Trending
Prev Story
Next Story

नेपाल–भारत ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ सुरु

Ekantipur •
October 26, 2026 • 07:31 AM
1
1 reads 0 reactions

नेपाल–भारत ‘क्रस बोर्डर टुरिजम कनेन्ट’मा नेपाल र भारतका पर्यटन व्यवसायी, होटल तथा रिसोर्ट सञ्चालक, ट्राभल कम्पनीका प्रतिनिधि, व्यावसायिक संघसंस्थाका पदाधिकारी र सञ्चारकर्मीको सहभागिता रहेको छ ।

नेपाल–भारत ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ सुरु

नेपाल–भारत ‘क्रस बोर्डर टुरिजम कनेन्ट’मा नेपाल र भारतका पर्यटन व्यवसायी, होटल तथा रिसोर्ट सञ्चालक, ट्राभल कम्पनीका प्रतिनिधि, व्यावसायिक संघसंस्थाका पदाधिकारी र सञ्चारकर्मीको सहभागिता रहेको छ ।

भैरहवा — गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्‍को पहलमा नेपालका विभिन्न पर्यटकीय गन्तव्य प्राकृतिक विपद्‍बाट सुरक्षित रहेको जानकारी गराउन र भारतीय नागरिकलाई मुलुक भ्रमणका लागि आमन्त्रित गर्न नेपाल–भारत ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ सुरु गरिएको छ ।

लुम्बिनी, गण्डकी र बागमती प्रदेशका विभिन्न पर्यटकीय गन्तव्यको प्रचारप्रसारका लागि नेपाल–भारतका पर्यटन सरोकारवालाको सहभागितामा कार्यक्रम भइरहेको छ । सीमापार पर्यटन प्रवर्द्धन कार्यक्रममा सहभागिताका लागि भारतका विभिन्न सहरबाट आएका पर्यटन व्यवसायी, सञ्चारकर्मी र सरोकारवालालाई आइतबार साँझ रुपन्देहीको बेलहिया नाकामा स्वागत गरिएको थियो ।

भारतीय पर्यटनकर्मीको स्वागतका लागि गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका वरिष्ठ उपाध्यक्ष रविन शेरचन, परिषद्‍का प्रवक्ता सोमप्रसाद सापकोटा, सम्वृद्ध चितवन अभियानका संयोजक तारा पौडेल, होटल संघ नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठ, पर्यटन विकास परिषद् लुम्बिनी प्रदेशकी कार्यकारी निर्देशक शारदा बस्याल बेलबासे बेलहिया नाकामा पुगेका थिए ।

भारतबाट आएका पाहुनालाई उनीहरूले नाकामा कार्यक्रम आयोजना गरी फूलमालाले स्वागत गरेका थिए । कार्यक्रममा भारतको ट्राभल ट्रेड वेलफेयर एसोसिएसन अध्यक्ष राजेश सिन्हा, इन्डो–नेपाल टुरिजम वेलफेयर सोसाइटीका अध्यक्ष डा. जितेन्द्र पाल सिंहलगायत सहभागी छन् ।

कार्यक्रम संयोजक सोम सापकोटाले नेपालमा भारतीय पर्यटकको आगमन वृद्धि गर्ने, भारतीय बजारमा नेपाली पर्यटन प्रवर्द्धन गर्ने तथा नेपाल र भारतका पर्यटन व्यवसायीबीच दीर्घकालीन रुपमा व्यावसायिक सम्बन्ध विस्तार गर्ने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको बताए ।

नेपाल–भारत ‘क्रस बोर्डर टुरिजम कनेन्ट’मा नेपाल र भारतका पर्यटन व्यवसायी, होटल तथा रिसोर्ट सञ्चालक, ट्राभल कम्पनीका प्रतिनिधि, व्यावसायिक संघसंस्थाका पदाधिकारी र सञ्चारकर्मीको सहभागिता रहेको छ । कार्यक्रमले दुई देशबीच पर्यटन सहकार्य विस्तार गर्न तथा पर्यटन क्षेत्रका व्यवसायीलाई एउटै मञ्चमा जोड्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

