Trending
Prev Story
Next Story

दसैँमा माइती आवतजात गर्न ६४२ चेलीले लिए नि:शुल्क यातायात सेवा

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

८ कात्तिक, खोटाङ । खोटाङमा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार, चेलीलाई उपहार’ अभियानअन्तर्गत यस वर्षको दसैंमा माइतीघर आवतजावत गर्ने ६४२ छोरीचेलीलाई नि:शुल्क मोटरबाइक सेवा दिएका छन् । युवा समूहले दसैंको अवसर पारेर चार दिन …

दसैँमा माइती आवतजात गर्न ६४२ चेलीले लिए नि:शुल्क यातायात सेवा

८ कात्तिक, खोटाङ । खोटाङमा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार, चेलीलाई उपहार’ अभियानअन्तर्गत यस वर्षको दसैंमा माइतीघर आवतजावत गर्ने ६४२ छोरीचेलीलाई नि:शुल्क मोटरबाइक सेवा दिएका छन् ।

युवा समूहले दसैंको अवसर पारेर चार दिन (कात्तिक ३ गतेदेखि ६ गतेसम्म) सञ्चालन गरेको अभियानमा ६४२ छोरीचेलीले नि:शुल्क मोटरबाइक सेवा दिएका हुन् ।

अभियानको पहिलो दिन कात्तिक ३ गते ५० जना, कात्तिक ४ गते ११० जना, कात्तिक ५ गते २५२ जना र कात्तिक ६ गते २३० जना चेलीले नि:शुल्क माटरबाइक सेवा सेवा लिएको अभियानका संयोजक सञ्जयकुमार राईले जानकारी दिए ।

‘तेस्रो संस्करणका रुपमा सञ्चालन गरिएको अभियानमा ५० जना राइडर सहभागी भएका थिए । अभियानमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका वडाध्यक्ष दानबहादुर राईसमेत राइडरका रुपमा खटिनुभएको थियो’, उनले भने, ‘माइती तथा मावली घर जाने आउनेक्रममा नि:शुल्क मोटरबाइक सेवा पाउँदा चेली हर्षित छन् । सामाजिक सेवाभावले सञ्चालन गरिएको अभियान तिहारमा पनि जारी रहन्छ ।’

तिहारमा माइती पुज्न आवतजावत गर्ने चेलीका लागि कात्तिक २४ गतेदेखि २६ गतेसम्म नि:शुल्क मोटरबाइक सेवा दिने तयारी गरिएको युवा समूहले जनाएको छ । दश स्थानीय तह रहेको जिल्लामा विभिन्न राजनीतिक दलमा आस्था राख्ने युवाले विसं २०८१ देखि ‘दसैँ, तिहार, चेलीलाई उपहार’ अभियान सञ्चालन गर्दै आएका छन् ।

जिल्लाका युवा समूहले दिक्तेलबजारस्थित किरातचोकमा सचिवालय स्थापना गरेर माइतीघर जाने छोरीचेलीलाई दिक्तेल बजारबाट ३५ किलोमिटर दूरीसम्ममा नि:शुल्क मोटरबाइक सेवा उपलव्ध गराउने व्यवस्था मिलाएको छ ।

यातायातका साधन नपाएर अलपत्र परेका, आर्थिक अवस्था कमजोर भएका, यातायात भाडा तिरेर यात्रा गर्न नसक्ने अवस्था भएका महिला, बालबालिका र वृद्धालाई लक्षित गर्दै नि:शुल्क मोटरबाइक सेवा दिन अभियान सञ्चालन गरिएको हो ।

अभियानका दौरानमा कुदाइने सवारीसाधन (मोटरबाइक)का लागि सहयोग जुटाएर इन्धनको प्रबन्ध मिलाउने गरिएको संयोजक राईले जानकारी दिनुभयो । विशुद्ध सामाजिक सेवाअन्तर्गत विसं २०८१ मा ३४५ जना र विसं २०८२ मा ७५० जना चेलीलाई नि:शुल्क यातायात सेवा प्रदान गरिएको जनाइएको छ ।

नेपाल सरकारको सेवा सुविधा प्राप्त, बहालवाला जनप्रतिनिधि र घरमा सवारीसाधन भएका चेलीले भने यो सुविधा पाउने छैनन् । अभियानअन्तर्गतका नि:शुल्क यातायात सेवा लिन चाहने यात्रुले बढीमा पाँच केजी तौलसम्मका मात्रै झोला तथा माइतीका लागि कोसेली बोक्न पाउने सर्तसमेत राखिएको छ ।

जिल्लाका अधिकांश सडक कच्ची अवस्थाका रहेकाले दुर्घटनाका जोखिमलाई मध्यनजर गरेर यात्रुका लागि तौल निर्धारण गरिएको अभियानका संयोजक राईले जानकारी दिनुभयो । नि:शुल्क यातायात सेवा अभियानमा स्व:स्फूर्त स्वयंसेवकको भूमिका निर्वाह गर्न चाहने जो–कोहीले सहयोग गर्नसक्ने जनाइएको छ ।

स्वयंसेवक बन्न चाहने युवाको सवारीसाधनको ब्लुबुक र सवारी चालकको चालक अनुमतिपत्र (लाइसेन्स) अनिवार्य हुनुपर्ने पत्रकार सम्मेलनमा जनाइएको छ । शुभेक्षुकको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालन गरिँदै आएको अभियानका लागि एकपटकमा करिब रु चार लाख खर्च हुने गरेको जनाइएको छ । रासस

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Bizshala
10h ago
सरकारले दियो सोमबारपनि सार्वजनिक बिदा

सरकारले दियो सोमबारपनि सार्वजनिक बिदा

काठमाण्डौ । सरकारले छठ पर्वका अवसरमा थप एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। यसअघि कात्तिक २९ गते आइतबार...

#कात्तिक #गते
Compare →
Hamro Patro News
21h ago
शुक्रबार तपाईको भाग्य कस्तो छ ?

शुक्रबार तपाईको भाग्य कस्तो छ ?

२०८३ कात्तिक २७ गते शुक्रबारको राशिफल मेष मेष राशि भएकाहरूका लागि आज सामान्य रहनेछ । मानसम्म सम्मान मिल्नेछ । व्यवसायको क्षेत्रमा लाभहुनेछ । उन्नती प्रगती हुनेछ । समय सामान्य भएको ठुलो काम न आँट्...

#कात्तिक #गते
Compare →
Nagarik News
1d ago
मधेस प्रदेशसभाको बैठक कात्तिक २८ गते आह्वान

मधेस प्रदेशसभाको बैठक कात्तिक २८ गते आह्वान

प्रदेशसभाको बैठक सञ्चालनका लागि भोलि कात्तिक २७ गते दिउँसो प्रदेशसभाअन्तर्गतको कार्य व्यवस्था परामर्श समितिको बैठक बस्ने र सोही बैठकले कार्यसूची निर्धारण गर्ने सभामुख यादवले बताए।

#कात्तिक #गते
Compare →
Ekantipur
3d ago
अभावले माइती जान नपाएका चेलीलाई निःशुल्क बाइक सेवा

अभावले माइती जान नपाएका चेलीलाई निःशुल्क बाइक सेवा

आर्थिक अभावका कारण माइती जान नसक्ने चेलीहरूलाई तिहारमा घरदेखि माइतीसम्म र फर्किँदा घरसम्म पुर्‍याउन खोटाङमा निःशुल्क बाइक सेवा सुरु गरिएको छ ।

#माइती #चेली #शुल्क
Compare →

Related Stories

Technology
Build #2611