काठमाडौं : उत्तर कोरियाली नेता किम जोङ उन चीनको औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्किएका छन्। भ्रमणका क्रममा उनले डानडोङस्थित कोरियाली युद्ध स्मारकको अवलोकन गर्नुका साथै चीन र उत्तर कोरिया जोड्ने नवनिर्मित पुलको उद्घाटन गरेका छन्। किम एकदिने भ्रमणमा शनिबार चीन पुगेका हुन् भने उनी साेही दिन स्वदेश फर्किएका हुन् ।
उत्तर कोरियाको सरकारी समाचार एजेन्सीका अनुसार, किम जोङले स्वदेश फर्केपछि कोरियाली युद्धका बखत चिनियाँ जनतासँग सहकार्य गरी लडिएका गौरवशाली दिनहरूलाई देशले सधैँ स्मरण गरिरहने बताए। साथै, उनले कठिन परिस्थितिमा सहयोग गर्ने चिनियाँ जनताप्रतिको कृतज्ञताको भावना भावी पुस्तासम्म हस्तान्तरण हुँदै जानुपर्नेमा जोड दिए।
Read full story at source ( annapurnapost.com )