Trending
Prev Story
Next Story

चीन भ्रमण सकेर स्वदेश फर्किइन् एमाले वरिष्ठ नेता भण्डारी

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

८ कात्तिक, काठमाडौं । पूर्वराष्ट्रपति तथा नेकपा (एमाले)की वरिष्ठ नेता विद्यादेवी भण्डारी चार दिने चीन भ्रमण सकेर सोमबार स्वदेश फर्किएकी छिन् । वरिष्ठ नेता भण्डारी चीनको हेबोई प्रान्तको स्योङआनमा आयोजना गरिएको ‘ग्लोवल गभर्नेन्स फोरम’मा सहभागि भएर …

चीन भ्रमण सकेर स्वदेश फर्किइन् एमाले वरिष्ठ नेता भण्डारी

८ कात्तिक, काठमाडौं । पूर्वराष्ट्रपति तथा नेकपा (एमाले)की वरिष्ठ नेता विद्यादेवी भण्डारी चार दिने चीन भ्रमण सकेर सोमबार स्वदेश फर्किएकी छिन् ।

वरिष्ठ नेता भण्डारी चीनको हेबोई प्रान्तको स्योङआनमा आयोजना गरिएको ‘ग्लोवल गभर्नेन्स फोरम’मा सहभागि भएर सोमवार स्वदेश फर्किएकी हुन् । अक्टोबर २३ देखि २५ सम्म चलेको फोरमलाई नेता भण्डारी सम्बोधन गरेकी थिइन् ।

चाइनिज पिपल्स इन्स्टिच्युट अफ फरेन अफेयर्स (सीपीआईएफए)ले आयोजना गरेको उक्त फोरममा विश्वका विभिन्न देशका राजनीतिक नेता, कुटनीतिज्ञ, व्यवसायी तथा सञ्चारमाध्यमका प्रतिनिधिहरू सहभागी भएका थिए ।

फोरममा बदलिँदो विश्व व्यवस्थाका बीच अन्तर्राष्ट्रिय सहकार्य, विश्वव्यापी शासन प्रणालीमा सुधार, साइबर क्षेत्र तथा अन्तरिक्षको शासनसँग सम्बन्धित चुनौती र एआईको सुरक्षित प्रयोगलगायत विषयमा भएको थियो । स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले आफू भ्रमणमा भन्दा पनि  सम्मेलनमा सहभागि हुने गएको बताइन् ।

‘सबै कुरा सञ्चारमाध्यममा आइ सकेको नै छ । यो भ्रमण भन्दा पनि जिजिआईको सम्मेलन हो । त्यसमा भाग लिन म गएको हो । अनि त्यहाँ बोलेको कुरा त लिखित वक्तव्य नै जारी भएको छ । चाहिने कुरा त्यतैबाट हेर्न मिल्छ,’ उनले भनिन् ।

एमाले वरिष्ठ नेता भएवपछि भण्डारीको यो पहिलो विदेश भ्रमण हो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
7h ago
सत्तारुढ रास्वपाले प्राथमिकतामा राखेको चीन भ्रमण र एजेण्डा

सत्तारुढ रास्वपाले प्राथमिकतामा राखेको चीन भ्रमण र एजेण्डा

सत्तारुढ दलका सांसदहरूको यो भ्रमणबाट प्राप्त अनुभवलाई नेपालको नीति निर्माण, विकास योजना, स्थानीय शासन र आर्थिक सहकार्यमा कसरी उपयोग गरिन्छ भन्ने विषय भने भ्रमणपछिको महत्त्वपूर्ण पक्ष हुनेछ।

#चीन #भ्रमण
Compare →
Hamro Patro News
13h ago
चीन भ्रमणलाई राष्ट्रिय हितमा केन्द्रित गर्न प्रधानमन्त्रीको निर्देशन

चीन भ्रमणलाई राष्ट्रिय हितमा केन्द्रित गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले चीन भ्रमणमा जान लागेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को टोलीलाई नेपालको राष्ट्रिय हित र आर्थिक विकासका सम्भावना खोज्न निर्देशन दिएका छन् । शुक्रबार ...

#चीन #भ्रमण
Compare →
Ekantipur
1d ago
सीपीसीको निमन्त्रणामा रास्वपाका २० नेता चीन जाने

सीपीसीको निमन्त्रणामा रास्वपाका २० नेता चीन जाने

महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा कात्तिक २९ देखि हुने भ्रमणमा सुशासन, आर्थिक विकास, सार्वजनिक सेवा प्रवाह र विकास सहकार्यबारे अनुभव आदानप्रदान तथा छलफल हुने बताइएको छ ।

#चीन #भ्रमण
Compare →

Related Stories

Politics & Governance
Build #2612