Trending
Prev Story
Next Story

तनहुँमा तरकारी र धान खेतीको क्षेत्रफल विस्तार

Nagarik News •
October 25, 2026 • 12:22 AM
1
1 reads 0 reactions

तनहुँमा व्यावसायिक तरकारी तथा धान खेतीको क्षेत्रफल विस्तार हुँदै गएको छ।

तनहुँमा तरकारी र धान खेतीको क्षेत्रफल विस्तार

तनहुँमा व्यावसायिक तरकारी तथा धान खेतीको क्षेत्रफल विस्तार हुँदै गएको छ। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत सञ्चालनमा रहेका तरकारी र धान जोनमार्फत खेतीको क्षेत्रफल बढ्नुका साथै हजारौँ किसान लाभान्वित भएका छन्।

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन इकाई गोरखाका वरिष्ठ कृषि विकास अधिकृत पूर्ण ढुङ्गानाका अनुसार तनहुँमा तरकारी जोन सुरु भएयता दुई सय १८ हेक्टर र धान जोन सुरु भएयता ८५ हेक्टर क्षेत्रफल वृद्धि भएको छ।

तनहुँमा आर्थिक वर्ष २०७५/७६ देखि तरकारी जोन कार्यक्रम सुरु गरिएको थियो। सुरुवातमा पाँच सय पाँच हेक्टर क्षेत्रफलमा सञ्चालन भएको तरकारी जोन अहिले विस्तार भएर सात सय २३ हेक्टर पुगेको छ। यस अवधिमा तरकारी खेतीको क्षेत्रफल दुई सय १८ हेक्टरले बढेको हो।

त्यस्तै, आर्थिक वर्ष २०७९/८० देखि धान जोन कार्यक्रम सुरु गरिएको थियो। सुरुवातमा पाँच सय हेक्टर क्षेत्रफलमा रहेको धान जोन अहिले विस्तार भएर पाँच सय ८५ हेक्टर पुगेको छ। धान खेतीको क्षेत्रफल पनि ८५ हेक्टरले वृद्धि भएको छ।

तरकारी तथा धान खेतीलाई व्यावसायिक र उत्पादनमुखी बनाउने उद्देश्यले सञ्चालन गरिएका यी कार्यक्रमले खेतीको क्षेत्रफल विस्तार गर्न सहयोग पुर्‍याएको ढुङ्गानाले बताए।

तनहुँको आँबुखैरेनी गाउँपालिका, व्यास नगरपालिका, बन्दीपुर गाउँपालिका र भानु नगरपालिकामा तरकारी जोन कार्यक्रम सञ्चालन भइरहेको छ। यी क्षेत्रमा तरकारी उत्पादनलाई व्यवस्थित गर्दै व्यावसायिक खेतीको क्षेत्र विस्तार गर्ने उद्धेश्यले कार्यक्रम कार्यान्वयन गरिएको हो।

तरकारी जोनअन्तर्गत दुई सहकारी, दुई कृषक समूह र ११ कृषि उद्यमीमार्फत कार्यक्रम सञ्चालन भइरहेको वरिष्ठ कृषि विकास अधिकृत ढुङ्गानाले बताए। यस जोनबाट हालसम्म एक हजार ९८९ जना लाभान्वित भएका छन्।

किसान, सहकारी, समूह तथा कृषि उद्यमीलाई समेटेर कार्यक्रम सञ्चालन गर्दा उत्पादनलाई व्यावसायिक स्वरूप दिन र कृषि क्षेत्रमा आबद्ध जनशक्तिलाई सङ्गठित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

धान जोन कार्यक्रम तनहुँको व्यास नगरपालिका–८, ९ र ११, भानु नगरपालिका तथा बन्दीपुर गाउँपालिका–१ मा सञ्चालन भइरहेको छ। धान उत्पादनको क्षेत्र विस्तार तथा खेतीलाई व्यावसायिक बनाउने उद्धेश्यले कार्यक्रम कार्यान्वयन गरिएको हो।

धान जोनअन्तर्गत दुई सहकारी, दुई कृषक समूह र १० कृषि उद्यमीमार्फत कार्यक्रम सञ्चालन भइरहेको छ। यस कार्यक्रमबाट एक हजार ८३८ जना लाभान्वित भएका छन्।

आर्थिक वर्ष २०७९/८० मा पाँच सय हेक्टर क्षेत्रफलबाट सुरु भएको धान जोन अहिले पाँच सय ८५ हेक्टरमा विस्तार भएको छ। तरकारी र धान जोन कार्यक्रमबाट तनहुँमा कुल तीन हजार आठ सय २७ जना लाभान्वित भएका छन्। तीमध्ये तरकारी जोनबाट एक हजार एक सय ८९ र धान जोनबाट एक हजार आठ सय ३८ जना लाभान्वित भएका छन्।

दुवै कार्यक्रममार्फत खेतीको क्षेत्रफल विस्तार हुनुका साथै सहकारी, कृषक समूह र कृषि उद्यमीको सहभागितामा कृषि गतिविधि सञ्चालन भइरहेको छ।

प्रकाशित: ८ कार्तिक २०८३ ०६:०७ आइतबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
1d ago
बेसार खेतीमा रमाउँदै नगरप्रमुख भाम र स्वास्थ्यकर्मी शाही

बेसार खेतीमा रमाउँदै नगरप्रमुख भाम र स्वास्थ्यकर्मी शाही

मुगु – भान्सामा दैनिक प्रयोग हुने बेसार मुगुमै प्रशस्त उत्पादन गर्न सकिने सम्भावना छ। यहाँको हावापानी र जमिन बेसार खेतीका लागि उपयोगी हुँदाहुँदै पनि अधिकांश उपभोक्ता बजारमा पाइने बाहिरबाट आयातित खु...

#खेती
Compare →
Ekantipur
2d ago
वीरगन्ज नाकाबाट धान-चामल आयात घट्यो, गहुँ आयात बढ्यो

वीरगन्ज नाकाबाट धान-चामल आयात घट्यो, गहुँ आयात बढ्यो

भन्सार तथ्यांकअनुसार चामल, मकै र धानको आयात तथा मूल्य दुवै घटेका छन्, जबकि गहुँमा ५० करोड १५ लाख रुपैयाँको आयात भएको छ।

#धान
Compare →

Related Stories

Technology
Build #2611