Trending
Prev Story
Next Story

विशेष सुरक्षा योजनाले पनि रोकेन सप्तरीमा हत्या र बलात्कारका घटना

Ekantipur •
October 26, 2026 • 01:30 PM
1
1 reads 0 reactions

प्रहरीको चाडपर्वलाई लक्षित विशेष सुरक्षा योजनाका बाबजुद सप्तरीमा एक पुरूषको हत्या र एक महिला सामूहिक बलात्कारको शिकार भएकी छन् ।

विशेष सुरक्षा योजनाले पनि रोकेन सप्तरीमा हत्या र बलात्कारका घटना

प्रहरीको चाडपर्वलाई लक्षित विशेष सुरक्षा योजनाका बाबजुद सप्तरीमा एक पुरूषको हत्या र एक महिला सामूहिक बलात्कारको शिकार भएकी छन् ।

राजविराज — चाडपर्वलाई लक्षित गरी प्रहरीले झण्डै ९ सय सुरक्षाकर्मी परिचालन गरेर विशेष सुरक्षा योजना लागू गरेको दाबी गरिरहँदा पनि सप्तरीमा जघन्य अपराधका घटना भने रोकिएका छैनन् । सुरक्षा कडाइका बाबजुद यहाँ एक पुरूषको हत्या भएको छ भने मूर्ति विर्सजन गरेर घर फर्किँदै गरेकी एक महिला सामूहिक बलात्कारको शिकार भएकी छन् ।

गत मंगलबार दिउँसो छिन्नमस्ता गाउँपालिका–४ लालापट्टीका ५० वर्षीय अरबिन्द यादव धानखेतमा घाइते अवस्थामा भेटिएका थिए । पराल लगेको विषयमा विवाद हुँदा स्थानीयले उनीमाथि कोदालो प्रहार गरेका थिए । टाउकोमा गम्भीर चोट लाग्दा खेतमै ढलेका यादवलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याइएको थियो । उपचारकै क्रममा उनको सोही दिन पौने ४ बजेतिर मृत्यु भएको हो । घटनापछि परिवारजनले सोही ठाउँका ६ जनाविरूद्ध जाहेरी दिएका छन् । ‘कुटपिटबाट बुबा खेतमै ढल्दा २-३ घण्टासम्म हामीलाई थाहै भएन,’ मृतकका छोरा अजय यादवले भने, ‘बुबालाई कुटपिट गर्नेहरूलाई हदैसम्मको कारबाही भए मात्रै हामीले न्याय पाउँछौं ।’

आरोपितमध्ये ४ जनालाई प्रहरीले नियन्त्रणमा लिए पनि दुई जना अझै फरार छन् । उनीहरूको खोजीसँगै थप अनुसन्धान भइरहेको सप्तरीका प्रहरी प्रमुख एसपी रूपक खड्काले बताए ।

यस्तै ४ कार्त्तिकमा दुर्गा पूजाको मूर्ति विसर्जन गरेर घर फर्किँदै गरेकी २५ वर्षीया एक महिला सुरूङ्गा नगरपालिकामा सामूहिक बलात्कारको शिकार भएकी छन् । सिरहाकी ती महिला विजया दशमी मेला हेर्न भिनाजुको घर आएकी थिइन् । गत बुधबार साँझ मूर्ति विसर्जन गर्न उनी ट्याक्टर चढेर बलान नदी गएकी थिइन् ।

त्यहाँबाट फर्किरहँदा तेल सकिएर ट्याक्टर रोकिएको थियो । उनी एक्लै हिँडेर घरतर्फ गइरहेको बेला स्थानीय ३ युवकले मुख थुन्दै नियन्त्रणमा लिएका थिए । नजिकैको आँप बगानमा पुर्‍याएर धम्की दिँदै उनीहरूले बलात्कार गरेको पीडितको जाहेरीमा उल्लेख गरेको प्रहरीको भनाइ छ । घटनापछि बेहोस भएकी महिलालाई आफन्त र स्थानीयले उद्धार गरेका थिए ।

