Trending
Prev Story
Next Story

हानि तथा क्षति कोषको सहायता परिचालन गर्न सरकारले माग्यो अवधारणापत्र

Nagarik News •
November 25, 2026 • 04:12 PM
10
10 reads 0 reactions

भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रको पुनःस्थापना र पुनर्निर्माणका लागि प्राप्त हुने जलवायु वित्त परिचालन गर्न सरकारले अवधारणापत्र मागेको छ।

हानि तथा क्षति कोषको सहायता परिचालन गर्न सरकारले माग्यो अवधारणापत्र

भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रको पुनःस्थापना र पुनर्निर्माणका लागि प्राप्त हुने जलवायु वित्त परिचालन गर्न सरकारले अवधारणापत्र मागेको छ।

कृषि, वन तथा वातावरण मन्त्रालयले वुधबार एक सार्वजनिक सूचना जारी गर्दै हानि तथा नोक्सानी कोष (एफआरएलडी)को सहयोग अन्तर्गत कार्यक्रम कार्यान्वयनका लागि अवधारणापत्र पेस गर्न आव्हान गरेको हो।

एफआरएलडीबाट मान्यता प्राप्त र नेपालमा रहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूले अवधारणापत्र पेस गर्न सक्ने मन्त्रालयले जनाएको छ। जलवायु वित्त परिचालन कार्यविधि, २०८२ अनुसार यो कार्यक्रम संचालन गर्न इच्छुक संस्थाले अबको १० दिनभित्र अर्थात ५ डिसेम्बरभित्र आवदन दिनु पर्नेछ। यो सूचनासँगै ढिलै भए पनि भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनःस्थापनाका लागि कार्यक्रम प्रस्ताव तयार गर्ने प्रक्रिया अघि बढेको छ।

एफआरएलडी सञ्चालक समितिले गत अक्टोबर २२ मा नेपाललाई २१.६ मिलियन अमेरिकी डलर सहायता उपलब्ध गराउने निर्णय गरेको एक महिना भन्दा बढी समय पछि सरकारले यो अवधारण पत्र माग गरेको हो। बोर्डको सहयोग गर्ने उक्त रकममध्ये २० मिलियन डलर बाढी प्रभावित क्षेत्रको पुनःस्थापना कार्यक्रमका लागि छुट्याइएको छ भने १.६ मिलियन डलर प्रशासनिक तथा व्यवस्थापकीय खर्चका लागि विनियोजन गरिएको छ।

संचालक समितिले रकम उपलव्ध गराउने निर्णय गरे पनि उक्त रकम तत्काल नेपालले प्राप्त गर्ने नभै त्यसका लागि सरकारले विस्तृत कार्यक्रम प्रस्ताव तयार गरी कोषमा पेस गर्नुपर्ने प्रावधान छ र  प्रस्तावको मूल्यांकन र स्वीकृतिपछि मात्रै रकम परिचालन हुनेछ। त्यही कार्य गर्नका लागि सरकारले अवधारणा पत्र माग गरेको हो।

कोषको सहयोगबाट सचालन हुने कार्यक्रम अन्र्तगत भोटेकोशी–त्रिशूली नदी करिडोरका बाढी प्रभावित समुदायको पुनःस्थापना, पुनर्निर्माण तथा जीविकोपार्जन सुधारमका कार्यक्रम गरिनेछन्। भदौ १० मा आएको उक्त भीषण बाढीले घर, पूर्वाधार, स्थानीय व्यवसाय, सार्वजनिक सेवा र जीविकोपार्जनमा व्यापक क्षति पुर्या‍एको छ।

प्रकाशित: ९ मंसिर २०८३ २१:५७ बुधबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
2h ago
हानि तथा क्षति कोषको सहायता परिचालन गर्न सरकारले माग्यो अवधारणापत्र

हानि तथा क्षति कोषको सहायता परिचालन गर्न सरकारले माग्यो अवधारणापत्र

भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रको पुनःस्थापना र पुनर्निर्माणका लागि प्राप्त हुने जलवायु वित्त परिचालन गर्न सरकारले अवधारणापत्र मागेको छ। कृषि, वन तथा वातावरण मन्त्रालयले वुधबार एक सार्वजनिक सूचन...

#जलवायु #अवधारणापत्र #परिचालन
Compare →

Related Stories

Politics & Governance
Build #2635