Trending
Prev Story
Next Story

सरकारी मेडिकल कलेजमा सिट बढ्यो, शनिबारदेखि प्रवेश परीक्षा

Ekantipur •
October 25, 2026 • 05:00 PM
1
1 reads 0 reactions

सुदूरपश्चिम प्रदेशको गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पहिलो पटक एमबीबीएस अध्यापनका लागि पायो ५० सिट

सरकारी मेडिकल कलेजमा सिट बढ्यो, शनिबारदेखि प्रवेश परीक्षा

सुदूरपश्चिम प्रदेशको गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पहिलो पटक एमबीबीएस अध्यापनका लागि पायो ५० सिट

काठमाडौँ — चिकित्सा शिक्षा आयोगले आगामी शैक्षिक सत्रका लागि सरकारी मेडिकल कलेजमा एमबीबीएसलगायत विषयको सिट संख्या वृद्धि गरेको छ । आयोगले निर्धारण गरेको ९ हजार ६ सय ९१ सिटमा भर्नाका लागि आगामी शनिबार (१४ कात्तिक) देखि एकीकृत प्रवेश परीक्षा सञ्चालन हुँदै छ । प्रवेश परीक्षाका लागि ७७ हजार ३ सय ५९ विद्यार्थीले आवेदन दिएका छन् ।

आयोगका सहअध्यक्ष तथा शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार गत वर्षको तुलनामा यो वर्ष ४ सय १८ सिट

थप गरिएको छ । निजी कलेजको सिट संख्या यथावत् राखेर सरकारी शिक्षण संस्थामा सिट थप गरिएको उनले जानकारी दिए । ‘यसको उद्देश्य निजी क्षेत्रलाई निरुत्साह गर्नु नभई जेहेनदार विद्यार्थीले कम शुल्कमा सरकारी शिक्षण संस्थामा अध्ययन गर्ने अवसर पाऊन् भन्ने हो,’ उनले फेसबुकमा लेखेका छन् ।

सरकारी मेडिकल कलेजमा निर्धारित सिटमध्ये ७५ प्रतिशतमा छात्रवृत्तिमा अध्ययन गर्न पाउने व्यवस्था छ । निजी मेडिकल कलेजमा भने १० देखि २० प्रतिशत विद्यार्थीले मात्र छात्रवृत्तिमा अध्ययनको अवसर पाउने गरेका छन् । एमबीबीएस अध्ययनका लागि ४० देखि ४४ लाख रुपैयाँसम्म शुल्क तोकिएको छ । एमबीबीएसमा मात्रै सरकारी मेडिकल कलेजमा १ सय १० सिट थप भएको मन्त्री पोखरेलले जनाएका छन् ।

सुदूरपश्चिम प्रदेशको गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पहिलो पटक एमबीबीएसमा ५० सिट पाएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र नेपाली सेनाको स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३०/३० सिट थप गरिएको आयोगले जनाएको छ ।

सरकारी शिक्षण संस्थामा चिकित्सा शिक्षा अध्ययनको अवसर विस्तार गरिएको सरकारको दाबी रहे पनि सिट वृद्धि र नयाँ कार्यक्रम सञ्चालनको निर्णय विवादमा परेको छ । चिकित्सा शिक्षा सुधारका अभियन्ता प्राध्यापक डा. गोविन्द केसीले गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा आवश्यक पूर्वाधार र जनशक्तिबिनै एमबीबीएस कार्यक्रम सञ्चालनको अनुमति दिइएको भन्दै निर्णय खारेजको माग गरेका छन् ।

डा. केसीले विज्ञप्ति जारी गर्दै नेपाली सेनाद्वारा सञ्चालित स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सिट वृद्धि गर्ने निर्णयसमेत बदर गर्न माग गरेका छन् । आवश्यक पूर्वाधार, जनशक्ति र कानुनी मापदण्ड पूरा नगरी शैक्षिक कार्यक्रम सञ्चालन गर्न अनुमति दिँदा चिकित्सा शिक्षाको गुणस्तरमा सम्झौता हुने उनको भनाइ छ । यसले दक्ष चिकित्सक तथा नर्स उत्पादनमा असर पार्नुका साथै आमनागरिकको स्वास्थ्य र जीवन जोखिममा पार्न

