Trending
Prev Story
Next Story

एनपीएलको लोभलाग्दो उडान

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

८ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणबाट आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले कूल २७ करोड ६९ लाख रुपैयाँ आम्दानी गर्‍यो । दोस्रो संस्करणमा करिब २० करोड बढी ४७ करोड ३६ लाख रुपैयाँ …

एनपीएलको लोभलाग्दो उडान

८ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणबाट आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले कूल २७ करोड ६९ लाख रुपैयाँ आम्दानी गर्‍यो ।

दोस्रो संस्करणमा करिब २० करोड बढी ४७ करोड ३६ लाख रुपैयाँ आम्दानी गरेको क्यानले एनपीएलको तेस्रो संस्करणमा त प्रतियोगिता सुरु नहुँदै प्रसारण राइड्सबाट ३२ करोड बढी आम्दानी गरिसकेको छ ।

अघिल्ला दुई सिजनमा कम्तीमा ४ टोलीले एक्टिभ टेस्ट नेसन प्लेयर ल्याउन पाउँथे । तर अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)बाट अनुमति पाएसँगै विश्वस्तरीय स्टार खेलाडीहरू यसपटक एनपीएलको मैदानमा उत्रिँदैछन् ।

तेस्रो संस्करणमा आइपुग्दा एनपीएल विश्वस्तरीय स्टारको आँखामा परिसकेको छ ।

पहिलो संस्करणमा युट्युब र नेपालमा टेलिभिजन प्रसारण राइट्स एक्सन स्पोर्ट्सले ७५ लाख रुपैयाँमा पायो । एक्सन स्पोर्ट्सले यूट्युब र टेलिभिजन प्रसारण सित्तैमा गर्‍यो । त्यसपछि भने नेपाली क्रिकेटमा सब्क्रब्सन सुरु हुन थाल्यो ।

पहिलो संस्करण युट्युबमा नि:शुल्क हेर्ने व्यवस्था भए पनि दोस्रो सिजनबाट निश्चित शुल्क तोकिएको थियो । दोस्रो सिजनमा क्यानले पहिलो पटक ओटीटीमा एनपीएललाई बेच्न सफल भयो । ओटीटी डिसहोमले लिँदा टेलिभिजन राइड्स कान्तिपुर टेलिभिजनले ३ करोडमा खरिद गर्‍यो । यो रकम तेस्रो संस्करणमा आइपुग्दा करबाहेक १४ करोड ६४ लाख पुग्यो ।

हिमालय टेलिभिजनले अघिल्लो संस्करणभन्दा करिब ५ गुणा बढी रकम तिरेर नेपालमा टेलिभिजन राइड्स किन्यो । हिमालय टेलिभिजनका कार्यकारी निर्देशक श्याम कँडेलले एक कार्यक्रममा एनपीएलको प्रभाव र बजारको अवस्थालाई मूल्यांकन गरेर लगानी गरेको बताएका थिए । पहिलो संस्करणबाट जोडिएको भारतीय च्यानल स्टार स्पोर्ट्सको प्रसारणले एनपीएलको ब्रान्डिङमा सहयोग पुर्‍यायो ।

पहिलो संस्करणमा ८ फ्रेन्चाइज टोलीले ३ करोड १६ लाख पाएका थिए । तर दोस्रो संस्करणमा त्यो बढेर १६ करोड १८ लाख ७३ हजार ५०० रुपैयाँ पुग्यो ।

अघिल्लो सिजनमा मात्रै क्यानका सचिव पारस खड्काले डीआरएस एकदमै महँगो भएको बताएका थिए । तर तेस्रो सिजनमा आउँदा क्यान डीआरएस प्रविधि भित्र्याउन सक्षम भयो । यसले एनपीएलप्रति बढ्दो व्यावसायिक आकर्षण र बजार विस्तारको सम्भावनालाई पनि देखाउँछ ।

