Trending
Prev Story
Next Story

कालीगण्डकी बाढीले दोबा जोड्ने सडक पुल जोखिममा

Nagarik News •
October 26, 2026 • 12:10 PM
1
1 reads 0 reactions

भीरकाटेपुल कालीगण्डकी नदीले क्षति पुर्याएपछि स्थानीयवासी कष्टपूर्ण यात्रा गर्न विवस भएका हुन्।

कालीगण्डकी बाढीले दोबा जोड्ने सडक पुल जोखिममा

दोबावासी जोखिमपूर्ण  यात्रा गर्न बाध्य भएका छन्। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ र १ को सिमानामा पर्ने दोबावासी आवतजावत गर्ने भीरकाटेपुल कालीगण्डकी नदीले क्षति पुर्याएपछि स्थानीयवासी कष्टपूर्ण यात्रा गर्न विवस भएका हुन्।

बेनी–जोमसोम–कोरला सडकको भीरकाटे हुँदै दोबा गाउँलाई यातायात सञ्चालमा जोड्न निर्माण भएको पुल जोखिममा परेको छ।

पुलको भीरकाटेतर्फको पहुँचमार्ग नदी कटानले भत्काएपछि सवारीसाधन आवतजावतमा जोखिम बढेको अन्नपूर्ण गाउँपालिकाकी उपाध्यक्ष दिवाकुमारी तिलिजा पुनले बताए।

करिब दुई दशकअघि बेनी–जोमसोम सडकको मार्ग खोल्ने क्रममा दोबावासीले कालीगण्डकी नदीमा पुल निर्माण गर्न माग गरेपछि पुल निर्माण गरिएको थियो।

सडक विभाग अन्तर्गतको बेलिब्रिज भएकाले यसको मर्मतसम्भार स्थानीय तहभन्दा सडक विभागले नै गर्नुपर्ने उपाध्यक्ष पुनले बताए। पुलमा भएको क्षतिबारे गाउँपालिकाले जिल्ला विपद् व्यवस्थापन समितिलाई जानकारी गराएको बताए।

हाल बेलिब्रिज एकतर्फी सञ्चालन भइरहेको छ। नदी कटान नरोकिए जुनसुकै बेला पहुँचमार्ग पूर्णरूपमा भत्किन सक्ने जोखिम रहेको स्थानीयवासी अमृत पुनले बताए।

दोबा जोड्ने एकमात्र बेलिब्रिज भएकाले सम्बन्धित निकायले तत्काल मर्मतसम्भार गर्नुपर्ने उनको भनाइ छ। दोबामा करिब ३०० घर परिवारको बसोबास छ।

प्रकाशित: ९ कार्तिक २०८३ १७:५५ सोमबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
17h ago
रोहिणी नदी कटानले शवदाहस्थल र पुल जोखिममा

रोहिणी नदी कटानले शवदाहस्थल र पुल जोखिममा

२७ कात्तिक, बुटवल । रुपन्देहीको तिलोत्तमा–११ स्थित रोहिणीघाटमा नदी कटानका कारण शवदाहस्थल र नजिकै रहेको रोहिणी पुल उच्च जोखिममा परेका छन् । हरेक वर्ष वर्षायाममा आउने बाढीले नदी किनारको जमिन कटान गर्दै लगेपछि दशकौंदेखि दाहसंस्कार हुँदै …

#पुल #जोखिम
Compare →
Hamro Patro News
17h ago
मुन्दु–सेरा जोड्ने झोलुङ्गे पुल निर्माण हुने

मुन्दु–सेरा जोड्ने झोलुङ्गे पुल निर्माण हुने

मुगु । मुन्दु गाउँ र सेराको जोड्ने २५० मिटर लामो झोलुङ्गे पुल निर्माण हुने भएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले पुल निर्माणका लागि ३० लाख रुपैयाँ बजेट विनियोजन गरिएको बताएका छन्...

#पुल #जोड्ने
Compare →
Ekantipur
13h ago
दोधारा चाँदनीको पुल भत्किएपछि होटल व्यवसाय प्रभावित

दोधारा चाँदनीको पुल भत्किएपछि होटल व्यवसाय प्रभावित

असोज दोस्रो साता महाकाली नदीमा आएको बाढीले दोधारा चाँदनी र भीमदत्त नगरपालिका जोड्ने पुलमा क्षति पुगेपछि सो क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक आउने क्रम घट्दै गएको छ ।

#पुल
Compare →
Bizshala
15h ago
१५ वर्षपछि कमला पुल खुलाउने तयारी, मंसिर पहिलो सातादेखि सवारी चलाउने लक्ष्य

१५ वर्षपछि कमला पुल खुलाउने तयारी, मंसिर पहिलो सातादेखि सवारी चलाउने लक्ष्य

काठमाण्डौ । धनुषा र सिरहा जोड्ने कमला नदीमाथिको पुलमा करिब १५ वर्षको प्रतीक्षापछि सवारीसाधन सञ्चालन गर्ने तयारी भएको...

#पुल
Compare →

Related Stories

Science & Climate
Build #2611