Trending
Prev Story
Next Story

युवा रोजगार र उद्यमशीलता विकासलाई प्राथमिकता दिएका छौँः श्रममन्त्री

Nagarik News •
November 25, 2026 • 02:14 PM
21
21 reads 0 reactions

युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले युवालाई स्वदेशमै रोजगारी र उद्यमशीलताका अवसर उपलब्ध गराउन मन्त्रालयले कार्ययोजना अघि बढाएको बताएका छन्।

युवा रोजगार र उद्यमशीलता विकासलाई प्राथमिकता दिएका छौँः श्रममन्त्री

युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले युवालाई स्वदेशमै रोजगारी र उद्यमशीलताका अवसर उपलब्ध गराउन मन्त्रालयले कार्ययोजना अघि बढाएको बताएका छन्।

मन्त्रालयमा आज आयोजित चालु आर्थिक वर्ष २०८३/८४ को प्रथम त्रैमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा उनले युवालाई स्वदेशमै टिकाउने कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिए।

मन्त्री यादवले मन्त्रालयका बाँकी कार्यमाइलस्टोन पुस मसान्तभित्र सम्पन्न गर्न र बेरुजु फर्छ्यौटलाई तीव्रता दिन सम्बन्धित अधिकारीलाई निर्देशन दिए। उनले निर्धारित लक्ष्य पूरा गर्न ढिलाइ नगरी आवश्यक बजेट माग गरेर भए पनि समयमै काम सम्पन्न गर्न आग्रह गरे।

राष्ट्रिय योजना आयोगका सदस्य डा प्रकाश मल्लले पहिलो त्रैमासिकमा सम्पन्न हुन नसकेका कार्यक्रमलाई आगामी त्रैमासिकमा पूरा गर्नुपर्नेमा जोड दिए। मन्त्रालयका सचिव डा दीपक काफ्लेले सीपयुक्त जनशक्ति उत्पादनलाई मन्त्रालयले प्राथमिकता दिएको बताए। मन्त्रालयका ३० ‘माइलस्टोन’ मध्ये १० वटा सम्पन्न भएको जानकारी दिँदै उनले बाँकी कार्य समयमै पूरा गर्नुपर्ने बताए।

समीक्षामा राष्ट्रिय युवा ऐन जारी गर्न कानुन मन्त्रालयमा सहमतिका लागि मस्यौदा पठाइएको, युवा दृष्टिकोण २०४० को मस्यौदा तयार भएको, एक हजार २०० जनाको सीप परीक्षणका लागि समझदारी भएको र ६३ जनालाई विभिन्न सीपमूलक तालिम प्रदान गरिएकोलगायत प्रगति विवरण प्रस्तुत गरिएको थियो।

प्रकाशित: ९ मंसिर २०८३ १९:५९ बुधबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Ekantipur
1h ago
लैंगिक हिंसा अन्त्यलाई आर्थिक विकाससँग जोड्नुपर्नेमा जोड

लैंगिक हिंसा अन्त्यलाई आर्थिक विकाससँग जोड्नुपर्नेमा जोड

लैंगिक हिंसाले महिला, परिवार र राष्ट्रिय अर्थतन्त्रमा पार्ने असर न्यूनीकरण गर्न पीडितको संरक्षण, न्यायमा पहुँच र कानुनको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको सरोकारवालाले बताएका छन् ।

#विकास
Compare →
Hamro Patro News
2h ago
पर्यटन विकास र विस्तार तथा प्राकृतिक सम्पदासम्बन्धी कानुन सुधार गर्न ७ मन्त्रीबीच छलफल

पर्यटन विकास र विस्तार तथा प्राकृतिक सम्पदासम्बन्धी कानुन सुधार गर्न ७ मन्त्रीबीच छलफल

पर्यटन विकास र विस्तार तथा प्राकृतिक सम्पदासम्बन्धी कानुन सुधार गर्न ७ मन्त्रीबीच छलफल कानुनमन्त्री सोविता गौतमले भनिन् - 'पर्यटन पूर्वाधार निर्माण, साहसिक पर्यटनको प्रवर्द्धन, नवीन उद्यमशीलताको व...

#विकास
Compare →
Bizshala
5h ago
मुक्तिनाथ विकास बैंक र नेपाल मणिपाल शिक्षण अस्पतालबीच सम्झौता, स्वास्थ्य सेवामा २० प्रतिशतसम्म छुट

मुक्तिनाथ विकास बैंक र नेपाल मणिपाल शिक्षण अस्पतालबीच सम्झौता, स्वास्थ्य सेवामा २० प्रतिशतसम्म छुट

काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेड र पोखराको फूलबारीस्थित नेपाल मणिपाल शिक्षण अस्पतालबीच स्वास्थ्य सेवा तथा...

#विकास
Compare →
Arthasansar
11h ago
गरिमा विकास बैंकको २०औँ वार्षिकोत्सवको अवसरमा देशका ९ स्थानमा रक्तदानसहित सामाजिक उत्तरदायित्वमूलक कार्यक्रम

गरिमा विकास बैंकको २०औँ वार्षिकोत्सवको अवसरमा देशका ९ स्थानमा रक्तदानसहित सामाजिक उत्तरदायित्वमूलक कार्यक्रम

गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा बृहत् रक्तदान कार्यक्रम सहित विविध संस्थागत सामाजिक उत्तरदायित्वमूलक...

#विकास
Compare →
Onlinekhabar
5d ago
बालश्रमलाई न्यूनीकरण गर्न सरकारले बालश्रम विधेयक ल्याएको हो : श्रममन्त्री यादव

बालश्रमलाई न्यूनीकरण गर्न सरकारले बालश्रम विधेयक ल्याएको हो : श्रममन्त्री यादव

९ मंसिर, काठमाडौं । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले बालश्रमलाई न्यूनीकरण गर्ने उद्देश्यका साथ सरकारले बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक ल्याएको बताएका छन् । सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम …

#यादव #श्रममन्त्री
Compare →

Related Stories

Politics & Governance
Build #2635