Trending
Prev Story
Next Story

लैङ्गिक हिंसाविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइँदै

Ekantipur •
November 25, 2026 • 02:33 AM
13
13 reads 0 reactions

आज नोभेम्बर २५ अर्थात् लैङ्गिक हिंसाविरुद्धको अन्तर्राष्ट्रिय दिवस विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । महिला तथा बालिकामाथि हुने सबै प्रकारका हिंसा, विभेद र अन्याय अन्त्य गर्ने उद्देश्यले प्रत्येक वर्ष यो दिवस मनाउने गरिन्छ ।

लैङ्गिक हिंसाविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइँदै

आज नोभेम्बर २५ अर्थात् लैङ्गिक हिंसाविरुद्धको अन्तर्राष्ट्रिय दिवस विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । महिला तथा बालिकामाथि हुने सबै प्रकारका हिंसा, विभेद र अन्याय अन्त्य गर्ने उद्देश्यले प्रत्येक वर्ष यो दिवस मनाउने गरिन्छ ।

काठमाडौँ — आज नोभेम्बर २५ अर्थात् लैङ्गिक हिंसाविरुद्धको अन्तर्राष्ट्रिय दिवस विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । महिला तथा बालिकामाथि हुने सबै प्रकारका हिंसा, विभेद र अन्याय अन्त्य गर्ने उद्देश्यले प्रत्येक वर्ष यो दिवस मनाउने गरिन्छ ।

सन् १९८१ देखि महिला अधिकारकर्मीहरूले नोभेम्बर २५ लाई लैङ्गिक हिंसाविरुद्धको दिवसका रूपमा मनाउँदै आएका हुन् । डोमिनिकन गणतन्त्रका तीन राजनीतिक अभियन्ता मिराबल दिदीबहिनीको स्मृतिमा यो दिन चयन गरिएको हो। तत्कालीन शासक राफेल त्रुजिलोको आदेशमा सन् १९६० मा उनीहरूको निर्ममतापूर्वक हत्या गरिएको थियो ।

महिलामाथि हुने हिंसा अन्त्यका लागि अन्तर्राष्ट्रियस्तरमा आवाज उठ्दै गएपछि संयुक्त राष्ट्रसङ्घको महासभाले सन् १९९३ डिसेम्बर २० मा प्रस्ताव नम्बर ४८र१०४ मार्फत महिलाविरुद्ध हुने हिंसा उन्मूलनसम्बन्धी घोषणापत्र पारित गरेको थियो ।

त्यसपछि सन् २००० फेब्रुअरी ७ मा संयुक्त राष्ट्रसङ्घको महासभाले नोभेम्बर २५ लाई महिलाविरुद्ध हुने हिंसा उन्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवसका रूपमा औपचारिक मान्यता दिएको थियो ।

यसै अवसरमा सन् २०२६ मा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान पनि सञ्चालन हुँदैछ । यस वर्षको अभियानले ‘न्याय सुनिश्चित गरौँ, पीडितको संरक्षण गरौँ, दण्डहीनताको अन्त्य गरौँ’ भन्ने नारालाई प्राथमिकतामा राखेको छ ।

नेपाल न्युज बैंक नेपालको निजी समाचार एजेन्सी हो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
4h ago
लैङ्गिक हिंसाविरुद्ध माइतीघरमा शान्तिपूर्ण प्रदर्शन

लैङ्गिक हिंसाविरुद्ध माइतीघरमा शान्तिपूर्ण प्रदर्शन

लैङ्गिक हिंसाविरुद्ध माइतीघरमा शान्तिपूर्ण प्रदर्शन युथ एड्भोकेसी नेपालको आयोजनामा भएको प्रदर्शनमा सहभागीहरूले महिला हिंसा, विभेद र छुवाछूत अन्त्यसँगै समान अधिकार सुनिश्चित गर्न माग गरेका छन् । म...

#लैङ्गिक #हिंसाविरुद्ध
Compare →
Onlinekhabar
1w ago
मंसिर ९ देखि लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान

मंसिर ९ देखि लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान

१ मंसिर, काठमाडौं । लैङ्गिक हिंसाविरुद्ध जनचेतना अभिवृद्धि, पीडितको संरक्षण र न्यायमा पहुँच सुनिश्चित गर्ने उद्देश्यले यस वर्ष पनि लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन हुने भएको छ । हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० …

#लैङ्गिक #हिंसाविरुद्ध
Compare →
Nagarik News
1w ago
लैङ्गिक हिंसा अन्त्यका लागि मंसिर ९ गतेदेखि १६ दिने अभियान सञ्चालन हुँदै

लैङ्गिक हिंसा अन्त्यका लागि मंसिर ९ गतेदेखि १६ दिने अभियान सञ्चालन हुँदै

हिंसाका घटनामा दण्डहीनताको अन्त्य गर्दै न्यायमा पहुँच स्थापित गर्ने उद्देश्यसहित यस वर्ष पनि लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन हुने भएको छ।

#लैङ्गिक #हिंसाविरुद्ध
Compare →
Bizshala
1w ago
आज राष्ट्रिय कर दिवस मनाइँदै

आज राष्ट्रिय कर दिवस मनाइँदै

काठमाडौं। नेपालमा आज मंसिर १ गते राष्ट्रिय कर दिवस मनाइँदैछ।

#दिवस #मनाइँदै
Compare →
Arthasansar
1w ago
राष्ट्रिय कर दिवस : सरकारद्वारा उत्कृष्ट करदातालाई सम्मान, को-को भए सम्मानित ? (सूचीसहित)

राष्ट्रिय कर दिवस : सरकारद्वारा उत्कृष्ट करदातालाई सम्मान, को-को भए सम्मानित ? (सूचीसहित)

आज राष्ट्रिय कर दिवस । यो सरकारले उत्कृष्ट करदाताहरूलाई सम्मान गरेको छ । राष्ट्रिय कर दिवस २०८३ को अवसरमा आन्तरिक...

#दिवस
Compare →

Related Stories

World News
Build #2625