Trending
Prev Story
Next Story

सर्बियामा विद्यार्थी आन्दोलनको जित, भुसिचले स्वीकारे चुनावी हार

Arthasansar •
October 26, 2026 • 06:33 AM
1
1 reads 0 reactions

सर्बियाका लामो समयदेखि प्रभावशाली नेता अलेक्जान्डर भुसिचले विद्यार्थी नेतृत्वको आन्दोलनसँग आकस्मिक संसदीय निर्वाचनमा हार स्वीकार गरेपछि देशभर उत्सव मनाइएको छ।...

सर्बियामा विद्यार्थी आन्दोलनको जित, भुसिचले स्वीकारे चुनावी हार

सर्बियाका लामो समयदेखि प्रभावशाली नेता अलेक्जान्डर भुसिचले विद्यार्थी नेतृत्वको आन्दोलनसँग आकस्मिक संसदीय निर्वाचनमा हार स्वीकार गरेपछि देशभर उत्सव मनाइएको छ।

दक्षिणपन्थी लोकप्रियतावादी नेता भुसिचले आइतबार राति प्रारम्भिक नतिजाले आफ्नो पार्टी पराजित भएको स्पष्ट देखाएको बताएका हुन्। उनले भने, ‘हामीसँग अझै अन्तिम नतिजा छैन, तर यी निर्वाचन हामीले हारेका छौँ भन्ने स्पष्ट छ।’

भुसिचको सर्बियन प्रोग्रेसिभ पार्टी (एसएनएस) ले दुई वर्षदेखि जारी सरकारविरोधी आन्दोलनको दबाबबिच आकस्मिक निर्वाचन गराएको थियो। सन् २०२४ मा नोभी साद सहरको रेल्वे स्टेसनको छतको छज्जा खस्दा १६ जनाको मृत्यु भएपछि आन्दोलन सुरु भएको थियो। उक्त घटनालाई भ्रष्टाचार र सरकारी लापरबाहीको प्रतीकका रूपमा लिइएको थियो।

निर्वाचनमा भ्रष्टाचार विरोधी अभियान चलाएको विद्यार्थी समूह ‘स्टुडेन्ट लिस्ट’ ले सरकारविरोधी मतदातालाई आकर्षित गरेको थियो। यस समूहले संसद्का २५० सिटका लागि चिकित्सक, कलाकार, प्राध्यापक तथा खेलकुद क्षेत्रका व्यक्तिसहित विभिन्न पृष्ठभूमिका उम्मेदवार उठाएको थियो।

प्रारम्भिक विवरणअनुसार निर्वाचनमा अहिलेसम्मकै उच्च मतदान भएको थियो। साँझ ६ बजेसम्म ६४.९ प्रतिशत मतदाताले मतदान गरिसकेको निर्वाचन आयोगले जनाएको थियो। भुसिचले हार स्वीकार गरेपछि राजधानी बेलग्रेडसहित विभिन्न सहरमा मानिसहरू सडकमा निस्किएर नाचगान र आतसबाजी गर्दै खुसी मनाएका थिए। विद्यार्थी समूहका प्रमुख उम्मेदवार इलिया स्र्दानोभिचले आन्दोलनको लक्ष्य देशलाई निरंकुश शासनबाट मुक्त गर्नु रहेको बताए।

विद्यार्थी आन्दोलनले भ्रष्टाचारमा संलग्न अधिकारीमाथि कारबाही, सार्वजनिक संस्थामा दलीय हस्तक्षेप अन्त्य तथा सरकारी प्रसारणमाध्यमलाई राजनीतिक नियन्त्रणबाट मुक्त गर्ने प्रतिबद्धता जनाएको छ। भुसिच दुई कार्यकाल राष्ट्रपति भइसकेकाले तेस्रो कार्यकालका लागि उम्मेदवार बन्न पाउँदैनथे। त्यसैले उनी आफ्नो पार्टीलाई जिताएर पुनः प्रधानमन्त्री बन्ने प्रयासमा थिए। सन् २०१७ मा उनले प्रधानमन्त्री पद छाडेका थिए।

भुसिचले भ्रष्टाचारका आरोप अस्वीकार गर्दै आएका छन्। उनी सर्बियालाई युरोपेली संघको सदस्य बनाउने पक्षमा रहे पनि युक्रेनमाथि रुसको आक्रमणका कारण मस्कोमाथि प्रतिबन्ध लगाउन अस्वीकार गर्दै आएका छन्।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
4h ago
विदेशी विद्यार्थीको रोजाइमा जर्मनीको आकर्षण, अमेरिका र क्यानडामा ठूलो गिरावट

विदेशी विद्यार्थीको रोजाइमा जर्मनीको आकर्षण, अमेरिका र क्यानडामा ठूलो गिरावट

काठमाडौं । विदेशमा उच्च शिक्षा हासिल गर्ने सपना बोकेका विद्यार्थीमाझ जर्मनीको आकर्षण तीव्र गतिमा बढिरहेको छ । विश्वका प्रमुख अंग्रेजीभाषी देशहरूमा विदेशी विद्यार्थीको संख्या घटिरहेका बेला जर्मनीमा ...

#विद्यार्थी
Compare →
Onlinekhabar
1d ago
ऋषि धमला भन्छन्- सरकारविरुद्ध आन्दोलनको औचित्य छैन

ऋषि धमला भन्छन्- सरकारविरुद्ध आन्दोलनको औचित्य छैन

२६ कात्तिक, काठमाडौं । स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले अहिले सरकारविरुद्ध आन्दोलन गर्नुको कुनै औचित्य नरहेको बताएका छन् । रिपोर्टर्स क्लब नेपालद्वारा बिहीबार आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै धमलाले विपक्षी दलहरूले सरकारविरुद्ध आन्दोलन गर्ने तयारी …

#आन्दोलन
Compare →
Ekantipur
1d ago
विद्यार्थीले फलाएको गोलभेंडा बेच्दै हेडसर

विद्यार्थीले फलाएको गोलभेंडा बेच्दै हेडसर

तरकारी बिक्रीबाट जम्मा भएको आम्दानी उद्यम कोषमा राखेर विद्यालयले विपन्न विद्यार्थीलाई सहयोग गर्ने योजना बनाएको छ।

#विद्यार्थी
Compare →
Nagarik News
1d ago
जसपा नेपालका नेताको दाबी : चाडपर्व सकिएलगत्तै सरकारको विरोधमा आन्दोलन हुन्छ

जसपा नेपालका नेताको दाबी : चाडपर्व सकिएलगत्तै सरकारको विरोधमा आन्दोलन हुन्छ

जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले चाडपर्व सकिएलगत्तै मुलुकमा सरकारको विरोधमा आन्दोलन हुने बताएका छन्।

#आन्दोलन
Compare →

Related Stories

Politics & Governance
Build #2611