Trending
Prev Story
Next Story

सप्तकोशी पानीबोट दुर्घटना : तीन बेपत्ताको खोजीमा सशस्त्र प्रहरीका गोताखोर परिचालन

Ekantipur •
October 26, 2026 • 06:31 AM
1
1 reads 0 reactions

सशस्त्र प्रहरीका सात गोताखोरसहित ११ जनाको टोली र नेपाल प्रहरी दुर्घटनास्थल आसपास नदी तथा किनारामा खोजीमा जुटेका छन्।

सप्तकोशी पानीबोट दुर्घटना : तीन बेपत्ताको खोजीमा सशस्त्र प्रहरीका गोताखोर परिचालन

सशस्त्र प्रहरीका सात गोताखोरसहित ११ जनाको टोली र नेपाल प्रहरी दुर्घटनास्थल आसपास नदी तथा किनारामा खोजीमा जुटेका छन्।

धनकुटा — सप्तकोशी नदीमा आइतबार भएको पानीबोट दुर्घटनामा बेपत्ता भएका तीन जनाको खोजीका लागि सशस्त्र प्रहरीका गोताखोर परिचालन गरिएको छ ।

दुर्घटनामा झापाको कन्काई नगरपालिका–४ की निता मगरका अन्दाजी सात वर्षीय छोरा शिवक मगर, सुनसरीको बराहक्षेत्र नगरपालिका–१ की २१ वर्षीया प्रमिला मगर र सोही स्थानकी २२ वर्षीया मनु राई बेपत्ता छन् । उनीहरूको खोजीका लागि सशस्त्र प्रहरीका गोताखोरसहित नेपाल प्रहरीको टोली परिचालन गरिएको हो ।

सुनसरीको चतरास्थित सशस्त्र प्रहरीको चतरा बेस र पकलीस्थित सशस्त्र प्रहरीको बाहिनीबाट परिचालित गोताखोरको टोलीले दुर्घटनास्थल आसपास खोजी तीव्र पारेको सशस्त्र प्रहरीका नायब उपरीक्षक राजेश फुयालले जानकारी दिए ।

धनकुटामा रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ६ हेडक्वार्टर छिन्ताङ गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक फुयालका अनुसार सात जना गोताखोरसहित सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा ११ जनाको टोली खोजी तथा उद्धारमा खटिएको छ । टोलीले दुर्घटनास्थल आसपास नदीभित्र र किनारामा बेपत्ताको खोजी गरिरहेको छ ।

धनकुटाका प्रहरी उपरीक्षक नारायण रञ्जितकारका अनुसार सशस्त्र प्रहरी र गोताखोरको टोलीसँग समन्वय गरी नेपाल प्रहरीको टोलीले पनि खोज तथा उद्धारको काम अघि बढाएको छ । चतरा र त्रिवेणी क्षेत्रमा रहेका प्रहरी टोली संयुक्त रूपमा परिचालन भएका छन् । एसपी रञ्जितकारले प्रहरीको टोली पानीबोट प्रयोग गरेर नदी र किनारामा खोजीमा जुटेको जानकारी दिए । 'हामी कोप्चेदेखि चतरासम्म खोजतलासको क्रममा छौँ । त्यहाँ गोताखोरको टोली र अरू प्रहरी टोलीले खोज तथा उद्धारलाई अघि बढाउँछ,' उनले भने ।

जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी रञ्जितकार र सशस्त्र प्रहरी छिन्ताङ गुल्मका गुल्मपति फुयाल घटनास्थल पुगेर आइतबार राति सदरमुकाम फर्किएका छन् । यद्यपि, त्यहाँ खटिएको नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले बेपत्ताको खोजी सोमबार बिहानैदेखि पुनः तीव्र पारेको छ ।

