काठमाडौँ। नेपाल क्रिकेट संघ (क्यान) अन्तर्गत नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणबाट ७० देखि ७५ करोड रुपैयाँसम्मको आर्थिक कारोबार हुने अनुमान गरिएको छ। आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आयोजित पत्रकार सम्मेलनमा क्यानका कोषाध्यक्ष पदम खड्काले उक्त विवरण सार्वजनिक गरेका हुन्।
क्यानका कोषाध्यक्ष खड्काका अनुसार एनपीएलमा प्रायोजनबाट मात्रै करिब २० करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। टिकट बिक्रीलगायतका अन्य आन्तरिक स्रोतसमेत जोड्दा क्यानअन्तर्गतको एनपीएलले ७० देखि ७५ करोड रुपैयाँसम्मको कारोबार गर्नेछ। यस्तै, आठ फ्रेन्चाइज टोलीका मालिकहरूले पनि टिम व्यवस्थापन र सञ्चालनमा क्यानकै हाराहारीमा खर्च गर्ने अनुमान गरिएकाले एक महिनाको अवधिमा एनपीएलको समग्र आर्थिक कारोबार करिब डेढ अर्ब (१.५ अर्ब) रुपैयाँ पुग्ने प्रक्षेपण गरिएको छ।
Read full story at source ( hamrakura.com )