Trending
Prev Story
Next Story

पर्यटन विकास र विस्तार तथा प्राकृतिक सम्पदासम्बन्धी कानुन सुधार गर्न ७ मन्त्रीबीच छलफल

Ekantipur •
November 25, 2026 • 04:33 PM
5
5 reads 0 reactions

कानुनमन्त्री सोविता गौतमले भनिन् - 'पर्यटन पूर्वाधार निर्माण, साहसिक पर्यटनको प्रवर्द्धन, नवीन उद्यमशीलताको विकास तथा प्राकृतिक सम्पदाको दिगो उपयोगका लागि आवश्यक कानुनी एवं नीतिगत सुधारका विषयमा महत्त्वपूर्ण छलफल गर्‍यौँ ।'

पर्यटन विकास र विस्तार तथा प्राकृतिक सम्पदासम्बन्धी कानुन सुधार गर्न ७ मन्त्रीबीच छलफल

कानुनमन्त्री सोविता गौतमले भनिन् - 'पर्यटन पूर्वाधार निर्माण, साहसिक पर्यटनको प्रवर्द्धन, नवीन उद्यमशीलताको विकास तथा प्राकृतिक सम्पदाको दिगो उपयोगका लागि आवश्यक कानुनी एवं नीतिगत सुधारका विषयमा महत्त्वपूर्ण छलफल गर्‍यौँ ।'

काठमाडौँ — सरकारले पर्यटन पूर्वाधारको विकास र साहसिक पर्यटनको विस्तारका लागि विद्यमान कानुनमा सुधारको पहल गरेको छ । हाल प्रयोगमा रहेका पर्यटन र प्राकृतिक स्रोतसँग सम्बन्धित कानुनमा संशोधन गर्नका लागि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमको अगुवाइमा ७ मन्त्रीबीच छलफल भएको हो ।

कानुन मन्त्रालयमा भएको छलफलमा प्रकृतिको संरक्षण गर्दै पर्यटन प्रवर्धन गर्ने र त्यसैमार्फत आर्थिक समृद्धि हासिल गर्नेबारे छलफल भएको हो । मन्त्री गौतमका अनुसार मन्त्री र पर्यटन क्षेत्र हेर्ने राज्यका निकायका पदाधिकारीसँग बैठकमा ती क्षेत्रमा भएका कानुनमा सुधारको विषयमा छलफल भएको हो । 'प्राकृतिक सम्पदा, जैविक विविधता तथा पर्यावरणको संरक्षण सुनिश्चित गर्दै पर्यटन पूर्वाधारको विकास, साहसिक पर्यटनको विस्तार, लगानीमैत्री वातावरणको निर्माण र स्थानीय रोजगारी सिर्जनाका लागि आवश्यक कानुनी सुधारका विषयमा छलफल केन्द्रित रह्यो,' मन्त्री गौतमले जानकारी दिइन् ।

छलफलमा मन्त्री गौतमसँगै गृहमन्त्री सुधन गुरुङ, विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल, कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह थिए । बैठकमा प्रधानमन्त्रीका नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकाल लगायत सम्बन्धित निकायका पदाधिकारीहरू सहभागी थिए । 'पर्यटन पूर्वाधार निर्माण, साहसिक पर्यटनको प्रवर्द्धन, नवीन उद्यमशीलताको विकास तथा प्राकृतिक सम्पदाको दिगो उपयोगका लागि आवश्यक कानुनी एवं नीतिगत सुधारका विषयमा महत्वपूर्ण छलफल गर्‍यौँ,' मन्त्री गौतमले भनिन् ।

