Trending
Prev Story
Next Story

सिरहाको गोलबजार घटनामा वडाध्यक्ष अनवर पक्राउ

Ekantipur •
October 26, 2026 • 06:31 AM
1
1 reads 0 reactions

सुनसरीको देवानगञ्ज र गोलबजारमा भएका घटनापछि अनवरविरुद्ध परेको जाहेरीका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको छ।

सिरहाको गोलबजार घटनामा वडाध्यक्ष अनवर पक्राउ

सुनसरीको देवानगञ्ज र गोलबजारमा भएका घटनापछि अनवरविरुद्ध परेको जाहेरीका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको छ।

सिरहा — सिरहाको गोलबजार नगरपालिका–११ का वडाध्यक्ष सोहेब अनवर पक्राउ परेका छन् । सिरहा प्रहरीले अनवरलाई सार्वजनिक शान्तिविरुद्धको कसुरमा पक्राउ गरेको हो ।

सुनसरीको देवानगञ्जमा गत साउन १० गते भएको घटनापछि सिरहाको गोलबजारमा साउन १४ मा भएको घटनामा उनी संलग्न रहेको आरोप छ । उनीविरुद्ध ‘हिन्दु सम्राट सेना’ नामक संस्थाले प्रहरीमा जाहेरी दिएको थियो ।

प्रहरीले जाहेरी दर्ता गरी सिरहा जिल्ला अदालतबाट पक्राउ अनुमति लिए पनि उनी फरार रहँदै आएका थिए । खोजतलास गर्दै जाने क्रममा आइतबार राति उनलाई गोलबजारबाट पक्राउ गरिएको सिरहाका प्रहरी प्रवक्ता डीएसपी रमेशबहादुर पालले जनाए ।

प्रहरीमा परेको जाहेरीमा गोलबजारमा दंगा भड्काउन र तोडफोड तथा आगजनीका घटनामा वडाध्यक्ष अनवरको मुख्य भूमिका रहेको आरोप लगाइएको छ । यस विषयमा अनुसन्धान भइरहेको डीएसपी पालले बताए ।

विनय आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Onlinekhabar
6d ago
६ वर्षदेखि अलपत्र गोलबजार–लगडी गदियानी सडकमा कालोपत्रे थालियो

६ वर्षदेखि अलपत्र गोलबजार–लगडी गदियानी सडकमा कालोपत्रे थालियो

२१ कात्तिक, सिरहा । सिरहाको गोलबजारदेखि लगडी गदियानीसम्म केही समयदेखि अलपत्र सडक निर्माण कार्यले गति लिएको छ । करिब ६ वर्षदेखि निर्माणको प्रतीक्षामा रहेका स्थानीयले धुलो, धुवाँ र सास्तीपूर्ण यात्रा भोग्दै आएका थिए । सडकमा हिजो (शुक्रबार) …

#सिरहा #गोलबजार
Compare →
Hamro Patro News
5d ago
सिरहाका आँगन सजाएका रंगोली (तस्वीरहरू)

सिरहाका आँगन सजाएका रंगोली (तस्वीरहरू)

२२ कात्तिक, सिरहा । लक्ष्मीपूजाका अवसरमा सिरहाबासीले आ–आफ्ना घरका मुख्यद्वार र आँगनमा रङ्गीचङ्गी तथा आकर्षक रङ्गोली बनाएर घर सजाएका छन् । रङ्गीचङ्गी रङ्गोलीले घरको सौन्दर्य बढाउनुका साथै तिहारको उ...

#सिरहा
Compare →

Related Stories

Technology
Build #2611