Trending
Prev Story
Next Story

प्रश्नपत्र नै अपुग भएपछि दृष्टि विशेषज्ञको प्रवेश परीक्षा रोकियो

Onlinekhabar •
November 03, 2026 • 11:00 AM
1
1 reads 0 reactions

१७ कात्तिक, काठमाडौं । चिकित्सा शिक्षा आयोगले लिएको अप्टोमेट्रिस्टको (दृष्टि विशेषज्ञ) प्रवेश परीक्षामा प्रश्नपत्र अपुग भएपछि परीक्षा रोकिएको छ । प्रश्न पत्र नै अपुग भएपछि केही समय परीक्षार्थीलाई केन्द्रबाट बाहिर निकालिएको थियो ।आयोगका अनुसार अहिले …

प्रश्नपत्र नै अपुग भएपछि दृष्टि विशेषज्ञको प्रवेश परीक्षा रोकियो

१७ कात्तिक, काठमाडौं । चिकित्सा शिक्षा आयोगले लिएको अप्टोमेट्रिस्टको (दृष्टि विशेषज्ञ) प्रवेश परीक्षामा प्रश्नपत्र अपुग भएपछि परीक्षा रोकिएको छ । प्रश्न पत्र नै अपुग भएपछि केही समय परीक्षार्थीलाई केन्द्रबाट बाहिर निकालिएको थियो ।

आयोगका अनुसार अहिले थप प्रश्नपत्र बनाएर परीक्षा सुरू गरिएको छ । आयोगका सदस्य सचिव हरि निरौलाले प्राविधिक त्रुटिका कारण परीक्षा केही समयका लागि रोकिएको बताए ।

अप्टोमेट्रिस्टका ६ वटा परीक्षा केन्द्र तोकिएको थियो ।

निरौलाका अनुसार परीक्षा सञ्चालन भइरहेका बेला प्रश्नपत्र अपुग भएको जानकारी आएपछि आयोगले सम्बन्धित केन्द्रमा परीक्षा केही समयका लागि रोक्न लगाएको थियो । त्यसपछि तत्कालै प्राविधिक टोली परिचालन गरेर आवश्यक प्रश्नपत्रको व्यवस्था मिलाइएको र परीक्षा पुनः सुरु गरिएको उनको भनाइ छ ।

‘काम गर्ने क्रममा कहिलेकाहीँ यस्ता प्राविधिक त्रुटि हुन सक्छन्। प्रश्नपत्र अलिकति नपुग भएपछि केही समय परीक्षा होल्ड गरेका थियौँ। त्यसपछि प्रश्नपत्र पठाएर पुनः सञ्चालन गरेका छौँ,’ निरौलाले भने ।

निरौलाले अप्टोमेट्रिस्टको विषयको परीक्षामा करिब १५ सय परीक्षार्थी सहभागी भएको बताए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Ekantipur
1w ago
चिकित्सा शिक्षाको प्रश्नपत्रमा त्रुटि, साढे दुई घण्टा ढिला परीक्षा

चिकित्सा शिक्षाको प्रश्नपत्रमा त्रुटि, साढे दुई घण्टा ढिला परीक्षा

मंगलबार अप्टोमेट्रीको प्रवेश परीक्षा ११ देखि २ बजेसम्म सञ्चालन हुने तालिका थियो । तर प्रश्नपत्रमा २० अंकको प्रश्न छुटेपछि परीक्षा करिब साढे दुई घण्टा ढिलो सकिएको थियो ।

#परीक्षा #प्रश्नपत्र
Compare →

Related Stories

Education & Youth
Build #2611