Trending
Prev Story
Next Story

पेन्सनको सुनिश्चितताको माग गर्दै मड्रिडमा दुई लाख ५० हजार व्यक्तिद्वारा प्रदर्शन

Nagarik News •
October 25, 2026 • 03:54 AM
1
1 reads 0 reactions

शनिबार स्पेनी सहर मड्रिडको मध्यभागमा करिब दुई लाख ५० हजार मानिसले स्पेनको राज्यद्वारा दिने गरेको पेन्सन प्रणालीको सुरक्षाको माग गर्दै प्रदर्शन गरेका छन्।

पेन्सनको सुनिश्चितताको माग गर्दै मड्रिडमा दुई लाख ५० हजार व्यक्तिद्वारा प्रदर्शन

शनिबार स्पेनी सहर मड्रिडको मध्यभागमा करिब दुई लाख ५० हजार मानिसले स्पेनको राज्यद्वारा दिने गरेको पेन्सन प्रणालीको सुरक्षाको माग गर्दै प्रदर्शन गरेका छन्।

स्पेनमा अर्को महिना हुने संसदीय निर्वाचनको एक प्रमुख मुद्दा यही हो। यो प्रदर्शन स्पेनको पेन्सन प्रणालीको दिगोपन र जीवनयापन खर्चबारे राजनीतिक विवाद चलिरहेका बेला भएको हो।

समाजवादी प्रधानमन्त्री पेद्रो सान्चेजले दक्षिणपन्थीहरूले मुद्रास्फीतिसँग जोडिएको वृद्धि कमजोर पार्ने योजना बनाएको आरोप लगाएका छन्।

शनिबार प्रदर्शनकारीहरूले शान्तिपूर्ण रूपमा आतोचा रेल स्टेसनबाट ग्राभ भिया (राजधानीको मुख्य व्यापारिक सडक) सम्म पैदल यात्रा गरेका थिए।

जिज्ञासु पर्यटकहरूले उनीहरूलाई हेरिरहेका देखिन्थे। मड्रिडका अधिकारीहरूले एएफपीलाई दिएको जानकारीमा प्रदर्शनमा करिब दुई लाख ५० हजार प्रदर्शनकारी सहभागी रहेको अनुमान गरिएको थियो।

तीमध्ये धेरैले ‘हाम्रो पेन्सनको रक्षा र सुनिश्चितता गर’ लेखिएका ब्यानर बोकेका थिए। दक्षिणी शहर सेभिलका ३८ वर्षीय सरकारी कर्मचारी जुआन फर्नान्डेजले भने, 'म लगायतका लाखौँ मानिस आफ्नो भविष्यको पेन्सन पाउने कुरामा ‘अनिश्चित’ भएपछि प्रणालीलाई निजीकरण गर्ने कुनै पनि सरकारी प्रयासको विरोध गर्न राजधानी उत्रिएको बताए।

'निजीकरण गरिएको कुनै पनि भागको मूल्य सेयर बजारको मूल्यसँग जोडिनेछ। त्यहाँ विजेता पनि हुनेछन् र हारेका पनि,' उनले एएफपीलाई बताए।

यस महिनाको सुरुमा दक्षिणपन्थी विपक्षी पपुलर पार्टी (पीपी) का सांसद एस्टर मुनोजले वर्तमान पेन्सन प्रणाली ‘ध्वस्त’ हुने भविष्यवाणी गर्दै यसमा परिवर्तन गर्न माग गरेका थिए, जसले सरकारको आलोचना निम्त्यायो। 'पेन्सन पवित्र हुनुपर्छ,' ६४ वर्षीया र अवकाश नजिक पुगेकी पिलारले एएफपीलाई बताइन्। उनले आफ्नो थर भन्न चाहिनन्। उनले ‘सबै कुरा निजीकरण गर्ने प्रवृत्ति’ को निन्दा गरिन् र आवास खर्च तथा भाडावालहरूको सुरक्षाको अभावबारे हालैका हप्ताहरूमा भएका अन्य प्रदर्शनहरू देखेर खुसी लागेको बताइन्।

'मलाई लाग्छ आवास सङ्कटले युवाहरूलाई बिउँझाएको छ,' उनले भनिन्। उनले केवल पेन्सन मात्र नभई स्वास्थ्य र शिक्षाजस्ता सार्वजनिक सेवाहरूको सुरक्षा गर्न र स्पेनी जनतालाई ‘आफूहरूले मिहिनेत गरेर कमाएका सबै कुराको रक्षा गर्न’ आग्रह गरिन्।

