Trending
Prev Story
Next Story

कांग्रेसको लिडरसिप एकेडेमीकोको संयोजकमा सेमन्त दाहाल नियुक्त

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
10
10 reads 0 reactions

९ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको लिडरसिप एकेडेमीको संयोजकमा अधिवक्ता सेमन्त दाहाल नियुक्त भएका छन् । पार्टी सभापति गगन थापाले लिडरसिप एकेडेमीमा दाहाललाई जिम्मेवारी दिइएको केन्द्रीय समिति बैठकमा जानकारी गराएका हुन् । लिडरसिप एकेडेमीले आगामी स्थानीय …

कांग्रेसको लिडरसिप एकेडेमीकोको संयोजकमा सेमन्त दाहाल नियुक्त

९ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको लिडरसिप एकेडेमीको संयोजकमा अधिवक्ता सेमन्त दाहाल नियुक्त भएका छन् । पार्टी सभापति गगन थापाले लिडरसिप एकेडेमीमा दाहाललाई जिम्मेवारी दिइएको केन्द्रीय समिति बैठकमा जानकारी गराएका हुन् ।

लिडरसिप एकेडेमीले आगामी स्थानीय तहमा पाटीबाट उम्मेदवार हुन इच्कुकका लागि पाठ्यक्रम बनाउने तथा प्रशिक्षण गर्ने कार्य गर्दछ । कांग्रेसबाट स्थानीय तहको उम्मेदवार हुन इच्छुकले अनिवार्य कक्षा लिडरसिप एकेडेमीले तयार गरेको पाठ्यक्रम अध्ययन गर्नुका साथै प्रशिक्षण लिनुपर्दछ । जनप्रतिनिधिका आकांक्षीले निर्वाचित भइसकेपछि गर्नुपर्ने कार्यका बारेमा पनि लिडरसिप एकेडेमीले कक्षा दिनेछ ।

लिडरसिप एकेडेमीको संयोजक तोकिएका दाहालले पाठ्यक्रमलाई अन्तिम रुपम दिइएको जानकारी गराए । लिडरसिप एकेडेमीमा सानो टिम बनाएर थप कार्यहरू अघि बढाउने दाहालले जानकारी गराए । ‘लिडरसिप एकेडेमीमा सानो टिम बनाउने सोचमा छौं । पार्टीबाट निर्देशक समिति पनि बनेको हुन्छ,’ दाहालले अनलाइनखबरलाई भने ।

दाहाल संवैधानिक एवं कर्पोरेट अधिवक्ता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
3h ago
कांग्रेसले लिडरसिप एकेडेमीको संयोजकमा अधिवक्ता सेमन्त दाहाललाई मनोनित

कांग्रेसले लिडरसिप एकेडेमीको संयोजकमा अधिवक्ता सेमन्त दाहाललाई मनोनित

नेपाली कांग्रेसले लिडरसिप एकेडेमीको संयोजकमा अधिवक्ता सेमन्त दाहाललाई मनोनित गरेको छ। सभापति गगन थापाले दाहाललाई लिडरसिप एकेडेमीको नेतृत्वमा ल्याएको बताए। लिडरसिप एकेडेमीले आगामी स्थानीय तहमा कांग...

#गगन-थापा #लिडरसिप #एकेडेमी
Compare →
Nagarik News
7h ago
निर्वाचन आयोगद्वारा गगन नेतृत्वको कांग्रेसलाई फेरि पनि मान्यता

निर्वाचन आयोगद्वारा गगन नेतृत्वको कांग्रेसलाई फेरि पनि मान्यता

निर्वाचन आयोगले गगन थापा नेतृत्वको नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति र पार्टीको विधान अद्यावधिक गरेको छ।

#गगन-थापा #कांग्रेस
Compare →
Ekantipur
9h ago
निर्वाचन आयोगबाट गगन थापा नेतृत्वको कांग्रेस अद्यावधिक

निर्वाचन आयोगबाट गगन थापा नेतृत्वको कांग्रेस अद्यावधिक

आयोगको मंगलबारको बसेको बैठकले थापा नेतृत्वको कांग्रेस अद्यावधिक गरेको हो ।

#गगन-थापा #कांग्रेस
Compare →
Bizshala
1d ago
भिजा लिडरसिप कन्क्लेभमा एनएमबि बैंकलाई दुई अन्तर्राष्ट्रिय अवार्ड

भिजा लिडरसिप कन्क्लेभमा एनएमबि बैंकलाई दुई अन्तर्राष्ट्रिय अवार्ड

काठमाण्डौ । एनएमबि बैंक लिमिटेडले प्रतिष्ठित ‘भिजा लिडरसिप कन्क्लेभ’ (Visa Leadership Conclave) मा दुईवटा महत्वपूर्ण अवार्ड प्राप्त...

#लिडरसिप
Compare →

Related Stories

Politics & Governance
Build #2635