Trending
Prev Story
Next Story

कात्तिक २७ गतेसम्मको मौसम पूर्वानुमान सार्वजनिक, तिहारकाे टिकाकाे दिन कस्ताे रहला माैसम ?

Arthasansar •
November 09, 2026 • 02:33 PM
1
1 reads 0 reactions

नेपाल मौसम विज्ञान विभागले आगामी कात्तिक २७ गतेसम्मको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ। सोमबार साँझ विभागले सार्वजनिक गरेको विशेष बुलेटिनमा...

कात्तिक २७ गतेसम्मको मौसम पूर्वानुमान सार्वजनिक, तिहारकाे टिकाकाे दिन कस्ताे रहला माैसम ?

नेपाल मौसम विज्ञान विभागले आगामी कात्तिक २७ गतेसम्मको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ। सोमबार साँझ विभागले सार्वजनिक गरेको विशेष बुलेटिनमा पश्चिमी वायुको आंशिक प्रभावका कारण आगामी पाँच दिन देशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बादल लाग्ने र केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको उल्लेख छ ।

कात्तिक २५ गते बुधबार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका थोरै स्थानमा तथा पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने विभागले जनाएको छ । यसैगरी लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा पनि हल्का वर्षा तथा हिमपातको सम्भावना छ ।

कात्तिक २६ गते बिहीबार देशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ भने तराईमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ । उक्त दिन कोशी र बागमती प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्नेछ ।

त्यस्तै, कात्तिक २७ गते शुक्रबार पनि हिमाली तथा पहाडी भू-भागमा आंशिक बादल लाग्ने र तराईमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।

मङ्गलबार भने देशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बादल लाग्ने र हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने विभागले जनाएको छ । यसैगरी सोमबार राति पनि हिमाली भू-भागमा आंशिक बादल लाग्ने र बागमती, गण्डकी, लुम्बिनी तथा कर्णाली प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
16h ago
आजको मौसम : हिमाली र पहाडी भागमा आंशिक बदली हुने

आजको मौसम : हिमाली र पहाडी भागमा आंशिक बदली हुने

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो हिमाली र पहाडी भागमा आंशिक बदली हुनेछ भने तराईमा मौसम सफा रहनेछ।

#मौसम #भाग
Compare →
Hamro Patro News
1d ago
के आज पनि पानी पर्छ?

के आज पनि पानी पर्छ?

काठमाडौँ– नेपालमा हाल माथिल्लो वायुमण्डलमा सक्रिय न्युनचापीय प्रणालीका कारण मौसममा प्रभाव देखिएको छ। देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादलीको अवस्था रहेको छ भने अन्य भू-भागको मौसम मुख्यतया सफा ...

#मौसम #भाग
Compare →
Bizshala
15h ago
आज हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

आज हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

#मौसम #भाग
Compare →
Onlinekhabar
16h ago
हिमाली भेगका एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

हिमाली भेगका एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

२७ कात्तिक, काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । देशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लागेको छ भने तराई भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । नेपाल मौसम विज्ञान विभाग मौसम पूर्वानुमान …

#मौसम #भाग
Compare →
Ekantipur
1d ago
मधेश प्रदेश सभाको बैठक २८ कात्तिकका लागि आह्‌वान

मधेश प्रदेश सभाको बैठक २८ कात्तिकका लागि आह्‌वान

मधेश प्रदेश सरकारमा सहभागी एमाले र नेकपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत लिन लागेका हुन् ।

#कात्तिक
Compare →

Related Stories

Science & Climate
Build #2611