Trending
Prev Story
Next Story

'खेलकुद अन्तर्राष्ट्रिय मञ्चमा नेपालको पहिचान निर्माण गर्ने शक्तिशाली माध्यम'

Nagarik News •
October 26, 2026 • 08:17 AM
1
1 reads 0 reactions

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले खेलकुद मनोरञ्जनमा मात्र सीमित नभई राष्ट्रको आत्मविश्वास, युवाको सम्भावना र अन्तर्राष्ट्रिय मञ्चमा नेपालको पहिचान निर्माण गर्ने शक्तिशाली माध्यम भएको बताएका छन्।

'खेलकुद अन्तर्राष्ट्रिय मञ्चमा नेपालको पहिचान निर्माण गर्ने शक्तिशाली माध्यम'

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले खेलकुद मनोरञ्जनमा मात्र सीमित नभई राष्ट्रको आत्मविश्वास, युवाको सम्भावना र अन्तर्राष्ट्रिय मञ्चमा नेपालको पहिचान निर्माण गर्ने शक्तिशाली माध्यम भएको बताएका छन्।

नेपाल प्रिमियर लिग (एनपीएल) को नयाँ संस्करणका अवसरमा शुभकामना सन्देश दिँदै मुख्यमन्त्री थापा मगरले नेपाली क्रिकेटले व्यावसायिक युगमा प्रवेश गरेसँगै एनपीएलले राष्ट्रिय गौरवको स्वरूप लिँदै गएको उल्लेख गरेका हुन्। 'खेल केवल मनोरञ्जन होइन, राष्ट्रको आत्मविश्वास, युवाको सम्भावना र विश्वमञ्चमा नेपालको पहिचान निर्माण गर्ने शक्तिशाली माध्यम हो,' उनले भनेका छन्।

मुख्यमन्त्री थापा मगरले खेलकुद, युवा प्रतिभा र राष्ट्रिय पहिचानलाई महत्त्व दिने राजनीतिक सोचलाई एनपीएलले थप बलियो बनाउने विश्वास व्यक्त गरे। उनले एनपीएल २०८३ नेपाली क्रिकेटको अर्को ऐतिहासिक अध्याय बन्ने अपेक्षा पनि गरेका छन्।

'खेलकुद, युवा प्रतिभा र राष्ट्रिय पहिचानलाई महत्त्व दिने हाम्रो राजनीतिक सोचलाई थप बलियो बनाउँदै एनपीएल २०८३ नेपाली क्रिकेटको अर्को ऐतिहासिक अध्याय बनोस्,' उनले शुभकामना सन्देशमा उल्लेख गरेका छन्।

मुख्यमन्त्री थापा मगरले प्रतियोगितामा सहभागी सम्पूर्ण खेलाडी, आयोजक, नेपाल क्रिकेट संघ (क्यान), कमेन्टेटर तथा क्रिकेटप्रेमीहरूलाई शुभकामना व्यक्त गरे।

नेपाली क्रिकेटको विकास, युवा खेलाडीको प्रतिभा प्रस्फुटन र अन्तर्राष्ट्रिय स्तरमा नेपालको पहिचान स्थापित गर्न एनपीएलले योगदान पुर्‍याउने अपेक्षा उनको शुभकामना सन्देशमा व्यक्त गरिएको छ।

प्रकाशित: ९ कार्तिक २०८३ १४:०२ सोमबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
7h ago
राष्ट्रिय खेलकुदका लागि मधेसमा खेलाडी छनोट प्रतियोगिता

राष्ट्रिय खेलकुदका लागि मधेसमा खेलाडी छनोट प्रतियोगिता

जनकपुर । कर्णाली प्रदेशमा आगामी मङ्सिरमा आयोजना हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा मधेस प्रदेशको प्रतिनिधित्व गर्ने खेलाडी छनोटका लागि प्रदेशस्तरीय खेलकुद प्रतियोगिता सुरु भएको छ । मधेस खेलक...

#खेलकुद
Compare →
Ekantipur
17h ago
राष्ट्रिय खेलकुदको तयारीमा खोटाङ, बजेट अभावले प्रशिक्षण प्रभावित

राष्ट्रिय खेलकुदको तयारीमा खोटाङ, बजेट अभावले प्रशिक्षण प्रभावित

मङ्सिर ७ गतेदेखि प्रदेश छनोटमा सहभागी हुन कराते, भलिबल, कबड्डी र क्रिकेटका खेलाडी बन्द प्रशिक्षणमा छन्, तर सीमित बजेटले तयारी प्रभावित भएको छ।

#खेलकुद
Compare →
Onlinekhabar
17h ago
दशौँ राष्ट्रिय खेलकुद : १४ खेलको छनोट र ३१ खेलको बन्द प्रशिक्षण तालिका सार्वजनिक

दशौँ राष्ट्रिय खेलकुद : १४ खेलको छनोट र ३१ खेलको बन्द प्रशिक्षण तालिका सार्वजनिक

२७ कात्तिक, सुर्खेत । कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा छनोट हुन बाँकी १४ खेलको प्रदेशस्तरीय छनोट मिति र ३१ खेलको बन्द प्रशिक्षण तालिका सार्वजनिक गरेको छ। परिषद्ले २० कात्तिकमा जारी गरेको सूचनाअनुसार …

#खेलकुद
Compare →

Related Stories

Sports
Build #2612