क्यानका अध्यक्ष चतुरबहादुर चन्द एनपीएल विश्वस्तरमा स्थापित हुन सफल भएको बताउँछन् । ‘सुरुवातमा अन्तर्राष्ट्रिय क्रिकेट समुदायमा प्रतियोगिताप्रति विश्वास दिलाउनु सबैभन्दा ठूलो चुनौती थियो । प्रतियोगिताको पारदर्शिता, विदेशी खेलाडीहरूको पारिश्रमिक भुक्तानी र खेल मिलेमतो नियन्त्रण जस्ता विषयमा सबैको चासो थियो । विशेषगरी आईसीसीले यी सम्पूर्ण पक्षहरूको गहिरो अध्ययन गरिरहेको थियो । अन्तत: यो लिग विश्वस्तरमा स्थापित हुन सफल भएको छ,’ उनी भन्छन् ।

एनपीएलमा टेलिभिजन प्रसारण अधिकारदेखि डिजिटल माध्यमसम्म प्रायोजकहरूको आकर्षण उत्कृष्ट रहेको अध्यक्ष चन्दको अनुभव छ ।

‘पहिलो संस्करणमा डिजिटल प्रसारणको व्यवस्था नै थिएन । तर दोस्रो संस्करणबाट प्रायोजनको राम्रो संस्कृति विकास भयो,’ उनी भन्छन्, ‘यसले अन्तत: नेपाली क्रिकेटको विकास र खेलाडीहरूको भविष्य सुनिश्चित गर्न मद्दत पुर्‍याउँछ । आईसीसीले पनि हाम्रा हरेक माग, निर्णय र पहललाई सकारात्मक रूपमा लिँदै सहजीकरण गरिदिएको छ ।’

नेपालका व्यावसायिक घराना तथा प्रायोजकहरूको क्रिकेटप्रति ठूलो सद्भाव रहेको उनको भनाइ छ ।

पहिलो सिजनमा भारतीय क्रिकेटर शिखर धवनलाई कर्णाली याक्सले भित्र्याएको थियो । दोस्रो सिजनमा दक्षिण अफ्रिकाका फाफ डु प्लेसिसलाई विराटनगर किङ्सले भित्र्याएको थियो । यस पटक भने हरेक टोलीले उच्च स्तरका खेलाडी भित्र्याएका छन् ।

आईसीसीले जुनसुकै खेलाडी पनि ल्याउने अनुमति दिएको छ । यसअघि एक सिजनमा ४ टोलीले एक–एक एक्टिभ टेस्ट प्लेयर ल्याउन पाउँथे । तर यस पटक यो प्रावधान हटेको छ । जसका कारण अस्टे«लियाका ओपनर डेविड वार्नरदेखि वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल एनपीएलको मैदानमा उत्रिने छन् ।

पहिलो सिजनमा भुइँमा बसेर हेरेका दर्शकले दोस्रो सिजनमा प्यारापिटमा बसेर फ्लडलाइटसहित खेलको अवलोकन गरेका थिए । अहिले डीआरएससहित स्टार खेलाडीको खेल हेर्ने अवसर नेपाली समर्थकले पाउने छन् ।

जनकपुर बोल्ट्सका सीईओ निरोज खतिवडा तेस्रो सिजनसम्म आइपुग्दा प्रायोजक ३ देखि ४ गुणा वृद्धि भएको बताउँछन् ।

‘पहिलो सिजनमा एक करोडभन्दा माथिका कम्पनी आइसकेका थिएनन् । करोडभन्दा जिब्रो टोक्ने अवस्था थियो । तर अहिले तेस्रो सिजनमा आइपुग्दा प्रायोजकहरू एक करोड छोइसकेको छ । त्यो पोजेटिभ साइन हो,’ उनी भन्छन् ।

एनपीएलमा टेक्नोलोजी विस्तारले नेपाली क्रिकेट अघि बढेको संकेत गरेको खतिवडाको अनुभव छ । ‘नेपालमा डीआरएस टेक्नोलोजी र फ्लडलाइट हुँदाको जुन क्रिकेट छ, त्यो एउटा स्ट्यान्डर्ड फर्म्याटमा जाँदैछ भन्ने सङ्केत हो,’ उनी भन्छन्, ‘यसले क्रिकेटमा नेपाल विस्तारै अघि बढ्दै छ भन्ने म्यासेज जान्छ ।’

