Trending
Prev Story
Next Story

एनपीएलमा शीतले बदल्न सक्छ जितको समीकरण ?

Ekantipur •
October 26, 2026 • 06:31 AM
1
1 reads 0 reactions

काठमाडौंको मौसम, पिचको व्यवहार र शीतले बेलुका हुने २१ खेलमा बलिङ, ब्याटिङ तथा फिल्डिङको समीकरण बदल्न सक्नेछ।

एनपीएलमा शीतले बदल्न सक्छ जितको समीकरण ?

काठमाडौंको मौसम, पिचको व्यवहार र शीतले बेलुका हुने २१ खेलमा बलिङ, ब्याटिङ तथा फिल्डिङको समीकरण बदल्न सक्नेछ।

काठमाडौँ — नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजन सोमबारबाट सुरु हुँदा एउटा प्रश्न महत्त्वपूर्ण रहनेछ र त्यो हो, शीतको प्रभाव यसपल्ट कस्तो रहने छ त ? यो प्रश्नको उत्तर किन पनि असाध्यै आवश्यक छ भने यसले पूरा प्रतियोगितालाई प्रभावित पार्न सक्नेछ ।

यसपल्ट कुल ३२ खेल हुनेछन् । त्यसमध्ये २१ खेल डे नाइटका रूपमा बेलुका ५ बजे सुरु हुनेछन् । बाँकी ११ खेल भने दिउँसो साढे १२ बजे हुनेछन् । यी दिउँसो हुने खेलमा शीतको कुनै भूमिका हुने छैनन् । तर फ्लड लाइट्समा हुने बाँकी खेलमा भने शीतको कुनै न कुनै भूमिका रहनेछ ।

प्रतियोगिताका अधिकांश प्रमुख खेल बेलुका नै हुनेछन् । त्यसमा फाइनलसहित दुई क्वालिफायर तथा एक इलिमिनेटर सबै यही समयका हुने खेल रहेका छन् । त्यसैले यी समयमा हुने खेलमा सहभागी हुने टिमले शीतले ल्याउने फरक समीकरणको ध्यान दिनुपर्ने नै छ । शीतले बलमाथि नियन्त्रण लिन गाह्रो हुनेछ, त्यसैले यो बलरका लागि बेफाइदा हुनेछ, त्यसैले यो ब्याटरका लागि भने आफूअनुकूल स्थिति बनाउन सक्ने अवसर हुनेछ ।

फिल्डिङका बेला पनि शीतले समस्या हुन सक्नेछ । अबको पूरा कात्तिक महिनाको मौसम कस्तो हुनेछ, काठमाडौंमा कत्तिको जाडो हुनेछ, त्यसले धेरै अर्थ राख्नेछ । फिल्डिङका बेला पनि शीतले समस्या हुन सक्नेछ । अबको पूरा कात्तिक महिनाको मौसम कस्तो हुनेछ, काठमाडौंमा कत्तिको जाडो हुनेछ, त्यसले धेरै अर्थ राख्नेछ । अन्तिम चार खेल भने मंसिरको पहिलो साता हुनेछन् । कीर्तिपुरको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानको आइतबारको स्थिति हेर्नु हो भने शीतले धेरै निर्णायक भूमिका नखेल्न सक्नेछ, कम्तीमा यो सुरुआती आधा खेलमा यस्तै हुनेछ । पहिलो सिजनमा शीतको समीकरण नै थिएन किनभने सबै खेल दिउँसो भएका थिए । दोस्रो सिजन जति पनि खेल बेलुका भए, त्यसमा खासै शीतले धेरै फरक पारेको थिएन । त्यसमाथि झन् अहिले महिना दिन अगाडि नै प्रतियोगिता हुन लागेको छ ।

प्रतियोगितालाई लिएर एक साता अगाडि भएको मिडिया डेमा नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काको अनुमान थियो, शीतले प्रभाव कमै मात्र हुनेछ । त्यस्तै अम्पायरको भूमिकामा रहने देवेन्द्र सुवेदीको पनि उस्तै अनुमान थियो, शीत निर्णायक नहुन सक्छ । तर दुवै एउटा तथ्यमा के सहमत छन् भने अबको दिनमा मौसम कस्तो हुनेछ, त्यसमा धेरै निर्भर हुनेछ ।

कीर्तिपुर मैदानमा उपलब्ध ६ पिचमध्ये ४ वटासम्म प्रयोगमा आउनेछन् । सम्भवतः यिनीहरूको व्यवहार ब्याटर र बलर दुवैलाई समान रूपमा मद्दत गर्ने खालमै हुनेछ । केही हदसम्म अनुमान के पनि छ भने पिचले ब्याटरलाई नै अलिकति बढी मद्दत गर्नेछ । त्यसैले प्रतियोगितामा जुन टिमको ब्याटिङ अलिकति बढी चल्नेछ, त्यसको जित्ने सम्भावना बढी हुनेछ, बलरको तुलनामा ।

त्यसो भए, टसको जित–हार कत्तिको महत्त्वको हुनेछ त ? यसको ठोस उत्तर हो, यसपल्ट टस कसले जित्यो र कसले हार्‍यो भन्ने तथ्यले खेलको नतिजामा धेरै प्रभाव पर्ने छैन । अझ स्पष्ट रूपमा भन्दा टस हारेकै कारण खेल पनि हार्नुपर्ने भन्ने आरोप उचित रहने छैन । त्यसैले टस जित्दा पहिले ब्याटिङ गर्ने कि बलिङ गर्ने निर्णय धेरै हदसम्म टिमको स्थितिमा भर पर्नेछ ।

अझ भन्ने हो भने खास दिनको खास स्थितिमा टस जितेर जुन निर्णय गर्नु ठीक हुनेछ, त्यही उपयुक्त हुनेछ । बेलुका हुने खेलमा केही हदसम्म पहिले ब्याटिङ गर्नु ठीक हुन सक्नेछ तर यो पनि यही भन्ने हुने छैन । सुरुआती केही खेल हेरेपछि धेरै थोक छर्लङ हुनेछ, कुन बेला के ठीक हुनेछ भनेर । यसमा शीतको भूमिका, पिचको व्यवहार र टस जितेर के गर्ने भन्ने निर्णय सबै पर्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Nagarik News
11h ago
सुदूरपश्चिम रोयल्स लगातार तेस्रो पटक एनपीएलको प्लेअफमा, सनसनीपूर्ण खेलमा काठमाडौं गोर्खाज पराजित

सुदूरपश्चिम रोयल्स लगातार तेस्रो पटक एनपीएलको प्लेअफमा, सनसनीपूर्ण खेलमा काठमाडौं गोर्खाज पराजित

शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा काठमाडौं गोर्खाजलाई ७ रनले पराजित गर्दै सुदूरपश्चिमले प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको हो।

#एनपीएल #काठमाडौं
Compare →
Hamro Patro News
9h ago
काठमाडौँलाई हराउँदै सुदूर पश्चिम प्ले अफमा प्रवेश

काठमाडौँलाई हराउँदै सुदूर पश्चिम प्ले अफमा प्रवेश

काठमाडौँ। सुुदुर पश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपिएर्ल) तेस्रो संस्करणको प्ले अफमा प्रवेश गरेको छ। सुदूर पश्चिमले शुक्रवार भएको खेलमा काठमाडौँ गुर्खाजलाई ७ रनले हराएको हो। विजयी सुदूरको सबै खे...

#एनपीएल #काठमाडौं
Compare →

Related Stories

Sports
Build #2611