Trending
Prev Story
Next Story

दसैंलगत्तै पाल्पाका किसानलाई धान भित्र्याउने चटरो

Ekantipur •
October 24, 2026 • 12:00 PM
1
1 reads 0 reactions

खेतमा धान पहेँलपुर भएपछि किसानलाई बाली भित्र्याउने चटारो छ । पानी पर्ने सम्भावना र खेताला अभावले उनीहरूको हतारो थप बढाएको छ ।

दसैंलगत्तै पाल्पाका किसानलाई धान भित्र्याउने चटरो

खेतमा धान पहेँलपुर भएपछि किसानलाई बाली भित्र्याउने चटारो छ । पानी पर्ने सम्भावना र खेताला अभावले उनीहरूको हतारो थप बढाएको छ ।

पाल्पा — दसैं सकिएलगत्तै पाल्पाका किसानलाई खेतमा पाकेको धान काट्ने र भित्र्याउने चटारो भएको छ । जिल्लाका फाँट, टार र खोलाछेउका खेतमा धान पहेँलपुर भएका छन् । किसान बिहानैदेखि धान काट्ने, सुकाउने, झाँट्ने र भित्र्याउने काममा व्यस्त छन् । कतिपय किसानले दसैं मनाउनसमेत फुर्सद पाएनन् । वर्षभरि खाने अन्न समयमै भित्र्याउनुपर्ने भएकाले उनीहरूलाई चाडपर्वभन्दा खेतको धानकै बढी चिन्ता देखियो ।

माथागढी गाउँपालिका–२, रुप्सेका रामचन्द नेपाललाई दसैंको अघिल्लो दिन पनि धान काट्ने र स्याहार्ने हतार थियो । दसैं सकिएको भोलिपल्ट पनि उनी खेतमै व्यस्त भएको सुनाए । खेतमा धान पाकेर पहेँलपुर भएपछि उनलाई चाडपर्व मनाउनेभन्दा धान भित्र्याउने हतार भएको बताए ।

‘दसैं ढिला भएकाले खेतमा पहेँलपुर धान पाकेकाले त्यसकै चिन्ता भयो,’ उनले भने, ‘फेरि पानी पर्ने सम्भावना भएको सामाजिक सञ्जालको खबरले थप त्रसित बनायो । वर्षभरि खाने अन्न समयमा भित्र्याउन पाए बल्ल मन ढुक्क हुन्छ भन्ने भएको छ ।’ असोजको पहिलो साता परेको पानीले धानमा केही क्षति गरेकाले यस वर्ष विगतका वर्षभन्दा धान कम फलेको उनले बताए । धान काट्न खेताला खोज्ने र गाउँमा अर्मपर्म मिलाउने चिन्ता किसानलाई छ ।

माडी फाँटका कतिपय स्थानमा धान काट्न आधुनिक मेसिन प्रयोग गर्न थालेका छन् । युवाको विदेश पलायन, गाउँमा काम गर्ने कामदार नपाइँदा मेसिन प्रयोगको पनि भ्याइनभ्याइ छ । झाँट्न भने थ्रेसर लगाउने गरेका छन् । माडीफाँटमा खेतमा काम गर्दै गरेकी किसान कृष्ण थापाले पनि दसैंमा गाउँ फर्किएका आफन्त र साथीभाइसँग बसेर रमाइलो गर्ने फुर्सद नभएको बताइन् । खेतमा धान पाकेपछि उनलाई स्याहार्न हतारो छ । ‘पूरै खेतमा धान पाकेर पहेँलपुर भएको छ, यसपटक त चाडपर्व भनेर फुर्सदमा बस्न पाइएन,’ उनले भनिन्, ‘कात्तिक १० गतेपछि फेरि पानी पर्छ भनेर हतारो भयो । अहिले मौसम राम्रो छँदै धान भित्र्याउन पाए ढुक्क हुन्थ्यो भन्ने भएको छ ।’

रहवास घर भएर रुप्से, खहरे बसोबास गर्ने आधुनिक मेसिनबाट धान काट्दै गरेका तामबहादुर बारघरे मगरलाई बिहानदेखि बेलुकीसम्म धान काट्न हिँड्न फुर्सद नै छैन । ‘बिहानैदेखि छिटो आउनु पर्‍यो भन्छन्,’ उनले भने, ‘त्यसैले अहिले त फुर्सद नै भएको छैन ।’ उनले नजिकका खेतमा प्रतिमिनेट ४० र टाढा छ भने ४५ रुपैयाँ लिने गरेको बताए । छिटै पानी पर्ने हो कि भन्ने चिन्ता किसानमा रहेको छ । खेतमा धान पहेँलपुर भएकाले मनमा आतुर हुने माथागढी–३, कसेनीका मानबहादुर रानाले बताए । मौसम कतिबेला बदलिने हो भन्ने चिन्ताले किसानलाई सताएको उनले बताए ।

माडी फाँटका अधिकांश खेतमा धान पाकेकाले किसानलाई एकैपटक खेताला जुटाउनसमेत समस्या हुने गरेको छ । कतिपय किसान परिवारका सदस्य मिलेर धान काटिरहेका छन् भने कतिपयले अर्मपर्म गरेर काम गरिरहेको उनले बताए । जिल्लाका माडी, अर्गली, कचल, रामपुर, बाँसटारी, झडेवा, कालीगण्डकी बेंसी र अरुणखोलालगायत क्षेत्रमा यतिबेला धान काट्ने चटारो छ ।

कतै धान काटिँदै छ भने कतै काटेको धान सुकाउने र थ्रेसर लगाएर झाँट्ने काम भइरहेको छ । यस वर्ष समयमा धान रोपाइँ सकिएको थियो । जिल्लाको ७ हजार २८७ हेक्टर क्षेत्रफल धानका लागि उपयुक्त रहेको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय अन्तर्गत कृषि विकास निर्देशनालयले जनाएको छ । जिल्लामा वर्षैभरि ३ हजार ९ सय ३४ हेक्टर क्षेत्रफलमा सिँचाइ हुन्छ । मौसमी सिँचाइ ४ हजार ८ सय ७१ हेक्टरमा गर्न सकिन्छ । कुल जमिनमध्ये ३६ हजार हेक्टरमा सबै खेतीबाली गरिन्छ ।

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Nagarik News
10h ago
झापाका गाउँमा हात्तीको बिगबिगी: किसानलाई बाली जोगाउनै समस्या

झापाका गाउँमा हात्तीको बिगबिगी: किसानलाई बाली जोगाउनै समस्या

मेचीनगर–४ की स्थानीय तुलसीमाया श्रेष्ठका अनुसार यस क्षेत्रमा दैनिकजसो जङ्गली हात्ती आउने गरेका छन्। प्रायः रातको समयमा आउने हात्तीका कारण किसानलाई बालीनालीको सुरक्षा गर्न समस्या हुने गरेको उनले बताइन्।

#किसान
Compare →
Hamro Patro News
10h ago
गाउँ छिर्‍याे हात्तीको बथान : किसान चिन्तित

गाउँ छिर्‍याे हात्तीको बथान : किसान चिन्तित

झापा। भारतबाट तीन दिनअघि नेपाल प्रवेश गरेको हात्तीको बथान बाहुनडाँगी हुँदै बुद्धशान्ति क्षेत्रसम्म आइपुगेपछि स्थानीयमा बालीनालीसँगै मानवीय सुरक्षाको चिन्ता बढेको छ । धान काटेर थन्क्याउने तयारीमा र...

#किसान
Compare →

Related Stories

Business & Economy
Build #2611