Trending
Prev Story
Next Story

उत्तरगयाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरमै पुगेर नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु

Ekantipur •
October 26, 2026 • 06:31 AM
2
2 reads 0 reactions

राहत, पुनःस्थापना र अन्य प्रशासनिक काममा ढिलाइ नहोस् भनेर जिल्ला प्रशासनले बाढीपीडितको अस्थायी शिविरमै सेवा पुर्‍याएको हो।

उत्तरगयाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरमै पुगेर नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु

राहत, पुनःस्थापना र अन्य प्रशासनिक काममा ढिलाइ नहोस् भनेर जिल्ला प्रशासनले बाढीपीडितको अस्थायी शिविरमै सेवा पुर्‍याएको हो।

रसुवा — नुवाकोटमा अस्थायी रुपमा बसोबास गर्दै आएका रसुवाको उत्तरगया गाउँपालिकाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरबाटै नागरिकताको प्रतिलिपि उपलब्ध गराउने प्रक्रिया सुरु भएको छ ।

गत  भदौ १० गते भोटेकोशी नदीमा गएको भीषण बाढीबाट प्रभावित  उत्तरगयाका गाउँपालिकाका जनतालाई होल्डिङ सेन्टरमै पुगेर आवेदन माग गरी नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु भएको प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेले जानकारी दिए ।

उनका अनुसार बाढीका कारण नागरिकतालगायत महत्वपूर्ण काजगात नष्ट भएका बाढी प्रभावितको राहत, पुनःस्थापना तथा अन्य अत्यावश्यक प्रशासनिक काममा ढिलाइ नहोस् भनी अस्थायी बसोबासस्थलमै पुगेर नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु भएको हो ।

यसै सन्दर्भमा नुवाकोटस्थित पिपलटार होल्डिङ सेन्टरमा बसोबास गर्दै आएका उत्तरगया–१ का २०२ जना बाढी प्रभावितले  नागरिकताको प्रतिलिपिका लागि दिएको आवेदन फाराम सङ्कलन गरी यही आइतबार सदरमुकाम धुन्चे ल्याएको प्रजिअ पाण्डेले बताए ।

स्थलगत रुपमा सङ्कलन गरिएका आवेदन फारामको अध्ययन तथा प्रमाणीकरण गरी निकालिने प्रतिलिपि होल्डिङ सेन्टरमै पुगेर हस्तान्तरण गरिने प्रमुख जिल्ला अधिकारी पाण्डेले स्पष्ट पारे ।

जिल्ला प्रशासन कार्यालय रसुवाको आयोजना र उत्तरगया गाउँपालिकाको विशेष पहलमा यो सेवा सुरु गरिएको गाउँपालिका प्रमु्ख  माधव अर्यालले जानकारी दिए । प्रमुख अर्यालका अनुसार पहिलो चरणमा नागरिकताको प्रतिलिपि वितरणलाई तीव्रता दिइएको छ भने अन्य आवश्यक प्रशासनिक सेवाहरू पनि क्रमशः उपलब्ध गराउँदै लगिनेछ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Onlinekhabar
1d ago
नेपालका बाढीपीडितका लागि अस्ट्रेलियाबाट ६० हजार डलर सहयोग

नेपालका बाढीपीडितका लागि अस्ट्रेलियाबाट ६० हजार डलर सहयोग

२६ कात्तिक, क्यानबेरा । नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित समुदायको राहत तथा पुनःस्थापनाका लागि अस्ट्रेलियामा संकलन गरिएको ६० हजार अस्ट्रेलियन डलर सहयोग नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ। क्यानबेरास्थित नेपाली दूतावासमा आयोजित कार्यक्रममा रिच फर …

#बाढी-पहिरो #प्रभावित #बाढी
Compare →
Hamro Patro News
11h ago
छठको बिदाले दानबहादुर कार्कीको रिट सुनुवाइ प्रभावित, पेशी सर्ने

छठको बिदाले दानबहादुर कार्कीको रिट सुनुवाइ प्रभावित, पेशी सर्ने

काठमाडौं । छठ पर्वका अवसरमा सरकारले सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेपछि निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले दायर गरेको रिटको सुनुवाइ प्रभावित हुने भएको छ। आफूलाई गैरकानुन...

#प्रभावित
Compare →

Related Stories

National (Nepal)
Build #2611