गत महिना जापानमा सम्पन्न २० औं एसियाली खेलकुदमा सहभागिता जनाएका अभिषेकको हाल ११.७५ को यूटीआर (युनिभर्सल टेनिस रेटिङ) छ ।
काठमाडौँ — नेपाली टेनिस खेलाडी अभिषेक बास्तोलाले भारतको बेंगलुरुमा आइतबार सुरु हुने यूटीआर प्रो टेनिस टुर (पीटीटी) मा भाग लिने भएका छन् ।
यो वर्ष अभिषेकको यो पीटीटीमा पाँचौं सहभागिता हो । गत महिना जापानमा सम्पन्न २० औं एसियाली खेलकुदमा सहभागिता जनाएका अभिषेकको हाल ११.७५ को यूटीआर (युनिभर्सल टेनिस रेटिङ) छ । अभिषेकले चौथो पटक एसियाड खेलेका हुन् ।
यस टुरका लागि छनोट हुने उनी पहिलो तथा एकमात्र नेपाली खेलाडी हुन् । उनले आइतबार भारतका वंश बिस्टाविरुद्ध खेल्दै आफ्नो यात्रा सुरु गर्नेछन् । यो प्रतियोगिता विजेताले ३ हजार ६ सय डलर पुरस्कार पाउनेछन् । दोस्रोले २ हजार ७५ डलर पुरस्कार पाउँदा सेमिफाइनलिस्टले २३ सय २५ डलर पाउने छन् । २० औं स्थानसम्मका खेलाडीले पुरस्कार पाउनेछन् ।
व्यावसायिक टेनिसका लागि अभिषेकले आफ्नै प्रयासमा प्रतियोगिताहरूमा सहभागिता जनाइरहेका छन् ।