राष्ट्रिय निकुञ्ज, संरक्षण क्षेत्र, वन क्षेत्र तथा जग्गाको उपयोगसँग सम्बन्धित विद्यमान कानुनी एवं प्रक्रियागत जटिलताका कारण पर्यटन पूर्वाधार निर्माण, सञ्चालन तथा विस्तारमा विभिन्न समस्याहरू देखिएकाले ती समस्या समाधान गर्न बैठक आयोजना गरिएको मन्त्री गौतमले जानकारी दिएकी छन् । पर्यटन क्षेत्रमा रहेका कतिपय सम्भावना कानुनी जटिलताकै कारण आर्थिक अवसरमा रूपान्तरण हुन नसकेकाले अब ती जटिलता फुकाउने प्रयास भएको उनले बताइन् । उनले भनिन्, 'अन्तरमन्त्रालयगत समन्वयलाई प्रभावकारी बनाउँदै विद्यमान कानुनी व्यवस्थाहरूबीचको असङ्गति, प्रक्रियागत दोहोरोपन र अनावश्यक प्रशासनिक अवरोधहरू हटाउन आवश्यक कानुन संशोधनको तयारीमा जुटेका छौँ । संरक्षणका नाममा विकासका सम्भावनाहरू अवरुद्ध हुनुहुँदैन, विकासका नाममा प्राकृतिक सम्पदाको विनाश पनि हुनुहुँदैन । यी दुईबीच विवेकपूर्ण सन्तुलन कायम गर्नु हाम्रो कानुनी तथा नीतिगत सुधारको मूल उद्देश्य हो ।'

प्रकृतिले नेपाललाई दिएको सम्भावनालाई नेपालीको समृद्धिमा रूपान्तरण गर्ने सरकारको संकल्प रहेको मन्त्री गौतमको भनाइ छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
2h ago
पर्यटन विकास र विस्तार तथा प्राकृतिक सम्पदासम्बन्धी कानुन सुधार गर्न ७ मन्त्रीबीच छलफल

पर्यटन विकास र विस्तार तथा प्राकृतिक सम्पदासम्बन्धी कानुन सुधार गर्न ७ मन्त्रीबीच छलफल

पर्यटन विकास र विस्तार तथा प्राकृतिक सम्पदासम्बन्धी कानुन सुधार गर्न ७ मन्त्रीबीच छलफल कानुनमन्त्री सोविता गौतमले भनिन् - 'पर्यटन पूर्वाधार निर्माण, साहसिक पर्यटनको प्रवर्द्धन, नवीन उद्यमशीलताको व...

#पर्यटन #विकास #प्राकृतिक
Compare →
Nagarik News
4h ago
युवा रोजगार र उद्यमशीलता विकासलाई प्राथमिकता दिएका छौँः श्रममन्त्री

युवा रोजगार र उद्यमशीलता विकासलाई प्राथमिकता दिएका छौँः श्रममन्त्री

युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले युवालाई स्वदेशमै रोजगारी र उद्यमशीलताका अवसर उपलब्ध गराउन मन्त्रालयले कार्ययोजना अघि बढाएको बताएका छन्।

#विकास
Compare →
Bizshala
5h ago
मुक्तिनाथ विकास बैंक र नेपाल मणिपाल शिक्षण अस्पतालबीच सम्झौता, स्वास्थ्य सेवामा २० प्रतिशतसम्म छुट

मुक्तिनाथ विकास बैंक र नेपाल मणिपाल शिक्षण अस्पतालबीच सम्झौता, स्वास्थ्य सेवामा २० प्रतिशतसम्म छुट

काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेड र पोखराको फूलबारीस्थित नेपाल मणिपाल शिक्षण अस्पतालबीच स्वास्थ्य सेवा तथा...

#विकास
Compare →
Arthasansar
11h ago
गरिमा विकास बैंकको २०औँ वार्षिकोत्सवको अवसरमा देशका ९ स्थानमा रक्तदानसहित सामाजिक उत्तरदायित्वमूलक कार्यक्रम

गरिमा विकास बैंकको २०औँ वार्षिकोत्सवको अवसरमा देशका ९ स्थानमा रक्तदानसहित सामाजिक उत्तरदायित्वमूलक कार्यक्रम

गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा बृहत् रक्तदान कार्यक्रम सहित विविध संस्थागत सामाजिक उत्तरदायित्वमूलक...

#विकास
Compare →
Onlinekhabar
5d ago
पर्यटन बोर्डको सीईओ छनोट प्रक्रियाविरुद्धको रिटमा कारण देखाउ आदेश

पर्यटन बोर्डको सीईओ छनोट प्रक्रियाविरुद्धको रिटमा कारण देखाउ आदेश

९ मंसिर, काठमाडौं । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) छनोटविरुद्ध परेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । बुधबार न्यायाधीश रत्‍नबहादुर बागचन्दको एकल इजलासले विपक्षीका नाममा सूचना म्याद प्राप्त …

#पर्यटन
Compare →

Related Stories

Politics & Governance
Build #2635