Trending
Prev Story
Next Story

एनआरएनएको मध्यपूर्व सम्मेलनको तयारी तीव्र: सभामुख अर्याल प्रमुख अतिथि

Nagarik News •
November 25, 2026 • 01:55 PM
18
18 reads 0 reactions

‘सुरक्षित श्रम, सुरक्षित आप्रवासन, समृद्ध भविष्य : एनआरएनएको अभियान’ नारासहित आगामी ११ र १२ डिसेम्बर (२५ र २६ मंसिर) मा सम्मेलन आयोजना हुन लागेको हो।

एनआरएनएको मध्यपूर्व सम्मेलनको तयारी तीव्र: सभामुख अर्याल प्रमुख अतिथि

प्रतिनिधि सभाका सभामुख डीपी अर्याल गैरआवासीय नेपाली संघ (एनआरएनए) मध्यपूर्व क्षेत्रीय समितिले कतारको दोहामा आयोजना गर्ने नवौँ मध्यपूर्व क्षेत्रीय सम्मेलनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने भएका छन्।

‘सुरक्षित श्रम, सुरक्षित आप्रवासन, समृद्ध भविष्य : एनआरएनएको अभियान’ नारासहित आगामी ११ र १२ डिसेम्बर (२५ र २६ मंसिर) मा सम्मेलन आयोजना हुन लागेको हो।

मध्यपूर्व क्षेत्रीय संयोजक रमेश श्रेष्ठका अनुसार सम्मेलनमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव दीपक काफ्लेसहित विभिन्न राजनीतिक दलका सांसद तथा प्रतिनिधिहरूलाई पनि आमन्त्रण गरिएको छ।

सम्मेलनमा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता जगदीश खरेल, नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापा, नेकपाका रमेश मल्ल तथा राष्ट्रिय सभा सदस्य एवं नेकपा एमालेकी प्रमुख सचेतक रोशनी मेचे सहभागी हुने कार्यक्रम छ।

मध्यपूर्वमा कार्यरत नेपाली श्रमिकले भोगिरहेका समस्या र नीतिगत विषयलाई नेपालको संसद् तथा सरकारसम्म पुर्‍याउने उद्देश्यले विभिन्न राजनीतिक दलका प्रतिनिधिलाई सम्मेलनमा सहभागी गराउन लागिएको संयोजक श्रेष्ठले बताए।

सम्मेलनमा आठवटा विषयगत सत्र सञ्चालन हुनेछन्। ती सत्रमा मध्यपूर्वमा कार्यरत नेपाली श्रमिकको सुरक्षा, वैदेशिक रोजगारीलाई व्यवस्थित र मर्यादित बनाउने उपाय तथा श्रमिकका अधिकारका विषयमा छलफल हुनेछ।

मध्यपूर्वमा रहेका नेपाली डायस्पोरालाई नेपालको विकास र आर्थिक समृद्धिसँग जोड्ने तथा उनीहरूको लगानी नेपाल भित्र्याउने विषयलाई पनि सम्मेलनले प्राथमिकता दिनेछ।

मध्यपूर्वमा करिब २५ लाख नेपाली रहेको सन्दर्भमा नेपाल र मध्यपूर्वबीचको सम्बन्धलाई श्रम आप्रवासनमा मात्रै सीमित नराखी पर्यटन तथा आर्थिक साझेदारीमार्फत विस्तार गर्ने विषयमा पनि छुट्टै सत्र सञ्चालन गरिने श्रेष्ठले जानकारी दिए।

सम्मेलनमा मध्यपूर्वमा श्रमिकका रूपमा पुगेका नेपालीले व्यवसाय विस्तार गरी हजारौँलाई रोजगारी दिने हैसियत बनाएका सफलताका कथासमेत समेटिनेछन्। महिला तथा युवा पुस्ताका मुद्दालाई पनि छुट्टाछुट्टै सत्रमार्फत उठाइने आयोजकले जनाएको छ।

‘हामीले मध्यपूर्वमा श्रमिकका समस्या र चुनौतीबारे मात्रै चर्चा गर्दै आएका छौँ। तर, श्रमिकका रूपमा आएका नेपालीले यहीँ व्यवसाय गरेर सफलता हासिल गरेका उदाहरण पनि छन्। ती सकारात्मक र सफलताका कथा बाहिर ल्याउनुपर्छ भन्ने हाम्रो उद्देश्य हो,’ श्रेष्ठले भने।

सम्मेलनका लागि एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का पूर्वअध्यक्ष राजेन्द्रकुमार शर्माले सहइभेन्ट पार्टनरका रूपमा आर्थिक सहयोग गरेका छन्।

सम्मेलनको उद्देश्य मध्यपूर्वमा रहेका नेपाली श्रमिकका समस्या समाधानका लागि नेपाल सरकारको ध्यानाकर्षण गराउनुका साथै सुरक्षित श्रम आप्रवासन, लगानी, पर्यटन, महिला सशक्तीकरण र युवा सहभागिताका विषयमा साझा धारणा निर्माण गर्नु रहेको संयोजक श्रेष्ठले बताए।

प्रकाशित: ९ मंसिर २०८३ १९:४० बुधबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
3d ago
एनआरएनए विश्व दोस्रो पुस्ता सम्मेलन हुँदै

एनआरएनए विश्व दोस्रो पुस्ता सम्मेलन हुँदै

गैरआवासीय नेपाली संघ(एनआरएनए) ले दोस्रो पुस्ता सम्मेलन गर्ने भएको छ। विदेशमा जन्मेहुर्केका दोस्रो पुस्ताका गैरआवासीय नेपालीहरूलाई नेपालसँग जोड्ने उदेश्यले दोस्रो पुस्ता सम्मेलन आयोजना गर्न लागिएको...

#सम्मेलन #एनआरएनए
Compare →
Ekantipur
2d ago
न्युयोर्क सम्मेलनमा नेपालमा लगानी भित्र्याउने बाटोको खोजी

न्युयोर्क सम्मेलनमा नेपालमा लगानी भित्र्याउने बाटोको खोजी

ग्रेटर न्युयोर्क नेपाली च्याम्बर अफ कमर्सको आयोजनामा भएको व्यापार सम्मेलनमा भाग लिन नेपालसहित अमेरिका तथा क्यानडामा रहेका व्यवसायी न्युयोर्क पुगेका थिए ।

#सम्मेलन
Compare →

Related Stories

Politics & Governance
Build #2635