Trending
Prev Story
Next Story

स्वर्णिम वाग्लेको विवादास्पद अभिव्यक्तिबारे राजेश हमालले भने- अर्थमन्त्रीले पदको सीमा नाघे

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

९ कात्तिक, काठमाडौं । अभिनेता राजेश हमामलले अर्थमन्त्री स्वर्णिम वाग्लेले भारतमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उनले मन्त्री पदको सीमा नाघेको टिप्पणी गरेका छन् । उनले नेपालले लामो समयदेखि लिँदै आएको परराष्ट्र नीतिको मर्ममा अर्थमन्त्रीको अभिव्यक्तिले असर …

स्वर्णिम वाग्लेको विवादास्पद अभिव्यक्तिबारे राजेश हमालले भने- अर्थमन्त्रीले पदको सीमा नाघे

९ कात्तिक, काठमाडौं । अभिनेता राजेश हमामलले अर्थमन्त्री स्वर्णिम वाग्लेले भारतमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उनले मन्त्री पदको सीमा नाघेको टिप्पणी गरेका छन् ।

उनले नेपालले लामो समयदेखि लिँदै आएको परराष्ट्र नीतिको मर्ममा अर्थमन्त्रीको अभिव्यक्तिले असर पार्ने उल्लेख गरेका छन् ।

हमालले नेपाल–भारत सम्बन्धलाई व्यक्तिगत चाकरी वा सार्वजनिक उपहासको विषय बनाइन नहुने धारणा पनि व्यक्त गरेका छन्।

अर्थमन्त्री वाग्लेले भारतको टीभी च्यानल एडीटीभीले आयोजना गरेको कार्यक्रममा नेपालमा भारतविरोधी राष्ट्रवादको युग अन्त्य भएको धारणा राखेका थिए । उनको उक्त अभिव्यक्तिको नेपालमा विरोध भइरहेको छ । यसैसन्दर्भमा अभिनेता हमालले पनि यसबारे टिप्पणी गरेका हुन् ।

अभिनेता नेपालको परराष्ट्र नीति राष्ट्रिय सार्वभौमिकता, स्वाभिमान र दीर्घकालीन सिद्धान्तमा आधारित हुनुपर्ने बताएका छन्।

उनले कुनै पनि मन्त्री वा पदाधिकारीले व्यक्तिगत धारणा अथवा राजनीतिक स्वार्थका आधारमा नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठामा आँच पुग्ने अभिव्यक्ति दिन नहुने बताएका छन्।

‘नेपालको परराष्ट्र नीति सधैँ राष्ट्रिय सार्वभौमिकता, स्वाभिमान र दीर्घकालीन सिद्धान्तहरूमा आधारित रहँदै आएको छ। यो कुनै व्यक्तिको स्वेच्छा वा तत्कालीन राजनीतिक स्वार्थअनुसार सञ्चालन हुने विषय हुनु हुँदैन,’ हमालले सामाजिक सञ्जालमा लेख्दै भनेका छन् ।

उनले नेपाल–भारत सम्बन्धको ऐतिहासिक, सांस्कृतिक र भौगोलिक महत्त्वलाई स्वीकार गर्दै छिमेकीसँगको सम्बन्ध थप सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्।

तर, सम्बन्ध विस्तार गर्ने क्रममा नेपालको राष्ट्रिय स्वाभिमान र कूटनीतिक मर्यादालाई पनि उत्तिकै महत्त्व दिनुपर्ने उनको भनाइ छ।

‘नेपाल–भारत सम्बन्ध भूगोल, इतिहास, संस्कृति र जनस्तरको आपसी सम्बन्धमा गहिरोसँग जरा गाडेर बसेको छ। यस सम्बन्धलाई अझ सुदृढ बनाउनु स्वाभाविक मात्र होइन, आवश्यक पनि छ,’ हमालले भनेका छन्।

उनले छिमेकी मुलुकसँगको सम्बन्ध बलियो बनाउने इमानदार प्रयासको स्वागत गर्नुपर्ने उल्लेख गर्दै नेपाली प्रतिनिधिहरूले आफ्नो राष्ट्रिय अडानलाई गरिमा, सन्तुलन र परिपक्वताका साथ प्रस्तुत गर्नुपर्ने उल्लेख गरे ।

