Trending
Prev Story
Next Story

मोहम्मद शमीले लिए टेस्ट क्रिकेटबाट सन्यास

Onlinekhabar •
November 07, 2026 • 02:31 AM
1
1 reads 0 reactions 4 comments

२१ कात्तिक, काठमाडौं । भारतीय तीव्र गतिका बलर मोहम्मद शमीले टेस्ट क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । उनले गएराति सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्दै टेस्ट क्रिकेटबाट सन्यास लिएको जानकारी दिएका हुन् । शमीले सामाजिक सञ्जाल …

मोहम्मद शमीले लिए टेस्ट क्रिकेटबाट सन्यास

२१ कात्तिक, काठमाडौं । भारतीय तीव्र गतिका बलर मोहम्मद शमीले टेस्ट क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । उनले गएराति सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्दै टेस्ट क्रिकेटबाट सन्यास लिएको जानकारी दिएका हुन् ।

शमीले सामाजिक सञ्जाल एक्समा ‘सेतो जर्सीलाई बिदाइ गर्दैछु, तर यससँग जोडिएका सम्झनालाई कहिल्यै बिर्सने छैन’ भन्दै आफ्नो सन्यासको घोषणा गरेका हुन् ।

‘पहिलोपटक भारतको टेस्ट जर्सी लगाउँदा देशका लागि केही गर्ने एउटा सपना मात्रै थियो । त्यसपछि प्रत्येक विकेट, संघर्ष, चोट र चोटबाट फर्किने हरेक प्रयासले मलाई केही न केही सिकायो,’ उनले लेखेका छन् ।

टेस्ट क्रिकेट आफ्नो लागि खेलको एउटा स्वरूप मात्र नभई जीवनकै विशेष हिस्सा रहेको उल्लेख गर्दै उनले अनगिन्ती सुन्दर सम्झनासहित भारी मनले सन्यासको निर्णय लिएको बताएका छन् ।

उनले आफ्नो क्रिकेट यात्रामा साथ दिने सहकर्मी खेलाडी, प्रशिक्षक, परिवारका सदस्य तथा सुखदुःखका हरेक क्षणमा साथ र विश्वास कायम राख्ने भारतीय क्रिकेट समर्थकप्रति आभार व्यक्त गरेका छन् ।

त्यस्तै, भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) र क्रिकेट एसोसिएसन अफ बंगाललाई पनि उनले धन्यवाद दिएका छन् । ती संस्थाले आफ्नो प्रतिभामाथि विश्वास गर्दै अघि बढ्ने अवसर दिएको उनको भनाइ छ ।

‘टेस्ट क्रिकेटमा मैदानमा फालेको मेरो अन्तिम बल सायद यसअघि नै फालिसकेको छु । तर, भारतको प्रतिनिधित्व गर्न पाएको गौरव सधैँ मेरो हृदयमा जीवित रहनेछ,’ शमीले लेखेका छन् ।

३६ वर्षीय शमीले भारतका लागि ६४ टेस्ट खेल्दै २२९ विकेट लिएका छन् । उनी सन् २०२५ को च्याम्पियन्स ट्रफीपछि भारतीय राष्ट्रिय टोलीबाट बाहिर छन् ।

टेस्ट क्रिकेटबाट सन्यास लिए पनि शमीले सीमित ओभरको क्रिकेट खेल्न भने जारी राख्ने बताएका छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
4d ago
त्रिवि क्रिकेट मैदान

त्रिवि क्रिकेट मैदान

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजन चलिरहँदा साँझपख ड्रोनबाट देखिएको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान र आसपासको दृश्य। तस्बिर : घनश्याम श्रेष्ठ/रासस

#क्रिकेट
Compare →
Ekantipur
5d ago
यू–१९ महिला क्रिकेट प्रतियोगिताको उपाधि नेपाललाई

यू–१९ महिला क्रिकेट प्रतियोगिताको उपाधि नेपाललाई

प्रतियोगितामा नेपाल, आयोजक चीन, हङकङ र थाइल्याण्ड गरी ४ टोली सहभागी थिए ।

#क्रिकेट
Compare →
Nagarik News
5d ago
चीनमा अपराजित रहँदै नेपालले जित्यो यू-१९ महिला क्रिकेटको उपाधि

चीनमा अपराजित रहँदै नेपालले जित्यो यू-१९ महिला क्रिकेटको उपाधि

नेपाली यू–१९ महिला क्रिकेट टोलीले चीनमा सम्पन्न ‘बेल्ट एन्ड रोड सिरिज’ को उपाधि जितेको छ। हङकङसँगको अन्तिम खेल वर्षाका कारण पूरा हुन नसकेपछि नेपाल प्रतियोगिताभर अपराजित रहँदै च्याम्पियन बनेको हो।

#क्रिकेट
Compare →
Arthasansar
13h ago
एनपीएल क्रिकेट : टस जितेर काठमान्डु बलिङमा, सुदूरपश्चिम ब्याटिङ गर्दै

एनपीएल क्रिकेट : टस जितेर काठमान्डु बलिङमा, सुदूरपश्चिम ब्याटिङ गर्दै

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत शुक्रबारको पहिलो खेलमा काठमान्डु गोर्खाज र सुदूरपश्चिम रोयल्सबीच खेल हुँदैछ । काठमान्डुले टस जितेर...

#क्रिकेट
Compare →

Related Stories

Sports
Build #2611