सक्ने उनले उल्लेख गरेका छन् । माग पूरा नभए आन्दोलन गर्ने चेतावनीसमेत उनले दिएका छन् ।

गेटा शिक्षण अस्पताललाई पूर्ण क्षमतामा सञ्चालन नगरी एमबीबीएस तथा नर्सिङ कार्यक्रम सुरु गर्न हतार गरिएको डा. केसीको आरोप छ । सार्वजनिक स्रोतबाट निर्माण गरिएको अस्पताललाई पूर्ण क्षमतामा सञ्चालन गर्नुपर्नेमा आवश्यक मापदण्ड पूरा नभएका संस्थालाई शैक्षिक कार्यक्रम सञ्चालन गर्न अनुमति दिनु गैरजिम्मेवार कदम भएको उनको भनाइ छ । चिकित्सा शिक्षा ऐनअनुसार गेटामै कम्तीमा ३ सय शय्याको अस्पताल सञ्चालन गर्नुपर्नेमा नजिकका सरकारी अस्पतालका शय्यालाई आधार बनाएर शैक्षिक कार्यक्रम सुरु गर्न खोजिएको उनले आरोप लगाएका छन् ।

डा. केसीकै मागअनुसार गेटामा चिकित्सा शिक्षा अध्यापनका लागि पूर्वाधार निर्माणलगायत प्रक्रिया सरकारले अघि बढाएको थियो । प्रतिनिधिसभाबाट मेडिकल विश्वविद्यालयसम्बन्धी ऐन पारित गरेर स्थापना र सञ्चालनको प्रक्रिया अघि बढाइएको छ । आयोगले भने विज्ञ टोलीले गरेको अनुगमनको प्रतिवेदनका आधारमा सिट निर्धारण गरिएको जनाएको छ ।

यो वर्ष ९० मध्ये ८४ शिक्षण संस्थामा सिट निर्धारण गरिएको आयोगका सहसचिव हरिप्रसाद निरौलाले बताए । सिट निर्धारणका लागि ९० शिक्षण संस्थाले स्वमूल्यांकन फाराम भरेर सिट माग गरेका थिए । आयोगका अनुसार बीएस्सी नर्सिङमा १ सय २० र बीएमएसमा ९८ सिट वृद्धि गरिएको छ । वृद्धि भएका बाँकी सिट अन्य विषयका छन् । प्रधानमन्त्री तथा आयोगका अध्यक्ष वालेन्द्र शाहको अध्यक्षतामा दसैंअघि बसेको बैठकले सरकारी मेडिकल कलेजमा मात्र सिट बढाउने निर्णय गरेको थियो । गत वर्ष एमबीबीएस, बीडीएस, नर्सिङलगायत चिकित्सा शिक्षाका १६ शैक्षिक कार्यक्रममा ९ हजार २ सय ७३ सिट निर्धारण गरिएको थियो । तर ८ हजार ५ सय ४८ विद्यार्थी मात्र भर्ना भएका थिए ।

आयोगले सार्वजनिक गरेको समयतालिकाअनुसार १८ कात्तिकसम्म प्रवेश परीक्षा सञ्चालन हुनेछ । १४ कात्तिकमा एमबीबीएस र १५ कात्तिकमा बीडीएसको प्रवेश परीक्षा हुनेछ । त्यस्तै, १६ कात्तिकमा बीएस्सी नर्सिङ, १७ कात्तिकमा बीएमएमएस, बीएनएस र बीफार्मेसीलगायत तथा १८ कात्तिकमा बीपीएच विषयको परीक्षा हुने आयोगले जनाएको छ । सबै परीक्षा बिहान ११ देखि दिउँसो २ बजेसम्म तोकिएका केन्द्रमा सञ्चालन हुनेछन् ।

आयोगले शैक्षिक क्यालेन्डरमा तोकिएको समयभन्दा करिब एक महिना ढिलो प्रवेश परीक्षा सञ्चालन गर्न लागेको हो । क्यालेन्डरमा असोजको तेस्रो साता प्रवेश परीक्षा गर्ने उल्लेख छ । परीक्षा ढिलो हुँदा भर्ना र पठनपाठन सुरु हुने समयसमेत प्रभावित हुने देखिएको छ । सरकारले आयोगका पदाधिकारी नियुक्तिमा ढिलाइ गर्दा चिकित्सा शिक्षाको भर्ना प्रक्रिया प्रभावित भएको हो । गत वैशाखमा अध्यादेश ल्याएर सरकारले आयोगका उपाध्यक्षसहितका पदाधिकारीलाई पदमुक्त गरेपछि नियुक्तिमा ढिलाइ भएको थियो । पदाधिकारी नहुँदा प्रवेश परीक्षा आवेदन आह्वानमै ढिला भएको थियो ।