यस पटक पुरस्कार रकम पनि वृद्धि गरिएको छ । यसअघि विजेता टोलीले एक करोड १० लाख रुपैयाँ पाउँथ्यो । यस पटक विजेता टोलीले एक करोड ५० लाख रुपैयाँ पाउने छन् । दोस्रो हुनेले ८० लाख, तेस्रो हुनेले ४० र चौथो हुनेले २५ लाख रुपैयाँ पाउने क्यानले जनाएको छ ।

एनपीएलको तेस्रो संस्करणमा डिसिजन रिभ्यु सिस्टम (डीआरएस) प्रयोग हुँदैछ । जुन नेपाली भूमिमा पहिलो पटक प्रयोग हुन लागेको हो । एलबीडब्ल्युको रिभ्युका लागि फुल थ्रीडी बल ट्र्याकिङको प्रयोग हुनेछ । जसमा रनआउट, स्टम्पिङ र नो बलको पनि रिभ्यु हुनेछ । एआई माध्यमबाट ब्याटमा लागेको एज डिटेक्सन, हाइटको वाइड, छक्काको लम्बाइ र उचाइ मापनसहित अन्य बलिङ एनालिटिक्स पनि यस पटक एनपीएलमा देख्न पाइने छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को मान्यता पाउनु पनि एनपीएलको सफलता हो । यो मान्यताले नेपाली क्रिकेटको विकास, व्यावसायिकता र अन्तर्राष्ट्रिय पहिचान अभिवृद्धिमा थप योगदान पुग्ने विश्वास क्यानको छ ।

टी–२० को मान्यतासँगै खेलाडीले एनपीएलमा बनाएका रेकर्डहरू आधिकारिक रेकर्डका रूपमा समावेश हुने छन् । अर्थात्, एनपीएल अब आधिकारिक रूपमा विश्व क्रिकेटको हिस्सा बनेको छ ।

जिसी अनलाइनखबरमा खेलकुद रिपोर्टिङ गर्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
7h ago
एनपीएलमा आज : सुस्त पिचमा रनको खडेरी, जनकपुर–कर्णालीको यात्रा समाप्त

एनपीएलमा आज : सुस्त पिचमा रनको खडेरी, जनकपुर–कर्णालीको यात्रा समाप्त

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत शुक्रबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएका दुई खेलमा ब्याट्सम्यानभन्दा बलर हाबी देखिए । दुवै खेलमा रन बनाउन ब्याट्स...

#एनपीएल #प्रिमियर-लिग #क्रिकेट
Compare →
Arthasansar
16h ago
एनपीएल क्रिकेट : टस जितेर काठमान्डु बलिङमा, सुदूरपश्चिम ब्याटिङ गर्दै

एनपीएल क्रिकेट : टस जितेर काठमान्डु बलिङमा, सुदूरपश्चिम ब्याटिङ गर्दै

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत शुक्रबारको पहिलो खेलमा काठमान्डु गोर्खाज र सुदूरपश्चिम रोयल्सबीच खेल हुँदैछ । काठमान्डुले टस जितेर...

#एनपीएल #प्रिमियर-लिग #क्रिकेट
Compare →
Nagarik News
14h ago
एनपीएलः सुदूरपश्चिमले दियो काठमाडौंलाई १२६ रनको लक्ष्य, दीपेन्द्रको कप्तानी पारी

एनपीएलः सुदूरपश्चिमले दियो काठमाडौंलाई १२६ रनको लक्ष्य, दीपेन्द्रको कप्तानी पारी

नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोएल्सले काठमाण्डौं गोर्खाजसामु १२६ रनको लक्ष्य प्रस्तुत गरेको छ।

#एनपीएल #प्रिमियर-लिग
Compare →
Ekantipur
12h ago
काठमान्डुमाथिको रोमाञ्चक विजयले सुदूरपश्चिम क्वालिफायर नजिक

काठमान्डुमाथिको रोमाञ्चक विजयले सुदूरपश्चिम क्वालिफायर नजिक

सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा शुक्रबार काठमान्डु गोर्खाजमाथी ७ रनको रोमाञ्चक विजय हात पारेको छ । पहिलो ३ मध्येको २ खेल हारेको सुदूरपश्चिमले त्यसपछिको सबै चार खेल जितेर क्वालिफायरलाई दाबेदारी पेस गरेको हो ।

#एनपीएल #प्रिमियर-लिग
Compare →

Related Stories

Sports
Build #2612