‘यस कार्यक्रमबाट पर्यटकको बसाइ अवधि बढाउन, होटल तथा रिसोर्ट व्यवसायको बजार विस्तार गर्न, स्थानीय रोजगारी सिर्जना गर्न र पर्यटनमा लगानीका अवसर बढाउन सहयोग पुग्ने अपेक्षा राखेका छौं,’ सापकोटाले भने, ‘चितवनको वन्यजन्तु तथा प्राकृतिक पर्यटन, नवलपुरको थारू संस्कृति तथा सामुदायिक पर्यटन, लुम्बिनीको बौद्ध सम्पदा र पोखराको प्राकृतिक सौन्दर्य तथा साहसिक पर्यटनलाई समेटेर संयुक्त पर्यटन प्याकेज विकास गर्न सकिने सम्भावना रहेको छ ।’

बेलहियामा स्वागतपछि भारतीय प्रतिनिधिमण्डल रामग्राम नगरपालिका पुगेको थियो । त्यहाँ नगरप्रमुख तथा नगरपालिकाका प्रतिनिधिले टोलीलाई स्वागतसहित कार्यक्रम आयोजना गरेका थिए । कार्यक्रमअन्तर्गत नवलपुर र चितवनका विभिन्न होटल, रिसोर्ट तथा पर्यटन गन्तव्यहरूको अवलोकन र नेपाल तथा भारतका पर्यटन व्यवसायीबीच व्यावसायिक अन्तरक्रिया गरिने आयोजकले जनाए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Bizshala
4h ago
नेपाली जुटमा भारतले लगाएको अतिरिक्त शुल्क हटाउन पहल, सिमेन्टदेखि स्टिलसम्मको निर्यात सहज बनाउने विषयमा छलफल

नेपाली जुटमा भारतले लगाएको अतिरिक्त शुल्क हटाउन पहल, सिमेन्टदेखि स्टिलसम्मको निर्यात सहज बनाउने विषयमा छलफल

काठमाण्डौ । भारतले नेपाली जुटजन्य उत्पादनमा लगाएको एन्टिडम्पिङ तथा प्रतिकारात्मक शुल्क पुनरावलोकन गर्न नेपालले...

#भारत
Compare →
Nagarik News
4h ago
भारतमा लोकतन्त्र सम्मेलन : मोदीलाई प्रश्न गर्ने नर्वेली पत्रकारसहित ११५ विदेशीले पाएनन् प्रवेश

भारतमा लोकतन्त्र सम्मेलन : मोदीलाई प्रश्न गर्ने नर्वेली पत्रकारसहित ११५ विदेशीले पाएनन् प्रवेश

यो निर्णय गृह मन्त्रालयको निर्देशनमा भएको हुन सक्ने थरुरले बताएका छन्। उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘सरकारले कुन कानुनी प्रावधानअन्तर्गत यस्तो कठोर कदम चालेको हो भन्ने स्पष्ट छैन।’

#भारत
Compare →
Onlinekhabar
5h ago
प्रधानमन्त्री बालेनको भारत भ्रमणमा खुल्ला नेपालीलाई क्यूआर भुक्तानी ?

प्रधानमन्त्री बालेनको भारत भ्रमणमा खुल्ला नेपालीलाई क्यूआर भुक्तानी ?

२७ कात्तिक, काठमाडौं । नेपालीले भारतमा क्यूआर मार्फत भुक्तानी गर्न सक्ने व्यवस्था गर्न दुई देशबीच सम्झौता भएको ३ वर्ष बितिसक्दा पनि कार्यान्वयनमा आउन सकेको छैन । भारतीयले नेपालमा क्यूआर मार्फत भुक्तानी गर्न सक्ने भए पनि नेपालीलाई …

#भारत
Compare →
Hamro Patro News
8h ago
नेपाल–भारत व्यापार सहजीकरण : सिमेन्ट, स्टिल र जुत्ताको प्रमाणीकरण सरल बनाउन मन्त्री साहको आग्रह

नेपाल–भारत व्यापार सहजीकरण : सिमेन्ट, स्टिल र जुत्ताको प्रमाणीकरण सरल बनाउन मन्त्री साहको आग्रह

काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र भारतका वाणिज्य तथा उद्योगमन्त्री पीयूष गोयलबीच भारतको विशाखापटनममा द्विपक्षीय भेटवार्ता भएको छ। ३१औँ पार्टनरसिप समिट २०२६ मा सहभागी हुन...

#भारत
Compare →

Related Stories

World News
Build #2611