काठमाडौँ। डडेल्धुराको अमरगढी नगरपालिका–७ का युवाहरू स्थानीय स्तरमै ‘पेन्टिङ’ (रङरोगन) को काम गरेर पढाइ खर्च जुटाउने तथा परिवारको आर्थिक भार उठाउने उदाहरणीय कार्यमा जुटेका छन्।
अमरगढी–७ का १९ वर्षीय दीपक भट्टराईले १२ कक्षा उत्तीर्ण गरी स्नातक तहको पढाइ खर्च र पारिवारिक दायित्व बहन गर्न विगत सात महिनादेखि पेन्टिङको काम गर्दै आएका छन्। घरको आर्थिक अवस्थाका कारण पढाइका लागि परिवारमाथि मात्र निर्भर हुन नसकेपछि काम सुरु गरेका उनले खर्च कटाएर मासिक रु २५ हजार बचत गर्दै आएका छन्।
Read full story at source ( hamrakura.com )