यो वर्ष कक्षा १२ को नतिजा विगतको तुलनामा छिटो प्रकाशित भए पनि विश्वविद्यालय तथा चिकित्सा शिक्षाको प्रवेश र भर्ना प्रक्रिया भने समयमै अघि बढ्न सकेको छैन । शिक्षा मन्त्रालयका अनुसार विगतमा कक्षा १२ को नतिजा प्रकाशन गर्न करिब तीन महिना लाग्ने गरेकामा यो वर्ष करिब ४० दिनमै सार्वजनिक गरिएको थियो । विश्वविद्यालय तहमा भर्ना प्रक्रिया छिटो सुरु गर्ने र शैक्षिक क्यालेन्डरमा एकरूपता ल्याउने उद्देश्यले नतिजा छिटो प्रकाशन गरिएको सरकारको भनाइ छ ।

सुदीप कैनी कान्तिपुर दैनिकका संवाददाता हुन् । उनी शिक्षा, स्वास्थ्य तथा समसामयिक विषयमा कलम चलाउँछन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
1w ago
प्रश्नपत्र नै अपुग भएपछि दृष्टि विशेषज्ञको प्रवेश परीक्षा रोकियो

प्रश्नपत्र नै अपुग भएपछि दृष्टि विशेषज्ञको प्रवेश परीक्षा रोकियो

१७ कात्तिक, काठमाडौं । चिकित्सा शिक्षा आयोगले लिएको अप्टोमेट्रिस्टको (दृष्टि विशेषज्ञ) प्रवेश परीक्षामा प्रश्नपत्र अपुग भएपछि परीक्षा रोकिएको छ । प्रश्न पत्र नै अपुग भएपछि केही समय परीक्षार्थीलाई केन्द्रबाट बाहिर निकालिएको थियो ।आयोगका अनुसार अहिले …

#परीक्षा #प्रवेश
Compare →
Hamro Patro News
1w ago
एसीसीए ट्याक्सेसनमा बीपीसीकी साहारा मघियाको विश्वमै तेस्रो स्थान

एसीसीए ट्याक्सेसनमा बीपीसीकी साहारा मघियाको विश्वमै तेस्रो स्थान

काठमाडौं । द ब्रिटिश कलेज (टीबीसी) काे भगिनी संस्था तथा एसीसीएको प्लाटिनम अप्रुभ्ड लर्निङ पार्टनर द ब्रिटिश प्रोफेसनल कलेज (बीपीसी) की एसीसीए विद्यार्थी सहारा मघियाले सेप्टेम्बर २०२६ को परीक्षामा क...

#कलेज #परीक्षा
Compare →
Nagarik News
1w ago
संविधानसभा सदस्य श्रम संस्कृति पार्टीमा प्रवेश

संविधानसभा सदस्य श्रम संस्कृति पार्टीमा प्रवेश

संविधानसभा सदस्य सञ्चपाल मादेन र सिदिङ्वा गाउँपालिकाका तत्कालीन उपाध्यक्ष जीवन ताम्लिङसहित ठुलो संख्यामा श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन्।

#प्रवेश
Compare →
Bizshala
1w ago
गोली लागेर गम्भीर घाइते आदित्यको स्वास्थ्यमा सुधार, नेशनल मेडिकल कलेजमा उपचार निःशुल्क

गोली लागेर गम्भीर घाइते आदित्यको स्वास्थ्यमा सुधार, नेशनल मेडिकल कलेजमा उपचार निःशुल्क

काठमाण्डौ । बाराको फेटा गाउँपालिका–३ मा प्रहरीको गोली लागेर गम्भीर घाइते भएका १५ वर्षीय आदित्य पासवानको स्वास्थ्यमा...

#मेडिकल #कलेज
Compare →

Related Stories

Education & Youth
Build #2611