Trending
Prev Story
Next Story

वैदेशिक रोजगारीमा ज्यान गुमाएका श्रमिकका परिवारलाई त्रिभुवन विमानस्थलमा विश्राम कक्ष

Onlinekhabar •
November 04, 2026 • 01:31 PM
1
1 reads 0 reactions

१८ काक्तिक, काठमाडौं । वैदेशिक रोजगारी त्रममा ज्यान गुमाएका नेपाली श्रमिकका परिवार तथा आफन्तको पर्खाइ सहज बनाउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आप्रवासी श्रमिक परिवार प्रतीक्षालय तथा विश्राम कक्ष सञ्चालनमा ल्याइएको छ । वैदेशिक रोजगार बोर्डको १८औं स्थापना …

वैदेशिक रोजगारीमा ज्यान गुमाएका श्रमिकका परिवारलाई त्रिभुवन विमानस्थलमा विश्राम कक्ष

१८ काक्तिक, काठमाडौं । वैदेशिक रोजगारी त्रममा ज्यान गुमाएका नेपाली श्रमिकका परिवार तथा आफन्तको पर्खाइ सहज बनाउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आप्रवासी श्रमिक परिवार प्रतीक्षालय तथा विश्राम कक्ष सञ्चालनमा ल्याइएको छ ।

वैदेशिक रोजगार बोर्डको १८औं स्थापना दिवस अवसर पारेर बुधबारदेखि उक्त प्रतीक्षालय तथा विश्राम कक्ष सञ्चालनमा ल्याइएको हो ।

वैदेशिक रोजगार बोर्ड कार्यकारी निर्देशक निर्मलकुमार उप्रेतीले वैदेशिक रोजगारी क्रममा जीवन गुमाउने नेपाली श्रमिकका परिवार तथा आफन्तको पर्खाइ सहज बनाउने उद्देश्यले सेवा सुरु गरिएको जानकारी दिए ।

‘वैदेशिक रोजगारका क्रममा जीवन गुमाउने नेपाली श्रमिकका परिवार तथा आफन्तको पर्खाइ थोरै भए पनि सहज होस् भन्ने उद्देश्यसाथ यो सेवा सुरु गरेका हौं,’ उप्रेतीले भने ।

वैदेशिक रोजगारी क्रममा ज्यान गुमाएका श्रमिकको शव स्वदेश ल्याउने प्रक्रियामा परिवार तथा आफन्तले विमानस्थलमा लामो समय प्रतीक्षा गर्नुपर्ने अवस्था रहँदै आएको छ ।

यस्तो अवस्थामा उनीहरूलाई बस्न तथा विश्राम गर्न सहज होस् भन्ने उद्देश्यले प्रतीक्षालय स्थापना गरिएको बोर्डले जनाएको छ ।

बोर्डले वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । विदेशमा नेपाली श्रमिक अंगभंग हुने तथा ज्यान गुमाउने अवस्था आउन नदिन सचेतनामूलक कार्यक्रम सञ्चालन, पूर्वप्रस्थान अभिमुखीकरण तालिम व्यवस्थित तथा प्रभावकारी बनाउने र डिजिटल सामग्री श्रमिक तथा समुदायस्तरसम्म पुर्‍याउने काम भइरहेको उप्रेतीले बताए ।

१८ वटा उद्देश्य राखेर स्थापना भएको बोर्डले नयाँ तथा फलदायी श्रम गन्तव्यको पहिचान गर्ने र गन्तव्य मुलुकसँग गरिने श्रम सम्झौतामा श्रमिकको हित तथा सामाजिक सुरक्षाका विषय समेट्न आवश्यक समन्वय र सहकार्य गर्दै आएको छ ।

त्यस्तै वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकको पुनः एकीकरणमा सहयोग पुर्‍याउने, सिपमूलक तालिम सञ्चालन गर्ने तथा सिप प्रमाणीकरणमा सहायता गर्ने कार्यलाई थप प्रभावकारी बनाउन आवश्यक काम अघि बढाइएको बोर्डले जनाएको छ ।

