Trending
Prev Story
Next Story

ब्राजिलको राष्ट्रपतिमा ८० वर्षीय वामपन्थी नेता लुला विजयी

Arthasansar •
October 26, 2026 • 06:33 AM
1
1 reads 0 reactions

ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भा चौथो कार्यकालका लागि देशको राष्ट्रपतिमा निर्वाचित भएका छन्। आइतबार सम्पन्न निकै प्रतिस्पर्धात्मक...

ब्राजिलको राष्ट्रपतिमा ८० वर्षीय वामपन्थी नेता लुला विजयी

ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भा चौथो कार्यकालका लागि देशको राष्ट्रपतिमा निर्वाचित भएका छन्। आइतबार सम्पन्न निकै प्रतिस्पर्धात्मक एवं तनावपूर्ण दोस्रो चरणको निर्वाचनमा उनले दक्षिणपन्थी उम्मेदवार तथा पूर्वराष्ट्रपति जाइर बोल्सोनारोका छोरा सिनेट रोबर्टो फ्लाभियो बोल्सोनारोलाई पराजित गरेका हुन् ।

सुप्रीम इलेक्टोरल कोर्टले जारी गरेको आधिकारिक नतिजा अनुसार ९९.८ प्रतिशत भन्दा बढी मतगणना सकिँदा ८० वर्षीय लुलाले ५१।७६ प्रतिशत मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी फ्लाभियो बोल्सोनारोले ४८.२४ प्रतिशत मत ल्याएका छन्।

गत अक्टोबर ४ मा भएको पहिलो चरणको मतदानमा फ्लाभियो बोल्सोनारोले अग्रता लिएका थिए। ब्राजिलमा सन् १९८८ मा प्रजातन्त्र पुनःस्थापना भएयता पहिलो चरणमा पछि परेको उम्मेदवारले दोस्रो चरणमा चुनाव जितेको यो पहिलो ऐतिहासिक घटना हो।

पछिल्लो समय ल्याटिन अमेरिकाका अर्जेन्टिना, चिली र कोलम्बिया जस्ता ठूला देशहरूमा दक्षिणपन्थी नेताहरू सत्तामा आउने क्रम बढेको भए पनि ब्राजिलमा भने लुलाले जित हात पार्दै सो लहरलाई रोकेका हुन् । लुलाले यसअघि सन् २००३ देखि २०१० सम्म र सन् २०२३ देखि यता ब्राजिलको नेतृत्व सम्हाल्दै आएका छन्। यो जितसँगै उनले संसदमा मजबुत रहेको दक्षिणपन्थी गठबन्धन र विभाजित जनमतको सामना गर्दै सरकार चलाउनुपर्ने चुनौती छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Ekantipur
1w ago
विचार | लुलाको विजय : वैश्विक दक्षिणपन्थलाई चुनौती

विचार | लुलाको विजय : वैश्विक दक्षिणपन्थलाई चुनौती

ब्राजिलको राष्ट्रपतिमा लुलाको विजयले वामपन्थीहरूलाई आशा दिएको हुन सक्छ । तर आशा आफैंमा परिवर्तन होइन । त्यसलाई परिणाममा बदल्न संगठन, नीति, संस्थागत सुधार र निरन्तर जनसहभागिता आवश्यक हुन्छ।

#लुला #ब्राजिल #राष्ट्रपतिमा
Compare →

Related Stories

Politics & Governance
Build #2611