Trending
Prev Story
Next Story

६ वर्षदेखि अलपत्र गोलबजार–लगडी गदियानी सडकमा कालोपत्रे थालियो

Onlinekhabar •
November 07, 2026 • 08:31 AM
1
1 reads 0 reactions

२१ कात्तिक, सिरहा । सिरहाको गोलबजारदेखि लगडी गदियानीसम्म केही समयदेखि अलपत्र सडक निर्माण कार्यले गति लिएको छ । करिब ६ वर्षदेखि निर्माणको प्रतीक्षामा रहेका स्थानीयले धुलो, धुवाँ र सास्तीपूर्ण यात्रा भोग्दै आएका थिए । सडकमा हिजो (शुक्रबार) …

६ वर्षदेखि अलपत्र गोलबजार–लगडी गदियानी सडकमा कालोपत्रे थालियो

२१ कात्तिक, सिरहा । सिरहाको गोलबजारदेखि लगडी गदियानीसम्म केही समयदेखि अलपत्र सडक निर्माण कार्यले गति लिएको छ ।

करिब ६ वर्षदेखि निर्माणको प्रतीक्षामा रहेका स्थानीयले धुलो, धुवाँ र सास्तीपूर्ण यात्रा भोग्दै आएका थिए ।

सडकमा हिजो (शुक्रबार) देखि कालोपत्रे सुरु भएको हो ।

हुलाकी निर्देशनालय कार्यालय जनकपुरले २०७७ भदौ २४ गते ३० महिनाभित्र अर्थात् २०७९ फागुन २३ सम्म निर्माण सम्पन्न गर्ने गरी ९१ करोड ३९ लाख ७९ हजार ६० रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो ।

तर, निर्धारित समयमा निर्माण सम्पन्न हुन नसकेपछि निर्देशनालयले पहिलो पटक २०८० फागुन २२ र दोस्रो पटक २०८१ फागुन २२ सम्म एक–एक वर्षका दरले म्याद थप गरेको थियो ।

दुई पटक म्याद थप गर्दा पनि काम सम्पन्न नभएपछि तेस्रो पटक असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने गरी म्याद थप गरिएको छ । त्यसपछि निर्माण कम्पनीले सडक कालोपत्रेको काम सुरु गरेको हो ।

निर्माण कम्पनीका साइट इन्चार्ज बेचन साहले राजनीतिक, जनप्रतिनिधि तथा सर्वसाधारणबाट निर्माण कार्यमा अवरोध नभए निर्धारित म्यादभित्रै काम सम्पन्न गर्ने लक्ष्य रहेको बताए ।

‘वर्षौंदेखि नागरिकले धैर्य गर्दै आएका छन् । अब धेरै समय कुर्नुपर्ने छैन । केही महिनाभित्रै, असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने हाम्रो लक्ष्य छ । साहका अनुसार छठपर्वसम्म चार किलोमिटर सडक कालोपत्रे सम्पन्न गर्ने र छठपछि बाँकी कामलाई निरन्तरता दिइनेछ,’ उनले भने ।

हुलाकी निर्देशनालय कार्यालय जनकपुरका सबइन्जिनियर नारेन्द्र यादवका अनुसार निर्माण कम्पनीलाई यसअघि दुई पटक म्याद थप गरिएको छ ।

यादवका अनुसार निर्माण कम्पनीले हालसम्म ठेक्का रकमको करिब ४० प्रतिशत भुक्तानी प्राप्त गरिसकेको छ भने सडकको भौतिक प्रगति करिब ४५ प्रतिशत पुगेको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Bizshala
1w ago
११ वर्षदेखि अलपत्र सुखानी पुलको ठेक्का तोडियो, निर्माण कम्पनीलाई कालोसूचीमा हाल्ने तयारी

११ वर्षदेखि अलपत्र सुखानी पुलको ठेक्का तोडियो, निर्माण कम्पनीलाई कालोसूचीमा हाल्ने तयारी

काठमाण्डौ । करिब ११ वर्षदेखि अलपत्र परेको इलामको सुखानी पक्की पुलको ठेक्का अन्ततः तोडिएको छ।पूर्वाधार विकास...

#अलपत्र #वर्षदेखि
Compare →
Hamro Patro News
1w ago
११ वर्षदेखि अलपत्र मेची कोरिडोरको ठेक्का तोडियो

११ वर्षदेखि अलपत्र मेची कोरिडोरको ठेक्का तोडियो

काठमाडौँ । सडक डिभिजन इलामले पुनः अर्को रुग्ण ठेक्का अन्त्य गरेको छ। करिब १४ वर्ष ४ महिना अघि सम्झौता भएको र करिब ११ वर्षदेखि निर्माण व्यवसायीले पूर्ण रूपमा अलपत्र पारी कार्यस्थल छोडेको मेची कोरिड...

#अलपत्र #वर्षदेखि
Compare →
Ekantipur
1w ago
अलपत्र ठेक्का तोड्ने सरकारको तयारी

अलपत्र ठेक्का तोड्ने सरकारको तयारी

भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालले मन्त्रालय मातहतका कार्यालयलाई रुग्ण ठेक्का तत्काल अन्त्य गर्ने प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन् ।

#अलपत्र
Compare →
Nagarik News
1w ago
बाजुराका अलपत्र दुई पुलको ठेक्का रद्द

बाजुराका अलपत्र दुई पुलको ठेक्का रद्द

बूढीगङ्गा नदीमाथिको ‘मौरे’ र ठूलीसाँघु खोलाको पुल निर्माण अलपत्र अवस्थाम पुगेपछि ठेक्का रद्द गरिएको छ।

#अलपत्र
Compare →

Related Stories

Business & Economy
Build #2611