Trending
Prev Story
Next Story

बुधबारसम्म कुन प्रदेशमा कस्तो हुनेछ मौसम ? यस्तो छ पूर्वानुमान

Nagarik News •
October 25, 2026 • 12:34 AM
1
1 reads 0 reactions

मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका केही स्थानमा बिहानपख हुस्सु तथा कुहिरो लाग्न सक्ने पूर्वानुमान छ।

बुधबारसम्म कुन प्रदेशमा कस्तो हुनेछ मौसम ? यस्तो छ पूर्वानुमान

देशका विभिन्न क्षेत्रमा बुधबारसम्म आंशिक बदली हुने र केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका केही स्थानमा बिहानपख हुस्सु तथा कुहिरो लाग्न सक्ने पूर्वानुमान छ। महाशाखाका अनुसार आइतबार दिउँसो देशका हिमाली र पहाडी भूभागमा आंशिक बदली हुनेछ भने तराईमा मौसम मुख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ।

आइतबार राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागमा आंशिक बदली हुनेछ। देशका बाँकी हिमाली तथा पहाडी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। तराईका भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना छ।

सोमबार दिउँसो पनि देशका हिमाली र पहाडी भूभागमा आंशिक बदली रहनेछ भने तराईमा मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।

सोमबार राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागमा आंशिक बदली रहनेछ। बाँकी हिमाली तथा पहाडी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। तराईका भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु तथा कुहिरो लाग्न सक्नेछ।

मंगलबार र बुधबार देशभर आंशिक बदली रहने पूर्वानुमान छ। यी दुई दिन कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रकाशित: ८ कार्तिक २०८३ ०६:१९ आइतबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Arthasansar
4d ago
कात्तिक २७ गतेसम्मको मौसम पूर्वानुमान सार्वजनिक, तिहारकाे टिकाकाे दिन कस्ताे रहला माैसम ?

कात्तिक २७ गतेसम्मको मौसम पूर्वानुमान सार्वजनिक, तिहारकाे टिकाकाे दिन कस्ताे रहला माैसम ?

नेपाल मौसम विज्ञान विभागले आगामी कात्तिक २७ गतेसम्मको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ। सोमबार साँझ विभागले सार्वजनिक गरेको विशेष बुलेटिनमा...

#मौसम #स्थान #पूर्वानुमान
Compare →
Hamro Patro News
4d ago
यस्तो छ कात्तिक २७ गतेसम्मको मौसम पूर्वानुमान

यस्तो छ कात्तिक २७ गतेसम्मको मौसम पूर्वानुमान

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी कात्तिक २७ गतेसम्मको मौसम पूर्वानुमान विशेष बुलेटिन सार्वजनिक गरेको छ। विभागले सार्वजनिक गरेको विवरण अनुसार पश्चिमी वायुको आंशिक प्रभावका कारण आगामी पाँ...

#मौसम #भूभाग #पूर्वानुमान
Compare →
Bizshala
8h ago
आइतबारदेखि फेरि मौसम बिग्रिने संकेत: पाँच प्रदेशमा वर्षा र हिमपातको सम्भावना, धानबाली जोगाउन किसानलाई सुझाव

आइतबारदेखि फेरि मौसम बिग्रिने संकेत: पाँच प्रदेशमा वर्षा र हिमपातको सम्भावना, धानबाली जोगाउन किसानलाई सुझाव

काठमाण्डौ । तिहारको भाइटीकाका दिन वर्षा भएपछि चिसो बढेको देशका विभिन्न भागमा आइतबारदेखि फेरि मौसम बदली हुने सम्भावना...

#मौसम #प्रदेशमा
Compare →
Onlinekhabar
3d ago
कस्तो हुनेछ आजको मौसम ?

कस्तो हुनेछ आजको मौसम ?

२४ कात्तिक, काठमाडौं । आज दिउँदो देशको हिमाली र पहाडी भू–भागमा आंशिक बदली हुने देखिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार, देशको हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्ने तथा तराई भू–भागमा मौसम मूख्यतया …

#मौसम #कस्तो
Compare →
Ekantipur
19h ago
२७ कार्तिक २०८३ : आजको मौसम अपडेट

२७ कार्तिक २०८३ : आजको मौसम अपडेट

नेपालभर आज तापक्रम ९ देखि २८ डिग्री सेल्सियससम्म र धुवाँसहितको धमिलो वातावरण मौसम रहेको छ।

#मौसम
Compare →

Related Stories

Science & Climate
Build #2611