Trending
Prev Story
Next Story

मलेसियासँग श्रमिक भर्नाबारे बैठक गर्न नेपालको प्रस्ताव

Ekantipur •
October 26, 2026 • 03:30 PM
1
1 reads 0 reactions

प्रस्तावित बैठकमा श्रमिक छनोट तथा भर्ना प्रक्रियालाई थप व्यवस्थित, पारदर्शी र श्रमिकमैत्री बनाउने विषयका साथै सन् २०१८ मा नेपाल र मलेसियाबीच सम्पन्न श्रमसम्बन्धी समझदारीपत्रको नवीकरणसम्बन्धी मस्यौदालाई अन्तिम रूप दिने विषयमा समेत छलफल हुने अपेक्षा गरिएको छ ।

मलेसियासँग श्रमिक भर्नाबारे बैठक गर्न नेपालको प्रस्ताव

प्रस्तावित बैठकमा श्रमिक छनोट तथा भर्ना प्रक्रियालाई थप व्यवस्थित, पारदर्शी र श्रमिकमैत्री बनाउने विषयका साथै सन् २०१८ मा नेपाल र मलेसियाबीच सम्पन्न श्रमसम्बन्धी समझदारीपत्रको नवीकरणसम्बन्धी मस्यौदालाई अन्तिम रूप दिने विषयमा समेत छलफल हुने अपेक्षा गरिएको छ ।

काठमाडौँ — नेपाल र मलेसियाबीच श्रमिक छनोट तथा भर्ना प्रक्रियाका सम्बन्धमा देखिएका विषयहरू आपसी संवाद, सहकार्य र समझदारीका माध्यमबाट सम्बोधन गर्ने भन्दै संयुक्त कार्यदलको बैठक काठमाडौंमा आयोजना गर्ने प्रस्ताव राखेको छ ।

नेपालले उक्त बैठकका लागि सन् २०२६ नोभेम्बर १८–१९ वा डिसेम्बर २–३ का मितिहरू प्रस्ताव गर्दै मलेसियाली पक्षको अनुकूलताअनुसार बैठकको मिति तय गर्न सकिने जनाएको छ ।

श्रमिक भर्ना प्रक्रियामा निरन्तरता, पूर्वानुमानयोग्यता र सहजता कायम राख्न दुवै पक्षबीच आपसी सहमतिबाट नयाँ व्यवस्था तय नभएसम्म विद्यमान प्रक्रियालाई निरन्तरता दिनुपर्ने नेपालको धारणा रहेको छ ।

प्रस्तावित बैठकमा श्रमिक छनोट तथा भर्ना प्रक्रियालाई थप व्यवस्थित, पारदर्शी र श्रमिकमैत्री बनाउने विषयका साथै सन् २०१८ मा नेपाल र मलेसियाबीच सम्पन्न श्रमसम्बन्धी समझदारीपत्रको नवीकरणसम्बन्धी मस्यौदालाई अन्तिम रूप दिने विषयमा समेत छलफल हुने अपेक्षा गरिएको छ ।

नेपाल सरकारले मलेसियासँगको दीर्घकालीन श्रम सहकार्यलाई उच्च महत्त्व दिँदै नेपाली श्रमिकको हित संरक्षण, सुरक्षित एवं मर्यादित वैदेशिक रोजगारीको प्रवर्द्धन तथा दुवै मुलुकको साझा हितअनुकूल श्रम सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिबद्धतासमेत व्यक्त गरेको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1w ago
मलेसियाली रोजगारीको अन्योल

मलेसियाली रोजगारीको अन्योल

नेपालको प्राथमिकता आफ्ना नागरिकको रोजगारीसँगै शोषणमुक्तिको सुनिश्चितता, सुरक्षा, उचित पारि श्रमिक र स्वाभिमान हुनैपर्छ। औपचारिक रूपमा बन्द नभए पनि मलेसियाका लागि नेपाली युवा श्रमिकले प्रवेशाज्ञा प...

#श्रमिक #मलेसिया
Compare →
Onlinekhabar
1w ago
वैदेशिक रोजगारीमा ज्यान गुमाएका श्रमिकका परिवारलाई त्रिभुवन विमानस्थलमा विश्राम कक्ष

वैदेशिक रोजगारीमा ज्यान गुमाएका श्रमिकका परिवारलाई त्रिभुवन विमानस्थलमा विश्राम कक्ष

१८ काक्तिक, काठमाडौं । वैदेशिक रोजगारी त्रममा ज्यान गुमाएका नेपाली श्रमिकका परिवार तथा आफन्तको पर्खाइ सहज बनाउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आप्रवासी श्रमिक परिवार प्रतीक्षालय तथा विश्राम कक्ष सञ्चालनमा ल्याइएको छ । वैदेशिक रोजगार बोर्डको १८औं स्थापना …

#श्रमिक
Compare →
Bizshala
2w ago
मलेसिया पठाउने २५ म्यानपावरमाथि अनुसन्धान तीव्र, सम्पर्कविहीन व्यवसायीलाई ३५ दिनको अल्टिमेटम

मलेसिया पठाउने २५ म्यानपावरमाथि अनुसन्धान तीव्र, सम्पर्कविहीन व्यवसायीलाई ३५ दिनको अल्टिमेटम

काठमाण्डौ । मलेसियाको विदेशी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणाली एफडब्लूसीएमएसमा मुख्य एजेन्सीका रूपमा सूचीकृत २५...

#श्रमिक #मलेसिया
Compare →
Nagarik News
5d ago
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि स्वीकृत, श्रम गराउनेले बुझ्ने पर्ने कुरा

श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि स्वीकृत, श्रम गराउनेले बुझ्ने पर्ने कुरा

सरकारले ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि, २०८३’ स्वीकृत गरेको छ ।

#श्रमिक
Compare →

Related Stories

National (Nepal)
Build #2611