्डौ । वर्षौँदेखि निर्माण अघि नबढेका तथा कामको प्रगति सन्तोषजनक नभएका आठ आयोजनाको ठेक्का अन्त्य गर्ने प्रक्रिया...

#आयोजना #देखि
Compare →
Nagarik News
1d ago
मधेस प्रदेशसभाको बैठक कात्तिक २८ गते आह्वान

मधेस प्रदेशसभाको बैठक कात्तिक २८ गते आह्वान

प्रदेशसभाको बैठक सञ्चालनका लागि भोलि कात्तिक २७ गते दिउँसो प्रदेशसभाअन्तर्गतको कार्य व्यवस्था परामर्श समितिको बैठक बस्ने र सोही बैठकले कार्यसूची निर्धारण गर्ने सभामुख यादवले बताए।

#कात्तिक
Compare →

Related Stories

World News
Build #2611