Trending
Prev Story
Next Story

लखनउमा जग्गा विवादमा गो'ली चल्दा बाबुछोरासहित तीन जनाको मृ'त्यु, नौसेनाका जवानमाथि आरोप

Nagarik News •
October 26, 2026 • 08:35 AM
1
1 reads 0 reactions

घटनामा भारतीय नौसेनामा कार्यरत एक जवानमाथि गोली चलाएको आरोप लागेको छ। यद्यपि, घटनामा उनको संलग्नता र विवादको वास्तविक कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

लखनउमा जग्गा विवादमा गो'ली चल्दा बाबुछोरासहित तीन जनाको मृ'त्यु, नौसेनाका जवानमाथि आरोप

भारतको उत्तर प्रदेशको राजधानी लखनउस्थित नौबस्ता क्षेत्रमा जग्गासम्बन्धी विवादलाई लिएर सोमबार दिउँसै गोली चल्दा बाबुछोरासहित एकै परिवारका तीन जनाको मृत्यु भएको छ। घटनामा भारतीय नौसेनामा कार्यरत एक जवानमाथि गोली चलाएको आरोप लागेको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार सआदतगन्ज क्षेत्रको नौबस्तामा बरगदको रूखमुनि रहेको चबुतरा (चौतारा) को विषयलाई लिएर दुई पक्षबीच लामो समयदेखि विवाद चल्दै आएको थियो। सोमबार उक्त विवाद चर्किएपछि गोली चलेको बताइएको छ।

गोली प्रहारबाट सुयश तिवारी र उनका बुबाको मृत्यु भएको छ। सुयशका काका शम्भु तिवारी पनि गोली लागेर गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि अस्पताल लगिएको थियो। तर, उपचारकै क्रममा उनको पनि मृत्यु भएको जनाइएको छ।

घटनामा एकै परिवारका तीन जनाको ज्यान गएपछि परिवारमा शोक छाएको छ। दिउँसै गोली चलेपछि स्थानीय क्षेत्रमा त्रास फैलिएको थियो।

घटनामा भारतीय नौसेनामा कार्यरत एक जवानमाथि गोली चलाएको आरोप लागेको छ। यद्यपि, घटनामा उनको संलग्नता र विवादको वास्तविक कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

गोली चलेपछि घटनास्थलमा प्रहरी टोली पुगेको थियो। घटनाको गम्भीरतालाई ध्यानमा राख्दै वरिष्ठ प्रहरी अधिकारी तथा आसपासका प्रहरी कार्यालयका टोलीसमेत परिचालन गरिएको जनाइएको छ।

प्रहरीले घटनास्थलको निरीक्षण गरी अनुसन्धान अघि बढाएको छ। मृतकका शव पोस्टमार्टमका लागि पठाइएको छ भने घटनामा संलग्न आरोपितहरूको खोजी भइरहेको छ।

जग्गासम्बन्धी विवादका कारण भएको भनिएको यस घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित: ९ कार्तिक २०८३ १४:२० सोमबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Arthasansar
19h ago
आवासीय विवादमा चिकित्सकद्वारा ह्वाइट हाउस नजिकै अन्धाधुन्ध गोली प्रहार : एक जनाको मृत्यु, चार घाइते

आवासीय विवादमा चिकित्सकद्वारा ह्वाइट हाउस नजिकै अन्धाधुन्ध गोली प्रहार : एक जनाको मृत्यु, चार घाइते

अमेरिकाको राजधानी वासिङ्टन डिसीको मध्यभागमा रहेको एक व्यस्त क्षेत्रमा बिहीबार बिहान एक बन्दुकधारीले पाँच जनामाथि गोली प्रहार गर्दा एक जनाको...

#गोली #विवाद #जनाको
Compare →
Hamro Patro News
15h ago
मिठाई ठानेर बम खाँदा भारतीय युवकको मृत्यु

मिठाई ठानेर बम खाँदा भारतीय युवकको मृत्यु

मिठाई ठानेर बम खाँदा भारतीय युवकको मृत्यु प्रहरीले शुक्रबार दिएको जानकारीअनुसार ३५ वर्षीय राजेन्द्र बरौतियाको उपचारका क्रममा मृत्यु भएको हो ।घटना मंगलबार डिन्डोरी जिल्लामा भएको थियो । कार्तिक २७,...

#भारतीय #त्यु
Compare →
Bizshala
1d ago
सुदूरपश्चिममा बजेट विवाद चर्कियो, नेकपाभित्रै सरकारको विकल्पबारे बहस

सुदूरपश्चिममा बजेट विवाद चर्कियो, नेकपाभित्रै सरकारको विकल्पबारे बहस

काठमाण्डौ । सुदूरपश्चिम प्रदेशको बजेट पारित भए पनि त्यसले निम्त्याएको विवादले सरकारको नेतृत्व गरिरहेको नेपाली...

#विवाद
Compare →
Onlinekhabar
10h ago
पोखरामा रोकिराखेको जिपमा स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु

पोखरामा रोकिराखेको जिपमा स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु

२७ कात्तिक, काठमाडौं । पोखराको जिरो किलोमिटरमा रोकिराखेको बोलेरो जिपमा स्कुटर ठोक्किँदा आज दिउँसो स्कुटरमा सवार दुई युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा म्याग्दीको मङ्गला गाउँपालिका दारुङ घर भएका २१ वर्षीय विवेक दर्जी र म्याग्दीकै …

#जनाको #त्यु
Compare →
Ekantipur
17h ago
गाडी दुर्घटनामा एउटै वडाका १३ जनाको मृत्यु भएपछि चक्रघट्टामा शोक बिदा, मृतक परिवारलाई ५० हजार सहयोग

गाडी दुर्घटनामा एउटै वडाका १३ जनाको मृत्यु भएपछि चक्रघट्टामा शोक बिदा, मृतक परिवारलाई ५० हजार सहयोग

छठ पर्व मनाउन घर फर्किंदै गरेका यात्रु सवार गाडी दुर्घटनामा पर्दा सर्लाहीको चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुरका १३ जनाको मृत्यु भएको थियो । मृतकको अन्तिम संस्कार तथा काजकिरियामा सहयोग पुर्‍याउन पीडित परिवारलाई तत्काल जनही ५० हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको हो ।

#जनाको #त्यु
Compare →

Related Stories

World News
Build #2612