Trending
Prev Story
Next Story

धनुषामा श्रीमान–श्रीमती मृत भेटिए

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

८ कात्तिक, जनकपुरधाम । धनुषामा श्रीमान–श्रीमती नै मृत भेटिएका छन् । धनुषाको मिथिला बिहारी नगरपालिका वडा नम्बर ३ मथिलेश्वरस्थित माइतमा बस्दै आएकी ३० वर्षीया रिनादेवी यादवको घाँटीमा धारिलो हतियार प्रहारको घाउ भएकाले उनको हत्या भएको प्रहरीले …

धनुषामा श्रीमान–श्रीमती मृत भेटिए

८ कात्तिक, जनकपुरधाम । धनुषामा श्रीमान–श्रीमती नै मृत भेटिएका छन् ।

धनुषाको मिथिला बिहारी नगरपालिका वडा नम्बर ३ मथिलेश्वरस्थित माइतमा बस्दै आएकी ३० वर्षीया रिनादेवी यादवको घाँटीमा धारिलो हतियार प्रहारको घाउ भएकाले उनको हत्या भएको प्रहरीले अनुमान गरेको छ ।

रिनाका श्रीमान ३५ वर्षीय उमेश यादव पनि घरभन्दा करिब एक किलोमिटर पर रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

उमेशको घर मिथिला बिहारी नगरपालिका वडा नं ४ भरतपुर हो । उनी केही दिनअघि मात्र वैदेशिक रोजगारबाट घर फर्किएका थिए । उनी हिजो मात्र ससुराली पुगेका थिए ।

मृतक दम्पतीका एक चार वर्षीय छोरासमेत छन् । छोराको एउटा तिघ्रामा पनि हतियार प्रहारको घाउ देखिएको छ ।

धनुषाका प्रहरी प्रवक्ता डीएसपी ओम प्रकाश खनालले घटनाको प्रकृति हेर्दा शंकास्पद देखिएको बताए । ‘घटनास्थल पुगेर प्रहरीले अनुसन्धान गरिरहेको छ,’ उनले भने ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Nagarik News
11h ago
श्रीमतीलाई एक्लै छोड्न नसकेपछि विमानको शौचालयभित्र यस्तो ‘हर्कत’ गर्ने यात्रु धरौटीमा छुटे

श्रीमतीलाई एक्लै छोड्न नसकेपछि विमानको शौचालयभित्र यस्तो ‘हर्कत’ गर्ने यात्रु धरौटीमा छुटे

श्रीमती क्यान्सरबाट पीडित भएपछि उनलाई एक्लै छोडेर विदेश जान नसक्ने निष्कर्षमा पुगेका एक व्यक्तिले उडान रोक्न विमानमै अपहरणको झूटो धम्की दिएको खुलेको छ।

#श्रीमती
Compare →

Related Stories

World News
Build #2611