Trending
Prev Story
Next Story

अवधेश यादव मोटरसाइकलमा जाँदै थिए, गाडी चढेका श्रीमती र तीन छोरी गुमाए

Onlinekhabar •
November 12, 2026 • 11:30 AM
1
1 reads 0 reactions

२६ कात्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिकास्थित चिसापानी गढीमा भएको इभी हाइस दुर्घटनामा सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुर टोलका अवधेश यादवको परिवारका ४ सदस्यले ज्यान गुमाएका छन् । दुर्घटनामा उनकी श्रीमती, तीन छोरी र दुई भाईको मृत्यु …

अवधेश यादव मोटरसाइकलमा जाँदै थिए, गाडी चढेका श्रीमती र तीन छोरी गुमाए

२६ कात्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिकास्थित चिसापानी गढीमा भएको इभी हाइस दुर्घटनामा सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुर टोलका अवधेश यादवको परिवारका ४ सदस्यले ज्यान गुमाएका छन् ।

दुर्घटनामा उनकी श्रीमती, तीन छोरी र दुई भाईको मृत्यु भएको हो । यस्तै, १४ महिनाका कान्छा छोरा घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

दुर्घटनामा अवधेशकी ३५ वर्षीया श्रीमती पुनम यादव, १० वर्षीया छोरी अनुकुमारी यादव, ७ वर्षीया छोरी दीक्षा यादव र ५ वर्षीया छोरी दिपीका यादवको मृत्यु भएको छ ।

उनीहरू चारै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

अवधेशका १४ महिनाका छोरा सुदीप यादव भने दुर्घटनामा घाइते भएको प्रहरी नायव उपरीक्षक (डीएसपी) माधव काफ्लेले जानकारी दिए । उनको स्वास्थ्य अवस्थाबारे खुलाइएको छैन ।

घाइते अवस्थामा फेला परेका उनलाई उद्धार गरी हेटौंडा अस्पताल ल्याइएको थियो । थप उपचारका लागि बिहीबार दिउँसो काठमाडौंस्थित मेडिसिटी अस्पताल रिफर गरिएको डीएसपी काफ्लेले बताए ।

परिवारका चार सदस्य गुमाएका अवधेश हेटौंडा अस्पतालमा विक्षिप्त अवस्थामा छन् । छोराको उपचारमा आफन्त दिनेश यादव रहेका छन् । अवधेश ईभीमा श्रीमती र छोराछोरीलाई चढाएर आफू मोटरसाइकलमा आएका थिए ।

अवधेशको परिवारसहित एउटै गाउँका २० जना बढी सवार ईभी गाडी बिहान भीमफेदी–देउराली खण्डको चिसापानी गढी नजिक सडकबाट ५०० मिटर भिरमा खसेको थियो ।

हालसम्म १४ जनाको मृत्यु भइसकेको प्रहरीले जनाएको छ । ६ जना घाइते भएका छन् ।

उनीहरू छठ पर्व मनाउन सर्लाहीस्थित घर फर्किँदै थिए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1d ago
अवधेश यादव मोटरसाइकलमा जाँदै थिए, गाडी चढेका श्रीमती र तीन छोरी गुमाए

अवधेश यादव मोटरसाइकलमा जाँदै थिए, गाडी चढेका श्रीमती र तीन छोरी गुमाए

२६ कात्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिकास्थित चिसापानी गढीमा भएको इभी हाइस दुर्घटनामा सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुर टोलका अवधेश यादवको परिवारका ४ सदस्यले ज्यान गुमाएका छन् ।...

#यादव #अवधेश #दुर्घटना
Compare →
Nagarik News
1d ago
गाडीमा सिट नपाएपछि बचेको अवधेशको जीवन, तर गुमे गर्भवती श्रीमती, तीन छोरी र दुई भाइ

गाडीमा सिट नपाएपछि बचेको अवधेशको जीवन, तर गुमे गर्भवती श्रीमती, तीन छोरी र दुई भाइ

छठ मनाउन सँगै घर फर्किने तयारी थियो, १४ सिटको हाइसमा २० जना चढेपछि अवधेश छुटे; बिहान उठ्दा परिवारै गुमाएको खबर पाए

#अवधेश #श्रीमती #गाडी
Compare →
Ekantipur
1d ago
भीमफेदी दुर्घटना: मृतक १४ जनाकै पहिचान खुल्यो

भीमफेदी दुर्घटना: मृतक १४ जनाकै पहिचान खुल्यो

बिहीबार बिहान भएको दुर्घटनामा एउटै गाउँका १३ जनासहित चालकको मृत्यु भएको छ भने ६ घाइतेमध्ये तीनजनालाई थप उपचारका लागि रिफर गरिएको छ।

#यादव #दुर्घटना
Compare →

Related Stories

Health & Wellness
Build #2611