पीपी नेता अल्बेर्टो नुनेज फेइजूओले सोमबार भनेका थिए, 'उहाँको पार्टीले नोभेम्बर २९ को निर्वाचन जितेर उहाँ प्रधानमन्त्री बनेको खण्डमा हरेक वर्ष मुद्रास्फीतिअनुसार पेन्सन बढाइरहनेछ।'

सान्चेजले पीपीलाई सन् २०२२ देखि लागू भएको मुद्रास्फीतिसँग पेन्सन वृद्धि जोड्ने संयन्त्रमाथि प्रश्न उठाएको आरोप लगाएका छन्। उक्त पार्टीले यो व्यवस्था ल्याउने कानुनको विरोधमा मतदान गरेको थियो।

स्पेनको सामाजिक सुरक्षा मन्त्रालयका अनुसार देशभर करिब ६८ लाख स्पेनीले राज्यको पेन्सन पाउँछन्। सेप्टेम्बरसम्म पेन्सनको रकम प्रतिव्यक्ति महिनाको औसत एक हजार ५७६ युरो (एक हजार ७६५ डलर) रहेको थियो। एएफपी

प्रकाशित: ८ कार्तिक २०८३ ०९:३९ आइतबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
1d ago
महँगी र आवास संकटविरुद्ध स्पेनमा प्रदर्शन, प्रदर्शनकारी र प्रहरीबीच झडप

महँगी र आवास संकटविरुद्ध स्पेनमा प्रदर्शन, प्रदर्शनकारी र प्रहरीबीच झडप

२६ कात्तिक, काठमाडौं । बढ्दो आवास लागत र मुद्रास्फीतिको विरोधमा स्पेनमा १४ वर्षमा पहिलो पटक आम हडतालको क्रममा बार्सिलोनामा नकाबधारी समूह र प्रहरीबीच झडप भएको छ। देशका प्रमुख श्रमिक संगठनहरूको आह्वानमा भएको हडतालमा राजधानी म्याड्रिडमा करिब …

#प्रदर्शन #स्पेन
Compare →
Bizshala
1d ago
महँगो घरभाडाविरुद्ध स्पेनमा आमहडताल, म्याड्रिड र बार्सिलोनामा प्रहरीसँग झडप

महँगो घरभाडाविरुद्ध स्पेनमा आमहडताल, म्याड्रिड र बार्सिलोनामा प्रहरीसँग झडप

काठमाण्डौ । घरभाडा, आवासको मूल्य र जीवनयापनको खर्च बढ्दै गएपछि स्पेनमा बुधबार देशव्यापी आमहडताल तथा प्रदर्शन भएको छ।...

#प्रदर्शन #स्पेन
Compare →
Hamro Patro News
4h ago
स्थानीय खेलाडीको प्रदर्शन कमजोर हुँदा हार व्यहोर्‍यौँ : प्रशिक्षक चन्द्रपाल

स्थानीय खेलाडीको प्रदर्शन कमजोर हुँदा हार व्यहोर्‍यौँ : प्रशिक्षक चन्द्रपाल

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राईनोजसँग पराजित भएपछि जनकपुर बोल्ट्सका मुख्य प्रशिक्षक शिवनारायण चन्द्रपालले स्थानीय खेलाडीको कमजोर प्रदर्शन र अनुभवको कमीले टोलीलाई समस्या भएको बताए...

#प्रदर्शन
Compare →
Ekantipur
6h ago
कोप–३१ मा जलवायु न्यायको माग गर्दै प्रदर्शन, विश्व समुदायसँग ऋण मिनाहाको माग

कोप–३१ मा जलवायु न्यायको माग गर्दै प्रदर्शन, विश्व समुदायसँग ऋण मिनाहाको माग

जलवायु सङ्कटबाट प्रभावित मुलुकको ऋण मिनाहा गरी अनुकूलन, पुनरुत्थान र जलवायु कार्यका लागि अनुदान उपलब्ध गराउन कोप–३१ मा सहभागी नागरिक समाजका प्रतिनिधिहरूको माग छ ।

#प्रदर्शन
Compare →

Related Stories

World News
Build #2611