काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्सालले देशका आठ प्रमुख सहरमा फ्लडलाइटसहित कम्तीमा आठ हजार दर्शक क्षमताका क्रिकेट रंगशाला निर्माण गर्ने योजना अघि बढाइएको बताएका छन्। तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको यो योजनाले नेपाली क्रिकेटलाई देशव्यापी बनाउन सहयोग पुग्ने उनको विश्वास छ।
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सुरु हुन लागेको अवसरमा सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना दिँदै मन्त्री लम्सालले ‘होम एन्ड अवे’ प्रणालीमा प्रतियोगिता सञ्चालन गर्न सकिने गरी रंगशाला निर्माणको प्रक्रिया अघि बढाइएको जानकारी दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् ( kendrabindu.com )