वैदेशिक रोजगार बोर्ड स्थापना दिवस अवसरमा कार्यकारी निर्देशक उप्रेतीले श्रमिकको हित, सुरक्षा र कल्याणका लागि बोर्डले आफ्नो कार्यलाई थप प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Bizshala
1d ago
सामाजिक सुरक्षा कोषमा १ खर्ब ३० अर्ब संकलन, तीन चौथाइ योगदानकर्ता वैदेशिक रोजगारीबाट

सामाजिक सुरक्षा कोषमा १ खर्ब ३० अर्ब संकलन, तीन चौथाइ योगदानकर्ता वैदेशिक रोजगारीबाट

काठमाण्डौ । सामाजिक सुरक्षा कोषमा योगदान तथा प्रतिफलसमेत गरी संकलित रकम १ खर्ब ३० अर्ब रुपैयाँनजिक पुगेको छ। गत असोज...

#वैदेशिक #रोजगारी
Compare →
Hamro Patro News
1d ago
श्रमिकको १७४० र विशेषज्ञको ८४०० रूपैयाँसम्मको दैनिक ज्यालाले कति बढ्छ निर्माण लागत?

श्रमिकको १७४० र विशेषज्ञको ८४०० रूपैयाँसम्मको दैनिक ज्यालाले कति बढ्छ निर्माण लागत?

सरकारले सार्वजनिक खरिदमा संलग्न श्रमिकको न्यूनतम पारिश्रमिक र सामाजिक सुरक्षा अनिवार्य गर्ने नयाँ कार्यविधि जारी गरेको छ। निर्माण क्षेत्रमा काम गर्ने अदक्ष श्रमिकदेखि विशेषज्ञसम्मको पारिश्रमिकको न...

#श्रमिक
Compare →
Nagarik News
2d ago
दक्षिण कोरियामा रोजगारी बढ्दा पनि युवाले किन अवसर पाइरहेका छैनन् ?

दक्षिण कोरियामा रोजगारी बढ्दा पनि युवाले किन अवसर पाइरहेका छैनन् ?

जुलाईदेखि लगातार चार महिनासम्म रोजगारी वृद्धि एक लाखभन्दा माथि रहेको हो। यसले समग्र श्रम बजारमा सुधार देखिए पनि त्यसको लाभ सबै उमेर समूहमा समान रूपमा पुग्न नसकेको देखाउँछ।

#रोजगारी
Compare →
Ekantipur
5d ago
सार्वजनिक खरिदमा आबद्ध श्रमिकका लागि नयाँ व्यवस्था के छ ? ६ प्रश्नोत्तरमा बुझ्नुहोस्

सार्वजनिक खरिदमा आबद्ध श्रमिकका लागि नयाँ व्यवस्था के छ ? ६ प्रश्नोत्तरमा बुझ्नुहोस्

सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि, २०८३ ले व्यवस्थाले क–कसलाई समेट्छ ? के नयाँ कुरा समेटेको छ ? कार्यविधि कार्यान्वयन हुन कति सहज छ ? यस्ता प्रश्नकाे जिज्ञासा हामीले ६ प्रश्नोत्तरमार्फत् बुझाउने प्रयास गरेका छौं ।

#श्रमिक
Compare →
Arthasansar
2d ago
असिना जमेपछि बन्द भएकाे त्रिभुवन विमानस्थलको रनवे सञ्चालनमा

असिना जमेपछि बन्द भएकाे त्रिभुवन विमानस्थलको रनवे सञ्चालनमा

बाक्लो असिनासहित वर्षा भएपछि  बन्द भएकाे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग (रनवे)   सञ्चालनमा आएकाे छ ।  धावनमार्गमा  जमेकाे असिना सफा...

#त्रिभुवन #विमानस्थल
Compare →

Related Stories

Technology
Build #2612