Trending
Prev Story
Next Story

सल्यानमा भेटियो ठूलो अजिङ्गर, स्थानीय त्रासमा

Ekantipur •
October 25, 2026 • 03:00 AM
1
1 reads 0 reactions

नुवागाउँमा सडकछेउको घारीमा ठूलो अजिङ्गर देखिएपछि स्थानीयले उक्त सडकमा हिँडडुल गर्नसमेत छाडेका छन्।

सल्यानमा भेटियो ठूलो अजिङ्गर, स्थानीय त्रासमा

नुवागाउँमा सडकछेउको घारीमा ठूलो अजिङ्गर देखिएपछि स्थानीयले उक्त सडकमा हिँडडुल गर्नसमेत छाडेका छन्।

सल्यान — सल्यानमा लोपोन्मुख अजिङ्गर फेला परेको छ । सल्यानको छत्रेश्वरी गाउँपालिका–३ रानाघर नजिकै खारखोला–नुवागाउँ–कोर्बाङ सडकमा ठूलाे अजिङ्गर फेला परेको हो ।

खारखोला–नुवागाउँ–कोर्बाङ सडकमा अजिङ्गर भेटिएपछि स्थानीय त्रसित भएका छन् । स्थानीय अहिले उक्त सडकमा हिँड्न छाडेका छन् ।

मोटरसाइकलमा घरतिर जाँदै गर्दा नुवागाउँमा सडकको घारीतिर घाँस भएको स्थानमा अजिङ्गर देखेको करण पुन मगरले बताए । ठूलो अजिङ्गर देखेपछि मोटरसाइकल छाडेर भागेको उनले जानकारी गराए । ठूलो जंगलमा पाइने अजिङ्गर कहाँबाट आयो भन्ने थाहा नभएको उनको भनाइ छ ।

अजिङ्गर ठूलो रहेको र यसले मान्छेसमेत खान सक्ने भएकाले उक्त सडक खण्डमा आउजाउ गर्ने स्थानीयको ज्यान जोखिममा परेको स्थानीय राजबहादुर बुढाथोकीले बताए ।

अजिङ्गर तत्काल उद्धार गरेर सुरक्षित स्थानमा लगेर छाड्न सम्बन्धित निकायसँग आग्रह गरिएको उनले जानकारी गराए ।

विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1w ago
शुक्लागण्डकीमा अजिङ्गर भेटियो

शुक्लागण्डकीमा अजिङ्गर भेटियो

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–२ सुन्दरी गाउँमा सोमबार साँझ घरभित्रै अजिङ्गर फेला परेको छ । स्थानीय नेत्रबहादुर रानाको कच्ची घरको धुरीमा अजिङ्गर देखिएपछि प्रहरी र वन कार्यालयको टोलीले उद्ध...

#अजिङ्गर #भेटियो
Compare →
Nagarik News
3w ago
सल्यानमा स्क्रब टाइफसबाट मृत्यु हुनेको संख्या १० पुग्यो

सल्यानमा स्क्रब टाइफसबाट मृत्यु हुनेको संख्या १० पुग्यो

सल्यानमा स्क्रब टाइफस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । दार्मा गाउँपालिका–४ का ६२ वर्षीय जितबहादुर मल्लको उपचारका क्रममा नेपालगञ्जमा मृत्यु भएको हो ।

#सल्यान
Compare →
Onlinekhabar
1w ago
कांग्रेस देउवा समूहको सल्यान सभापतिमा दीपकजंग चन्द

कांग्रेस देउवा समूहको सल्यान सभापतिमा दीपकजंग चन्द

१५ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको सल्यान जिल्ला सभपातिमा दीपकजंग चन्द सर्वसम्मत चयन भएका छन् । सल्यानको श्रीनगरमा सम्पन्न १५औँ जिल्ला अधिवेशनबाट चन्द जिल्ला सभापतिमा सर्वसम्मत चयन भएका हुन्  । अधिवेशनबाट उपसभापतिमा यज्ञविक्रम शाह, …

#सल्यान
Compare →

Related Stories

World News
Build #2612