Trending
Prev Story
Next Story

प्रहरीका प्रवक्तालाई प्रश्न : सांसद सुनारको भनिएको अडियोमाथि अनुसन्धान हुन्छ कि हुँदैन ?

Ekantipur •
October 13, 2026 • 04:41 PM
2
2 reads 0 reactions

नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले कान्तिपुरसँगको कुराकानीमा प्रहरीले आफ्नो हिसाबले अध्ययन गरिरहेको र बुझ्ने काम भइरहेको बताएका छन् ।

प्रहरीका प्रवक्तालाई प्रश्न : सांसद सुनारको भनिएको अडियोमाथि अनुसन्धान हुन्छ कि हुँदैन ?

नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले कान्तिपुरसँगको कुराकानीमा प्रहरीले आफ्नो हिसाबले अध्ययन गरिरहेको र बुझ्ने काम भइरहेको बताएका छन् ।

काठमाडौं — एक महिलासँगको अश्लील र आपत्तिजनक अडियो बाहिरिएपछि रास्वपा सांसद खगेन्द्र सुनार विवादमा तानिएका छन् । त्यो अडियोमा उनकै आवाज रहेको दाबी गरिए पनि यसको पुष्टि भइसकेको छैन। यही विषयमा सत्तारुढ रास्वपाले आन्तरिक छानबिन सुरु गरिसकेको छ।

प्रहरीले भने यो घटनालाई कसरी लिएको छ? कान्तिपुरका किरण पौडेलले नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेसँग गरेको संक्षिप्त कुराकानी :

सामाजिक सञ्जालमा भइरल भइरहेको रास्वपाका एक सांसदको आवाज भनिएको अडियोलाई प्रहरीले कसरी हेरिरहेको छ ?

प्रहरीले आफ्नो संगठनभित्र भएका कानुनी दायराभित्र रहेर र कानुन बमोजिम अध्ययन गर्ने र हेर्ने काम गरिरहेको छ । उक्त अडियोमा विभिन्न गालीजन्य विषयवस्तु र नेपालको कानुनले अपराध भनेका क्रियाकलापका विषयलाई लिएर पनि धाकधम्की दिएको जस्तो पनि सुनिन्छ ।

उक्त विषयलाई नेपाल प्रहरीले अनुसन्धानको दायरमा ल्याएको छ कि छैन ?

यस्तो विषयमा पीडितले न्यायको माग गर्नुपर्छ । पीडितले कानुनबमोजिम प्रहरी कार्यालयमा उजुरी वा गुनासो गरेको हुनुपर्छ । हालसम्म कहि कतै प्रहरी युनिटमा उजुरी गरेको अवस्था नभएकोले हामी यसलाई बुझ्ने काम मात्रै गर्दैछौं ।

विगतमा विभिन्न घटनाहरूको सामाजिक सञ्जालमा सम्प्रेषित विषयलाई लिएर पनि प्रहरीले मुद्दाको प्रक्रियामा अनुसन्धान अगाडि बढाउने गरेको थियो । अहिले यस घटनमा त्यो किन आकर्षित नभएको होला ?

प्रहरीले आफ्नो हिसाबले आफ्ना संयन्त्र र टिमहरूको परिचालन गरी कानुनबमोजिम यस्ता निगरानी सुक्ष्म ढंगबाट विगतदेखि नै गर्दै आएको छ । र, अहिले पनि यो विषयमा बुझ्ने काम भइरहेको छ ।

विगतमा ट्राफिक नियम उल्लंघनका र धाकधम्कीका घटनामा टिप्पणी उठाएर प्रहरी आफैं इनिसियसन लिएर अघि बढेका घटना पनि छन् । यसमा किन त्यसो नगरेको होला ?

यसमा पनि प्रहरीले इनिसियसन लिएर गर्नुपर्ने काम गरिररहेको छ । तर यस्तो विषयमा पीडित पक्षबाट पीडित व्यक्ति न्याय माग्न कानुनबमोजिम प्रहरी कार्यालयहरूमा उजुरी लिएर आएपछि थप अनुसन्धान र प्रहरी सक्रियताका विषय आउँछन् । अहिले हामीले आफ्नो हिसाबले अध्ययन गरिरहेको छ । बुझिरहेका छौं, बुझ्ने काम गरिरहेको छ ।

किरण पौडेल कान्तिपुर मिडिया ग्रुपका संवाददाता हुन् । उनी अदालत र न्याय प्रणालीका रिपोर्टिङ गर्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
1d ago
रास्वपा सांसद अन्सारी सहभागी चियापान कार्यक्रममा झडप

रास्वपा सांसद अन्सारी सहभागी चियापान कार्यक्रममा झडप

जितपुरसिमरा उपमहानगरपालिका–२३ भलुही टोलमा रास्वपाले आयोजना गरेको चियापान कार्यक्रममा पार्टीभित्रकै दुई पक्षबीच विवाद हुँदा झडप भएको हो।

#सांसद
Compare →
Hamro Patro News
1d ago
प्रधानमन्त्रीको भारत भ्रमणको तयारी चलिरहेका बेला रास्वपा सांसद सिंहले बढाए राजनीतिक दौडधुप

प्रधानमन्त्रीको भारत भ्रमणको तयारी चलिरहेका बेला रास्वपा सांसद सिंहले बढाए राजनीतिक दौडधुप

काठमाडौं । सरकारले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको तयारी गरेको बेला रास्वपा सांसद अमरेश सिंह राजनीतिक रुपमा सक्रिय देखिएका छन् । भाइटिकाको अघिल्ला दुई दिन सांसद सिंहले आफ्ना दलका सभापत...

#सांसद
Compare →
Onlinekhabar
3d ago
नेपाल संवतलाई नेपाली नोटमा अंकित गर्ने सरकारको प्रतिबद्धता स्वागतयोग्य : सांसद रञ्जित

नेपाल संवतलाई नेपाली नोटमा अंकित गर्ने सरकारको प्रतिबद्धता स्वागतयोग्य : सांसद रञ्जित

२४ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का भक्तपुर क्षेत्र नम्बर १ का सांसद रुकेश रञ्जितले नेपाल संवतलाई नेपाली नोटमा समेत अङ्कित गर्ने सरकारको प्रतिबद्धता स्वागतयोग्य रहेको बताएका छन् । मंगलबार भक्तपुरमा राष्ट्रिय विभूति शङ्खधर …

#सांसद
Compare →
Bizshala
3d ago
इरान युद्धले रिपब्लिकनभित्रै विद्रोह, हेग्सेथविरुद्ध आफ्नै दलका सांसदको महाभियोग प्रस्ताव

इरान युद्धले रिपब्लिकनभित्रै विद्रोह, हेग्सेथविरुद्ध आफ्नै दलका सांसदको महाभियोग प्रस्ताव

काठमाण्डौ । मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले ठूलो पराजय बेहोरेपछि अमेरिकी रक्षामन्त्री पिट हेग्सेथविरुद्ध...

#सांसद
Compare →

Related Stories

National (Nepal)
Build #2611