आइतबार दिउँसो करिब २ बजे भोजपुरको हतुवागढी गाउँपालिका–९ कोप्चेबाट यात्रु लिएर सुनसरीको चतरास्थित बराहक्षेत्र जाँदै गरेको ओबीएम कम्पनीको पानीबोट धनकुटाको साँगुरीगढी गाउँपालिका–१० त्रिवेणीस्थित सप्तकोशी नदीमा दुर्घटनामा परेको थियो । प्रहरीका अनुसार पानीबोटको ब्रेक फेल भएपछि दुर्घटना भएको हो ।

दुर्घटनामा सुनसरीको बराहक्षेत्र नगरपालिका–१ की लीला राई, पहिचान नखुलेकी अन्दाजी सात वर्षीया बालिका र अन्दाजी ५० वर्षीय अर्का एक पुरुष गरी तीन जनाको मृत्यु भएको प्रहरीले आइतबार नै पुष्टि गरेको थियो ।

प्रहरीका अनुसार दुर्घटनाका बेला पानीबोटमा चालकसहित १५ जना रहेको अनुमान छ । दुर्घटनापछि बराहक्षेत्र प्रहरी चौकीको टोलीले १२ जनाको उद्धार गरी उपचारका लागि चतरा अस्पताल पठाएको थियो । उद्धार गरिएकामध्ये तीन जनाको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भोजपुरको हतुवागढी गाउँपालिका–४ का ३१ वर्षीय मोहन सुनारको उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

पानीबोटका चालक सुनसरीको बराहक्षेत्र नगरपालिका–१ का २४ वर्षीय सुमन मगर प्रहरीको नियन्त्रणमा छन् । चालक मगरसहित अन्य नौ जना सकुशल रहेको प्रहरीले जनाएको छ ।

विनोद घिमिरे कान्तिपुर संवाददाता हुन्।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
13h ago
चाइ बाँधमा बेपत्ता व्यक्तिको श’व फेला

चाइ बाँधमा बेपत्ता व्यक्तिको श’व फेला

दाङको घोराही उपमहानगरपालिका–१० अर्घुमास्थित सिँचाइ बाँधमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका स्थानीय बेलघारका २३ वर्षीय अनुप चौधरीको शव निकालिएको छ।

#सशस्त्र #बेपत्ता
Compare →
Onlinekhabar
6h ago
भीमफेदी दुर्घटनाका १३ जनाको शव सर्लाही आइपुग्यो, आजै सामूहिक अन्त्येष्टि गरिँदै

भीमफेदी दुर्घटनाका १३ जनाको शव सर्लाही आइपुग्यो, आजै सामूहिक अन्त्येष्टि गरिँदै

२७ कात्तिक, सर्लाही । मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा भएको विद्युतीय हायस दुर्घटनामा मृत्यु भएका सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरका १३ जनाको शव गाउँ ल्याइएको छ । बिहीबार बिहान भएको दुर्घटनामा मृत्यु भएका उनीहरूको शव पोस्टमार्टमपछि शुक्रबार साँझ …

#दुर्घटना
Compare →
Hamro Patro News
8h ago
भीमफेदी दुर्घटनाका मृतकका परिवारलाई मधेश सरकारको जनही एक लाख राहत

भीमफेदी दुर्घटनाका मृतकका परिवारलाई मधेश सरकारको जनही एक लाख राहत

काठमाडौं– मधेश प्रदेश सरकारले मकवानपुरको भीमफेदीमा बिहीबार भएको सडक दुर्घटनामा परी मृत्यु भएकाका परिवारलाई जनही एक लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ । प्रदेश मन्त्रिपरिषद्को आज बसेको ब...

#दुर्घटना
Compare →
Bizshala
15h ago
भीमफेदी दुर्घटनाका १३ मृतकको शव अस्पतालमै, जनही १० लाख क्षतिपूर्तिको माग

भीमफेदी दुर्घटनाका १३ मृतकको शव अस्पतालमै, जनही १० लाख क्षतिपूर्तिको माग

काठमाण्डौ । भीमफेदी सवारी दुर्घटनामा ज्यान गुमाएकाका परिवारले संघीय सरकारबाट क्षतिपूर्तिसहित आफ्ना माग सम्बोधन...

#दुर्घटना
Compare →

Related Stories

National (Nepal)
Build #2611