‘नेपाल–भारत सम्बन्ध ऐतिहासिक रूपमा अत्यन्त महत्त्वपूर्ण र रणनीतिक दृष्टिले यति संवेदनशील छ कि यसलाई व्यक्तिगत चाकरीका प्रदर्शन वा सार्वजनिक उपहास निम्त्याउने अभिव्यक्तिहरूमा सीमित गर्न मिल्दैन,’ उनको भनाइ छ।

नेपाल र भारतबीचको सम्बन्धमा ऐतिहासिक रूपमा समाधान हुन बाँकी सीमा विवाद तथा आर्थिक निर्भरताजस्ता विषयसमेत रहेको उल्लेख गर्दै हमालले सरकारले आफ्नो धारणा स्पष्ट र निरन्तर रूपमा प्रस्तुत गर्नुपर्ने बताएका छन्।

उनका अनुसार यस्ता विषयमा भाषणबाजीभन्दा स्थापित कूटनीतिक माध्यम, प्रमाण र मैत्रीपूर्ण संवादलाई प्राथमिकता दिनुपर्छ।

हमालले छिमेकीसँगको मित्रता र राष्ट्रिय सार्वभौमिकताको रक्षा एकअर्काका विरोधी नभई परिपूरक दायित्व भएको उल्लेख गरेका छन्।

‘छिमेकी राष्ट्रहरूसँगको मित्रता र आफ्नो सार्वभौमिकताप्रतिको अडिग प्रतिबद्धता एकअर्काका प्रतिस्पर्धी उद्देश्य होइनन्। यी त एकअर्काका पूरक दायित्व हुन्,’ उनले भनेका छन्।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
4d ago
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टाइम म्यागजिनको १०० प्रभावशाली व्यक्तिको सूचीमा समावेश

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टाइम म्यागजिनको १०० प्रभावशाली व्यक्तिको सूचीमा समावेश

काठमाडौँ- जलवायु परिवर्तनको असरविरुद्ध विश्व मञ्चमा सशक्त आवाज उठाएका नेपालका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले प्रतिष्ठित अमेरिकी पत्रिका टाइमको विश्वका १०० प्रभावशाली नेतृत्वकर्ताहरूको सूचीमा परेका...

#अर्थमन्त्री #वाग्ले #स्वर्णिम
Compare →
Nagarik News
19h ago
अर्थमन्त्री वाग्ले टाइम म्यागेजिनको सय सूचीमा परेपछि गोकुलको कटाक्ष : २० पनि दिनुपर्ने काम गरेको छैन

अर्थमन्त्री वाग्ले टाइम म्यागेजिनको सय सूचीमा परेपछि गोकुलको कटाक्ष : २० पनि दिनुपर्ने काम गरेको छैन

नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले अमेरिकाको मध्यावधि निर्वाचनमा ‘ब्लु वेभ’ आएको चर्चा भइरहेका बेला टाइम म्यागेजिनले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई जलवायुसम्बन्धी सय जनाको सूचीमा राखेको भन्दै टिप्पणी गरेका छन्।

#अर्थमन्त्री #वाग्ले
Compare →
Ekantipur
4d ago
टाइमको जलवायु क्षेत्रका १०० प्रभावशाली व्यक्तिको सूचीमा अर्थमन्त्री स्वर्णिम वाग्ले

टाइमको जलवायु क्षेत्रका १०० प्रभावशाली व्यक्तिको सूचीमा अर्थमन्त्री स्वर्णिम वाग्ले

सोमबार अनलाइनमा प्रकाशित परिचयात्मक सामग्रीमा टाइम म्यागेजिनले गत भदौमा नेपालमा आएको विनाशकारी बाढीपछि वाग्लेले जलवायु न्यायका लागि चलाएको अभियानलाई उल्लेख गरेको छ ।

#वाग्ले #स्वर्णिम #अर्थमन्त्री
Compare →

Related Stories

Politics & Governance
Build #2611