Trending
Prev Story
Next Story

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी स्वदेश फिर्ता

Ekantipur •
October 26, 2026 • 01:30 PM
1
1 reads 0 reactions

पूर्वराष्ट्रपति तथा नेकपा एमालेकी वरिष्ठ नेता विद्यादेवी भण्डारी चार दिने चीन भ्रमण सकेर स्वदेश फर्किएकी छन् ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी स्वदेश फिर्ता

पूर्वराष्ट्रपति तथा नेकपा एमालेकी वरिष्ठ नेता विद्यादेवी भण्डारी चार दिने चीन भ्रमण सकेर स्वदेश फर्किएकी छन् ।

काठमाडौँ — पूर्वराष्ट्रपति तथा नेकपा एमालेकी वरिष्ठ नेता विद्यादेवी भण्डारी चार दिने चीन भ्रमण सकेर स्वदेश फर्किएकी छन् । भण्डारी चीनको हपवे प्रदेशको स्योङआनमा आयोजना भएको ‘ग्लोबल गभर्नेन्स् फोरम’मा सहभागी भएर आज स्वदेश फर्किएकी हुन् ।

स्वदेश फर्कने क्रममा अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले आफू सम्मेलनमा भाग लिएर फर्किएको जानकारी दिइन् ।

‘परिवर्तनशील विश्वमा विश्वास र सहकार्यको पुनःनिर्माण’ विषय रहेको उक्त ग्लोबल गभर्नेन्स सम्मेलन यही अक्टोबर २३ देखि २५ सम्म आयोजना भएको थियो । उक्त सम्मेलनलाई पूर्वराष्ट्रपति भण्डारीले विशिष्ट अतिथिका रूपमा सम्बोधन गरेकी थिइन् ।

उक्त सम्मेलनअन्तर्गत अक्टोबर २४ र २५ मा विभिन्न विषयमा समानान्तर सत्र, प्यानल छलफल र गोलमेच बैठक पनि भएको थियो ।

फोरममा संयुक्त राष्ट्रसंघ केन्द्रित अन्तर्राष्ट्रिय प्रणालीको संरक्षण, विश्व शान्ति र शान्ति स्थापनाकार्यमा आवश्यक पर्ने सुधार, बहुपक्षीयताको प्रवर्द्धन, अन्तर्राष्ट्रिय सम्बन्धमा विकासशील मुलुकको बढ्दो भूमिका तथा अन्तर्राष्ट्रिय व्यापारमा ‘ग्लोबल साउथ’ का मुलुकको भूमिकालगायत विषयमा छलफल भएको थियो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
1w ago
विदेशमा रहेका नेपालीको सुरक्षामा राज्य गम्भीर हुनुपर्छ : विद्यादेवी भण्डारी

विदेशमा रहेका नेपालीको सुरक्षामा राज्य गम्भीर हुनुपर्छ : विद्यादेवी भण्डारी

१८ कात्तिक, काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विदेशमा अप्ठ्यारोमा परेका नेपाली नागरिकलाई समयमै सहयोग, उद्धार र सुरक्षित स्वदेश फिर्तीको व्यवस्था मिलाउन राज्यले विशेष प्राथमिकता दिनुपर्ने बताएकी छन् । बुधबार काठमाडौंमा …

#भण्डारी #विद्यादेवी
Compare →
Hamro Patro News
2d ago
पूर्वराष्ट्रपति भण्डारीले लगाइदिइन् भाइटीका

पूर्वराष्ट्रपति भण्डारीले लगाइदिइन् भाइटीका

काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भाइ डेगेन्द्र पाण्डेलाई शुभ साइतमा टिका र माला लगाइदिएकी छन्। बुधबार शुभसाइत(११:७) मा उनले भाइलाई टिका र माला लगाइदिएकी हुन्। भाइटीका नेपाली समाजमा ...

#पूर्वराष्ट्रपति #भण्डारी
Compare →
Nagarik News
3d ago
डेविड वार्नरको नेपाल यात्रा: चार खेल, चार जित र १२७ रन

डेविड वार्नरको नेपाल यात्रा: चार खेल, चार जित र १२७ रन

चार खेल खेलेर स्वदेश फर्किएका वार्नरले ब्याटबाट १२७ रन बनाउनुका साथै आफू सहभागी भएका सबै खेलमा टोलीको जित देखे ।

#स्वदेश #फर्किए
Compare →
Bizshala
1w ago
निक्षेप सुरक्षण कोषको नेतृत्वमा पिताम्बर भण्डारी, मौद्रिक व्यवस्थापनको अनुभव अब निक्षेप सुरक्षामा

निक्षेप सुरक्षण कोषको नेतृत्वमा पिताम्बर भण्डारी, मौद्रिक व्यवस्थापनको अनुभव अब निक्षेप सुरक्षामा

काठमाडौं । सरकारले निक्षेप तथा कर्जा सुरक्षण कोषको प्रमुख कार्यकारी अधिकृतमा नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी...

#भण्डारी
Compare →

Related Stories

Education & Youth
Build #2611