Trending
Prev Story
Next Story

पर्यटन बोर्डको सीईओ छनोट प्रक्रियाविरुद्धको रिटमा कारण देखाउ आदेश

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
8
8 reads 0 reactions

९ मंसिर, काठमाडौं । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) छनोटविरुद्ध परेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । बुधबार न्यायाधीश रत्‍नबहादुर बागचन्दको एकल इजलासले विपक्षीका नाममा सूचना म्याद प्राप्त …

पर्यटन बोर्डको सीईओ छनोट प्रक्रियाविरुद्धको रिटमा कारण देखाउ आदेश

९ मंसिर, काठमाडौं । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) छनोटविरुद्ध परेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।

बुधबार न्यायाधीश रत्‍नबहादुर बागचन्दको एकल इजलासले विपक्षीका नाममा सूचना म्याद प्राप्त भएको मितिले १५ दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्न आदेश दिएको हो ।

यस्तै, निवेदकहरूले माग गरेको अन्तरिम आदेशबारे दुवै पक्षबीच छलफल गर्न मंसिर १४ गतेका लागि पेसी तोकिएको छ ।

नेपाल पर्यटन बोर्डको सीईओ छनोटका लागि सार्वजनिक गरिएको १६ जनाको संक्षिप्त सूचीका आधारमा अघि बढाइने प्रक्रिया रोक्न माग गर्दै सर्वोच्चमा रिट निवेदक परेको थियो ।

बोर्डका वरिष्ठ प्रबन्धक उदय भट्टराई, नवीन पोखरेल, सूर्य थपलिया, वरिष्ठ अधिकृत प्रज्ञा घिमिरे, ज्ञानेश्वरप्रसाद सिंह महतोले दर्ता गराएका थिए ।

रिटमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्डको कार्यकारी समिति र कार्यकारी प्रमुख छनोट उपसमितिलाई विपक्षी बनाइएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
3h ago
पर्यटन बोर्डको सीईओ छनोट विरुद्धको रिटमा कारण देखाऊ आदेश जारी

पर्यटन बोर्डको सीईओ छनोट विरुद्धको रिटमा कारण देखाऊ आदेश जारी

काठमाडौं । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) छनोट प्रक्रियाविरुद्ध दायर भएको रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको छ । सर्वोच्च...

#सर्वोच्च-अदालत #पर्यटन #बोर्ड
Compare →
Nagarik News
7h ago
दानबहादुर कार्कीको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

दानबहादुर कार्कीको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

सर्वोच्च अदालतले दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षक (आईजी) पदबाट हटाउने सरकारको निर्णयविरुद्ध अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

#सर्वोच्च-अदालत #आदेश #रिट
Compare →
Ekantipur
7h ago
आनी छोइङ डोल्माविरुद्धको रिटमा सर्वोच्चद्वारा कारण देखाउ आदेश

आनी छोइङ डोल्माविरुद्धको रिटमा सर्वोच्चद्वारा कारण देखाउ आदेश

न्यायाधीश रत्नबहादुर बागचन्दको इजलासले अन्तरिम आदेशका लागि छलफलमा बोलाउने आदेशसमेत गरेको छ । सर्वोच्चले मंसिर १४ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।

#आदेश #रिट #देखाउ
Compare →
Bizshala
4h ago
दुई हाइड्रोपावरले आईपीओ निष्कासन गर्न बोर्डसँग मागे अनुमति, कुनले कति ?

दुई हाइड्रोपावरले आईपीओ निष्कासन गर्न बोर्डसँग मागे अनुमति, कुनले कति ?

काठमाण्डौ । थप दुई हाइड्रोपावर कम्पनीले आईपीओ निष्कासनको लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)सँग अनुमति मागेका छन् ।...

#बोर्ड
Compare →
Arthasansar
8h ago
आईपीओ निष्काशनका लागि दुई जलविद्युत कम्पनीले दिए बोर्डमा आवेदन, कुन कम्पनीको कति कित्ता ?

आईपीओ निष्काशनका लागि दुई जलविद्युत कम्पनीले दिए बोर्डमा आवेदन, कुन कम्पनीको कति कित्ता ?

नेपाल धितोपत्र बोर्डमा दुई जलविद्युत् कम्पनीले आईपीओ निष्कासनको अनुमति माग्दै आवेदन दिएका छन् । आईपीओ निष्कासनको अनुमति माग्नेमा मिडिल मोदी...

#बोर्ड
Compare →

Related Stories

Politics & Governance
Build #2635