Trending
Prev Story
Next Story

एनपीएलको तेस्रो सीजनमा एलओडी क्लब इन्टरटेनमेन्ट पार्टनर

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

८ कात्तिक, काठमाडौं । एनपीएलको तेस्रो सिजनमा एलओडी क्लब 'इन्टरटेनमेन्ट पार्टनर’ बनेको छ । सोमबारदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा सुरू  हुने एनपीएलको तेस्रो सिजनमा एलओडी क्लब इन्टरटेनमेन्ट पार्टनर बनेको हो । आइतबार एक कार्यक्रम गरेर क्लबका सीइओ …

एनपीएलको तेस्रो सीजनमा एलओडी क्लब इन्टरटेनमेन्ट पार्टनर

८ कात्तिक, काठमाडौं । एनपीएलको तेस्रो सिजनमा एलओडी क्लब ‘इन्टरटेनमेन्ट पार्टनर’ बनेको छ ।

सोमबारदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा सुरू  हुने एनपीएलको तेस्रो सिजनमा एलओडी क्लब इन्टरटेनमेन्ट पार्टनर बनेको हो ।

आइतबार एक कार्यक्रम गरेर क्लबका सीइओ रविन श्रेष्ठ र क्रिकेट एशोशिएसनका सचिव पारस खड्काले सम्झौता गरेका हुन् । एनपीएलको खेल अवधिभर मनोरञ्जन पार्टनर बनेको क्लबका सिइओ श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार खेल भइरहेको समय क्लबका डिजेहरूले ‘म्युजिक’ प्ले गर्ने छन् । क्लबका डिजेहरूले क्रिकेट रंगशालाको एलओडी जोनबाट म्युजिक प्ले गर्ने छन् ।

‘खेलमा सहभागी खेलाडी र खेल हेर्न आएका दर्शकलाई मनोरञ्जन गराउन क्लबले जिम्मेवारी पाएको छ,’ उनले भने ।

क्रिकेटप्रतिको बढ्दो आकर्षण र एनपीएलको लोकप्रियतामा सहभागिता बढेकाले एलओडीले खेलकुदसँगै मनोरञ्जन क्षेत्रलाई थप प्रवर्द्धन गर्ने उनले बताए ।

श्रेष्ठले नेपाली खेलकुद र मनोरञ्जन क्षेत्रलाई एकसाथ अगाडि बढाउने आफ्नो उद्देश्य रहेको बताए । राष्ट्रिय खेलकुद प्रतियोगितासँगको सहकार्यले नेपाली युवा पुस्तामाझ खेलकुद र मनोरञ्जन दुवैको आकर्षण बढाउने विश्वास गरिएको छ ।

सन् २०१९ मा स्थापना भएको एलओडीले नेपालले छोटो समयमै नेपालको मनोरञ्जन तथा नाइटलाइफ क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भएको छ ।

सन् २०२६ को सूचीमा एलओडी नेपाल विश्वका उत्कृष्ट क्लबहरूमध्ये ४०औँ स्थानमा पर्न सफल भएको छ । नेपालको मनोरञ्जन क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन थप योगदान पुर्‍याएको छ ।

खेलकुदलाई केवल प्रतिस्पर्धामा सीमित नराखी उत्सव, संस्कृति र मनोरञ्जनसँग जोड्ने अवसरसमेत प्रदान गरेको श्रेष्ठको भनाइ छ ।

एनपीएलको दोस्रो सिजनमा पनि एलओडी क्लब इन्टरटेनमेन्ट पार्टनर बनेको थियो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
4h ago
एनपीएलमा आज : सुस्त पिचमा रनको खडेरी, जनकपुर–कर्णालीको यात्रा समाप्त

एनपीएलमा आज : सुस्त पिचमा रनको खडेरी, जनकपुर–कर्णालीको यात्रा समाप्त

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत शुक्रबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएका दुई खेलमा ब्याट्सम्यानभन्दा बलर हाबी देखिए । दुवै खेलमा रन बनाउन ब्याट्स...

#एनपीएल
Compare →
Ekantipur
4h ago
एनपीएल : तस्बिरमा जनकपुर बोल्ट्स र चितवन राइनोजबीचको खेल

एनपीएल : तस्बिरमा जनकपुर बोल्ट्स र चितवन राइनोजबीचको खेल

तस्बिरमा हेर्नुहोस्, एनपीएलको आजको दोस्रो खेलका झलक ।

#एनपीएल
Compare →
Nagarik News
5h ago
एनपीएलः चितवनको प्लेअफ सम्भावना कायमै, जनकपुर बाहिरियो

एनपीएलः चितवनको प्लेअफ सम्भावना कायमै, जनकपुर बाहिरियो

शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गर्दै चितवनले शीर्ष चारको दौडमा आफूलाई कायमै राखेको हो।

#एनपीएल
Compare →
Arthasansar
13h ago
एनपीएल क्रिकेट : टस जितेर काठमान्डु बलिङमा, सुदूरपश्चिम ब्याटिङ गर्दै

एनपीएल क्रिकेट : टस जितेर काठमान्डु बलिङमा, सुदूरपश्चिम ब्याटिङ गर्दै

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत शुक्रबारको पहिलो खेलमा काठमान्डु गोर्खाज र सुदूरपश्चिम रोयल्सबीच खेल हुँदैछ । काठमान्डुले टस जितेर...

#एनपीएल
Compare →

Related Stories

Sports
Build #2611