Trending
Prev Story
Next Story

गुल्मीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृ’त्यु, ३ जना घाइते (अपडेट)

Nagarik News •
October 26, 2026 • 01:17 PM
1
1 reads 0 reactions

कालीगण्डकी गाउँपालिका–२ दबौखानीस्थित कालीगण्डकी करिडोर सडकखण्डमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्।

गुल्मीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृ’त्यु, ३ जना घाइते (अपडेट)

गुल्मीमा  स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। कालीगण्डकी गाउँपालिका–२ दबौखानीस्थित कालीगण्डकी करिडोर सडकखण्डमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्।

स्याङ्जाको चिरकोटबाट गुल्मीको राक्सेतर्फ जाँदै गरेको बा ०२२० नम्बरको स्कारपियो आइतबार दिउँसो करिब ४ बजे सडकबाट करिब २५० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी स्याङ्जाको वालिङ नगरपालिका–२ निवासी ६७ वर्षीय स्कारपियो चालक दिलीप कुमार बाग्ले, स्याङ्जाको वालिङ नगरपालिका–१० निवासी ६० वर्षीय शिव पराजुली, गुल्मीको कालीगण्डकी गाउँपालिका–१ सिरकोट घर भई हाल वालिङ, स्याङ्जा बस्ने ५०र५५ वर्षीय लोकनाथ पाण्डे, गुल्मीको कालीगण्डकी गाउँपालिका–१ सिरकोट घर भई हाल बुटवल बस्ने सीता पाण्डे र  गुल्मीको कालीगण्डकी गाउँपालिका–१ सिरकोट घर भई हाल बुटवलको खैरेनी बस्ने कुलानन्द पाण्डेको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

यस्तै, स्याङ्जाको वालिङ नगरपालिका–२ निवासी निता बगालेको कालीगण्डकी सामुदायिक अस्पताल मिर्मीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

त्यसैगरी, गुल्मीको कालीगण्डकी गाउँपालिका–१ सिरकोट निवासी छविलाल पाण्डेको अवस्था गम्भीर रहेको छ। उनको कालीगण्डकी सामुदायिक अस्पताल मिर्मी, स्याङ्जामा उपचार भइरहेको छ।

यस्तै, गुल्मीको कालीगण्डकी गाउँपालिका–१ सिरकोट घर भई हाल स्याङ्जाको वालिङ नगरपालिका बस्ने ५०र५५ वर्षीया गोमता पाण्डे र स्याङ्जाको वालिङ नगरपालिका–१० निवासी बालकृष्ण सुवेदीको अवस्था मध्यम रहेको र उनीहरुको पनि उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनाबारे थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ९ कार्तिक २०८३ १९:०२ सोमबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Ekantipur
11h ago
दार्चुलामा जीप दुर्घटना हुँदा पाँचजना घाइते

दार्चुलामा जीप दुर्घटना हुँदा पाँचजना घाइते

महाकाली नगरपालिका–९ दत्तुस्थित सरकार खेलमैदानमा जीप घुमाउने क्रममा पल्टिँदा घाइते पाँचैजनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

#दुर्घटना #घाइते
Compare →
Onlinekhabar
12h ago
चितवनमा कारको ठक्करबाट एक जनाको मृत्यु, दुई घाइते

चितवनमा कारको ठक्करबाट एक जनाको मृत्यु, दुई घाइते

२७ कात्तिक, काठमाडौं । चितवनको भरतपुर महानगरपालिका –१६ फुर्तीचोकमा कारले ठक्कर दिँदा एक जना महिलाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । शुक्रबार बिहान ९ बजेको समयमा फुर्तीचोकबाट नवीनचोकतर्फ जाँदै गरेको …

#घाइते #जनाको #त्यु
Compare →
Hamro Patro News
15h ago
भीमफेदी दुर्घटनामा १४ जनाको *मृ*त्यु, सुन्दरपुर गाउँ शोकमा

भीमफेदी दुर्घटनामा १४ जनाको *मृ*त्यु, सुन्दरपुर गाउँ शोकमा

काठमाडौं- मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीमा बिहीबार भएको विद्युतीय हाइस दुर्घटनाले सर्लाहीको चक्रघट्टा गाउँपालिका-४ सुन्दरपुर गाउँलाई शोकमा डुबाएको छ। छठ पर्व मनाउन काठमाडौंबाट घर फर्किएका...

#दुर्घटना #जनाको #त्यु
Compare →
Arthasansar
15h ago
आवासीय विवादमा चिकित्सकद्वारा ह्वाइट हाउस नजिकै अन्धाधुन्ध गोली प्रहार : एक जनाको मृत्यु, चार घाइते

आवासीय विवादमा चिकित्सकद्वारा ह्वाइट हाउस नजिकै अन्धाधुन्ध गोली प्रहार : एक जनाको मृत्यु, चार घाइते

अमेरिकाको राजधानी वासिङ्टन डिसीको मध्यभागमा रहेको एक व्यस्त क्षेत्रमा बिहीबार बिहान एक बन्दुकधारीले पाँच जनामाथि गोली प्रहार गर्दा एक जनाको...

#जनाको #त्यु #घाइते
Compare →
Bizshala
13h ago
भीमफेदी दुर्घटनाका १३ मृतकको शव अस्पतालमै, जनही १० लाख क्षतिपूर्तिको माग

भीमफेदी दुर्घटनाका १३ मृतकको शव अस्पतालमै, जनही १० लाख क्षतिपूर्तिको माग

काठमाण्डौ । भीमफेदी सवारी दुर्घटनामा ज्यान गुमाएकाका परिवारले संघीय सरकारबाट क्षतिपूर्तिसहित आफ्ना माग सम्बोधन...

#दुर्घटना
Compare →

Related Stories

Technology
Build #2611