Trending
Prev Story
Next Story

बालश्रमलाई न्यूनीकरण गर्न सरकारले बालश्रम विधेयक ल्याएको हो : श्रममन्त्री यादव

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
11
11 reads 0 reactions

९ मंसिर, काठमाडौं । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले बालश्रमलाई न्यूनीकरण गर्ने उद्देश्यका साथ सरकारले बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक ल्याएको बताएका छन् । सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम …

बालश्रमलाई न्यूनीकरण गर्न सरकारले बालश्रम विधेयक ल्याएको हो : श्रममन्त्री यादव

९ मंसिर, काठमाडौं । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले बालश्रमलाई न्यूनीकरण गर्ने उद्देश्यका साथ सरकारले बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक ल्याएको बताएका छन् ।

सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उक्त विधेयकमाथिको छलफलका क्रममा मन्त्री यादवले बालश्रमलाई पूर्ण रूपमा निषेध मात्र गर्दा व्यवहारिक नहुने भएकाले बालश्रमलाई न्यूनीकरण गर्ने उद्देश्यका साथ कानून बनाउन खोजिएको बताएका हुन् ।

उनले बालबालिकालाई विद्यालयबाट निकालेर काममा लगाउने उद्देश्य नरहेको र विद्यालयमै टिकाउनुपर्नेमा जोड दिए । तर गरिबी, पारिवारिक अवस्था वा अभिभावकविहीनताका कारण बालबालिकाको हेरचाह र संरक्षणमा देशले खेल्न सक्ने भूमिकाको यथार्थ पनि विचार गर्नुपर्ने उनको भनाइ छ ।

उनले देशको अवस्थाअनुसार वैज्ञानिक आधारमा १३ वर्षसम्म बालश्रम रोक्नुपर्ने र १३ देखि १५ वर्षसम्मका बालबालिकालाई घरमा आमाबुवालाई सघाउनेजस्ता सामान्य काममा मात्रै संलग्न गराउने प्रस्ताव गरिएको जानकारी दिए ।

त्यस्तै १५ देखि १८ वर्षका बालबालिकाका लागि वर्ग छुट्याएर अनुसूचीमा व्यवस्था गरिएको उनले बताए । प्रस्तुत विधेयकमा निषेध, नियमन, उद्धार, पुन:स्थापना र पुन:एकीकरणलाई एउटै फ्रेममा समेटेर प्रस्ताव गरिएको मन्त्री यादवले बताए ।

मन्त्री यादवले विगतमा सहयोग वा पढाइका लागि बालबालिका राख्ने चलन भए पनि अहिले कानुनी कारबाही वा पक्राउ पर्ने डरले असल नियतले हेरचाह गर्न पनि हिचकिचाउने अवस्था देखिएको भन्दै त्यस्ता विषयलाई स्पष्ट र व्यवस्थित गर्न नियमन आवश्यक रहेको धारणा राखे ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Bizshala
9h ago
बालश्रम पूर्ण निषेध व्यावहारिक नहुने श्रममन्त्री यादवको तर्क, उमेरअनुसार कामको सीमा तोक्ने तयारी

बालश्रम पूर्ण निषेध व्यावहारिक नहुने श्रममन्त्री यादवको तर्क, उमेरअनुसार कामको सीमा तोक्ने तयारी

काठमाण्डौ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले बालश्रमलाई पूर्ण रूपमा निषेध गर्ने कानुनी व्यवस्था मात्रै...

#बालश्रम #यादव #श्रममन्त्री
Compare →
Hamro Patro News
8h ago
बालश्रम विधेयकमाथिको छलफल : कानुन मात्रैले पुग्दैन, गरिबी र संरक्षणको पाटो सम्बोधन गर्नुपर्ने

बालश्रम विधेयकमाथिको छलफल : कानुन मात्रैले पुग्दैन, गरिबी र संरक्षणको पाटो सम्बोधन गर्नुपर्ने

काठमाडौँ । प्रतिनिधि सभाका सांसदहरूले बालबालिकाको उमेर, उनीहरूको पारिवारिक आर्थिक अवस्था र मनोवैज्ञानिक तथा सर्वाङ्गीण विकासमा बाधा पुगे नपुगेको विषयलाई सम्बोधन गरेर मात्र श्रममा प्रवेश गर्न दिनुपर...

#बालश्रम #विधेयक
Compare →
Nagarik News
2d ago
चलचित्र विधेयकले यस क्षेत्रका आवश्यकता सम्बोधन गरेको छ : मन्त्री तिमिल्सिना

चलचित्र विधेयकले यस क्षेत्रका आवश्यकता सम्बोधन गरेको छ : मन्त्री तिमिल्सिना

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रको बदलिँदो स्वरूप, प्रविधि र उद्योगका रूपमा विकोस भइरहेको अवस्थालाई सम्बोधन गर्नेगरी चलचित्र विधेयक ल्याइएको बताएका छन्।

#विधेयक
Compare →
Ekantipur
3d ago
मुख्यमन्त्री यादवको पहिलो निर्णय : प्रदेशभर एकीकृत रोजगार कार्यक्रम सञ्चालन गर्ने

मुख्यमन्त्री यादवको पहिलो निर्णय : प्रदेशभर एकीकृत रोजगार कार्यक्रम सञ्चालन गर्ने

मुख्यमन्त्री सरोजकुमार यादवले आइतबार पदभार गर्दै प्रदेशमा विद्यमान गरिबी, बेरोजगारी र न्यून साक्षरताजस्ता समस्याको समाधानका लागि सीप विकास, रोजगारी सिर्जना तथा उद्यमशीलता प्रवर्द्धनका लागि कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेका हुन् ।

#यादव
Compare →

Related Stories

Politics & Governance
Build #2635