Trending
Prev Story
Next Story

मोरङ, सर्लाही, बर्दिया र डोटीमा ४ व्यक्ति मृत भेटिए

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

७ कात्तिक, काठमाडौं । मोरङ, सर्लाही, बर्दिया र डोटीमा ४ व्यक्ति मृत भेटिएका छन् । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार, मोरङको पथरी शनिश्चरे नगरपालिका–८ स्थित डाँस खोलामा सोही ठाउँ बस्ने ७७ वर्षीय कृष्णा माझी शुक्रबार …

मोरङ, सर्लाही, बर्दिया र डोटीमा ४ व्यक्ति मृत भेटिए

७ कात्तिक, काठमाडौं । मोरङ, सर्लाही, बर्दिया र डोटीमा ४ व्यक्ति मृत भेटिएका छन् ।

नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार, मोरङको पथरी शनिश्चरे नगरपालिका–८ स्थित डाँस खोलामा सोही ठाउँ बस्ने ७७ वर्षीय कृष्णा माझी शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

त्यस्तै, सर्लाहीको बलरा नगरपालिका–८ गडहिया बजारमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ६० वर्षीय पुरूष शनिबार मृत अवस्थामा फेला परेका छन् ।

उता, बर्दियाको राजापुर नगरपालिका–८ पुरैनास्थित खेतको कुलोमा सोही नगरपालिका–८ फत्तेपुर बस्ने ७१ वर्षीय भक्तराम जैसी काफ्ले शनिबार मृत अवस्थामा फेला परेका छन् ।

डोटीको शिखर नगरपालिका–८ गोल्मागाडस्थित सेती नदी किनारमा नाम, थर र वतन नखुलेका अन्दाजी ३० वर्षीय पुरूष शनिबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

सबै घटनाबारे छुट्टाछुट्टै रूपमा प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
7h ago
बर्दियाको जंगलमा बघिनीको अनौठो व्यवहार, अर्की बघिनीका छावालाई पनि हुर्काउँदै!

बर्दियाको जंगलमा बघिनीको अनौठो व्यवहार, अर्की बघिनीका छावालाई पनि हुर्काउँदै!

सामान्यतया बाघलाई एक्लै बस्ने स्वभावको जनावर मानिन्छ। तर नेपालको बर्दिया राष्ट्रिय निकुञ्ज आसपासको जंगलमा एउटा बघिनीले आफ्ना छावासँगै अर्की बघिनीका छावाको समेत हेरचाह गरेको दुर्लभ दृश्य क्यामेरामा ...

#बर्दिया
Compare →
Ekantipur
10h ago
भीमफेदी दुर्घटना : सर्लाही सुन्दरपुरका १३ जनाको शव आफन्तले बुझे

भीमफेदी दुर्घटना : सर्लाही सुन्दरपुरका १३ जनाको शव आफन्तले बुझे

हेटौँडा अस्पतालमा आवश्यक प्रक्रिया पूरा गरी शव वाहनमार्फत सर्लाही पठाइएको छ । शवहरू तीनवटा शव वाहनमा राखेर सर्लाही पठाइएको अस्पतालले जनाएको छ ।

#सर्लाही
Compare →
Nagarik News
20h ago
सर्लाहीको चक्रघट्टामा आज शोक बिदा, पालिकाले मृतक परिवारलाई जनही ५० हजार दिने

सर्लाहीको चक्रघट्टामा आज शोक बिदा, पालिकाले मृतक परिवारलाई जनही ५० हजार दिने

मकवानपुरको भीमफेदीमा भएको माइक्रोबस दुर्घटनामा गाउँपालिकाका नागरिकको मृत्यु भएपछि सर्लाहीको चक्रघट्टा गाउँपालिकाले आज शोक बिदा दिएको छ।

#सर्लाही
Compare →

Related Stories

World News
Build #2612