Trending
Prev Story
Next Story

श्रीमतीको हत्या गरी भागेका श्रीमान् पनि मृत भेटिए

Ekantipur •
October 25, 2026 • 03:00 AM
1
1 reads 0 reactions

ससुरालीमा राती २ बजेतिर ३० वर्षिया श्रीमती रिना यादव र सँगै सुतेको ४ वर्षिय छोरा सम्राट यादवलाई धारिलो हतियार प्रयोग गरेका थिए ।

श्रीमतीको हत्या गरी भागेका श्रीमान् पनि मृत भेटिए

ससुरालीमा राती २ बजेतिर ३० वर्षिया श्रीमती रिना यादव र सँगै सुतेको ४ वर्षिय छोरा सम्राट यादवलाई धारिलो हतियार प्रयोग गरेका थिए ।

जनकपुर — शनिबार राति धनुषामा श्रीमतीको हत्या गरी भागेका श्रीमान् पनि मृत भेटिएका छन्। गणेशमान चारनाथ–४, भरतपुर बस्ने ३५ वर्षका उमेश यादवले धनुषाकै मिथिला बिहारी-३ मिथिलेश्वरस्थित ससुरालीमा राती २ बजेतिर ३० वर्षिया श्रीमती रिना यादव र सँगै सुतेको ४ वर्षिय छोरा सम्राट यादवलाई धारिलो हतियार प्रयोग गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी ओम प्रकाश खनालका अनुसार रिनाको घाँटीमा धारिलो हतियारले काटिए पछि मृत्यु भएको थियो। बालकको दाहिने तिघ्रा काटिएकोमा प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको धनुषा प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घटनास्थलबाट रगत लागेको चक्कू बरामद भएको र उमेश फरार रहेकोले खोजतलास गर्दा निज घटनास्थलभन्दा अन्दाजी १ किलोमिटर पश्चिम मिथिला बिहारी–२ स्थित सिर्सिया जाने बाटोको दक्षिणपट्टि आँपको रुखमा झुण्डी मृत अवस्थामा फेला परेको छ ।

अजित पत्रकार तिवारी कान्तिपुरका जनकपुर संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
1d ago
अवधेश यादव मोटरसाइकलमा जाँदै थिए, गाडी चढेका श्रीमती र तीन छोरी गुमाए

अवधेश यादव मोटरसाइकलमा जाँदै थिए, गाडी चढेका श्रीमती र तीन छोरी गुमाए

२६ कात्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिकास्थित चिसापानी गढीमा भएको इभी हाइस दुर्घटनामा सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुर टोलका अवधेश यादवको परिवारका ४ सदस्यले ज्यान गुमाएका छन् । दुर्घटनामा उनकी श्रीमती, तीन छोरी र दुई भाईको मृत्यु …

#यादव #श्रीमती
Compare →
Hamro Patro News
1d ago
गाडीमा ठाउँ नपाउँदा जोगिए अवधेश, तर परिवारका छ जना गुमाए

गाडीमा ठाउँ नपाउँदा जोगिए अवधेश, तर परिवारका छ जना गुमाए

हेटौँडा । अवधेश यादवले छठ मनाउन सर्लाहीस्थित घर फर्किने सबै तयारी पूरा गरिसकेका थिए । बुधबार साँझ नै कपडा र छठ पूजाका लागि आवश्यक सामग्री मिलाएर राखिएका थिए । श्रीमती, छोराछोरी र दुई भाइसँगै गाउँ ...

#यादव #श्रीमती
Compare →
Nagarik News
13h ago
श्रीमतीलाई एक्लै छोड्न नसकेपछि विमानको शौचालयभित्र यस्तो ‘हर्कत’ गर्ने यात्रु धरौटीमा छुटे

श्रीमतीलाई एक्लै छोड्न नसकेपछि विमानको शौचालयभित्र यस्तो ‘हर्कत’ गर्ने यात्रु धरौटीमा छुटे

श्रीमती क्यान्सरबाट पीडित भएपछि उनलाई एक्लै छोडेर विदेश जान नसक्ने निष्कर्षमा पुगेका एक व्यक्तिले उडान रोक्न विमानमै अपहरणको झूटो धम्की दिएको खुलेको छ।

#श्रीमती
Compare →

Related Stories

World News
Build #2611