पीडितका परिवारजनले गत बिहीबार दिउँसो इलाका प्रहरी कार्यालय कडरबोना पुगेर तीनै जनाविरूद्ध जाहेरीसमेत दिएका छन् । तर आरोपितहरू भने पक्राउ परेका छैनन् । एसपी खड्काले आरोपितको खोजी भइरहेको बताए । उनका अनुसार पीडितको स्वास्थ्य परीक्षण, घटनास्थलको मुचुल्कालगायतका कानूनी प्रक्रिया पूरा भइसकेको छ । ‘तीनै जनाविरूद्ध जबरजस्ती करणीसम्बन्धी कसूरमा मुद्दा दर्ता भइसकेको छ,’ एसपी खड्काले भने, ‘आरोपितहरू फरार छन् । उनीहरूको खोजी जारी छ ।’

आपराधिक घटना नियन्त्रण गर्न प्रहरीले दसैं, तिहार र छठ पर्वलाई लक्षित गरी यहाँ ८५७ नेपाल प्रहरी र ३९ जना ट्राफिक प्रहरी परिचालन गरेर विशेष सुरक्षा योजना लागू गरेको छ । योजनाअन्तर्गत सादा पोसाकमा प्रहरी परिचालनदेखि पैदल गस्ती, मोबाइल टोलीसम्म खटाइएको प्रहरीको भनाइ छ ।

विद्यानन्द विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
9h ago
चीनसँग सीमा जोडिएका दुई जिल्लाका सुरक्षा अधिकारीबिच भयो यस्तो सहमति

चीनसँग सीमा जोडिएका दुई जिल्लाका सुरक्षा अधिकारीबिच भयो यस्तो सहमति

चीनसँग सीमा जोडिएका ताप्लेजुङ र संखुवासभाका सुरक्षा अधिकारीबिचको जिल्ला सुरक्षा समन्वय बैठक शुक्रबार सम्पन्न भएको छ।

#सुरक्षा
Compare →
Hamro Patro News
10h ago
सुरक्षा परिषद्‍द्वारा हुथी आक्रमणको निन्दा

सुरक्षा परिषद्‍द्वारा हुथी आक्रमणको निन्दा

काठमाण्डु – संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले यमनको हुथी समूहले साउदी अरेबियामाथि गरेका आक्रमण र व्यापारिक जहाजहरूलाई दिएको धम्कीको कडा निन्दा गर्दै समूहलाई सैन्य गतिविधि तत्काल र बिनासर्त रोक्...

#सुरक्षा
Compare →
Bizshala
1d ago
सामाजिक सुरक्षा कोषमा १ खर्ब ३० अर्ब संकलन, तीन चौथाइ योगदानकर्ता वैदेशिक रोजगारीबाट

सामाजिक सुरक्षा कोषमा १ खर्ब ३० अर्ब संकलन, तीन चौथाइ योगदानकर्ता वैदेशिक रोजगारीबाट

काठमाण्डौ । सामाजिक सुरक्षा कोषमा योगदान तथा प्रतिफलसमेत गरी संकलित रकम १ खर्ब ३० अर्ब रुपैयाँनजिक पुगेको छ। गत असोज...

#सुरक्षा
Compare →
Onlinekhabar
1d ago
बाहुनडाँगीमा जंगली हात्तीको त्रास : सीमा क्षेत्रमा सुरक्षा सतर्कता उच्च

बाहुनडाँगीमा जंगली हात्तीको त्रास : सीमा क्षेत्रमा सुरक्षा सतर्कता उच्च

२६ कात्तिक, झापा । मेचीनगर नगरपालिका–४ स्थित प्रसाद गौडाबाट जंगली हात्तीले नेपालतर्फ प्रवेश थालेपछि सो क्षेत्रमा सुरक्षा सतर्कता उच्च पारिएको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले नेपाल भारतको सीमा क्षेत्रमा पर्ने सो भूभागबाट हात्ती नेपाल …

#सुरक्षा
Compare →
Arthasansar
2d ago
ममता काफ्लेको हत्या अभियोगमा नरेश भट्ट दोषी ठहर

ममता काफ्लेको हत्या अभियोगमा नरेश भट्ट दोषी ठहर

नेपाली मूलकी ममता काफ्ले भट्टको हत्या अभियोगमा उनका पति नरेश भट्ट अमेरिकाको भर्जिनियास्थित अदालतबाट दोषी ठहर भएका छन् । प्रिन्स...

#हत्या
Compare →

Related Stories

Technology
Build #2612