Trending
Prev Story
Next Story

मोदीले शाहलाई दिए बुबा रामनारायणको पुरानो तस्बिर उपहार

Nagarik News •
November 24, 2026 • 02:18 PM
21
21 reads 0 reactions

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री बालेन्द्र शाहलाई उनका स्वर्गीय बुबा डा. रामनारायण शाहको विद्यार्थी जीवनको पुरानो तस्बिर उपहार दिएका छन्।

मोदीले शाहलाई दिए बुबा रामनारायणको पुरानो तस्बिर उपहार

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री बालेन्द्र शाहलाई उनका स्वर्गीय बुबा डा. रामनारायण शाहको विद्यार्थी जीवनको पुरानो तस्बिर उपहार दिएका छन्।

गुजरातको जामनगरस्थित आयुर्वेद विश्वविद्यालयमा अध्ययन गर्दाको उक्त तस्बिर मोदीले बालेन्द्रलाई दिएका हुन्। रामनारायणले सोही विश्वविद्यालयबाट स्नातकोत्तर गरेका थिए। उनको गत वर्ष ७७ वर्षको उमेरमा काठमाडौंस्थित सिभिल अस्पतालमा निधन भएको थियो।

त्यस्तै, मोदीले वाराणसीको गंगाजल, बनारसी ब्रोकेड स्टोल र रामायणको सम्पूर्ण कथा चित्रण गरिएको कलमकारी चित्र पनि उपहार दिए। दैनिक भास्कर का अनुसार बनारसी स्टोल परम्परागत गुजराती साडेली बक्समा राखिएको थियो।

सन् १९४८ मा महोत्तरीको एकडारा गाउँमा जन्मिएका रामनारायणका बुबा मुनीलाल शाह त्यस क्षेत्रका प्रभावशाली जग्गाधनी थिए। उनको परिवार खेतीपातीमा संलग्न थियो र स्थानीय समुदायमा प्रभाव राख्थ्यो।

आयुर्वेदलाई आफ्नो पेसा बनाउने निर्णय गरेका रामनारायण उच्च शिक्षा हासिल गर्न भारत गएका थिए। उनले गुजरातको जामनगरस्थित आयुर्वेद विश्वविद्यालयबाट स्नातकोत्तर पूरा गरेपछि सन् १९८० को दशकको सुरुवातमा नेपाल फर्किए।

नेपाल फर्किएपछि उनले सरकारी आयुर्वेद चिकित्सकका रूपमा काम सुरु गरे। उनलाई सिंहदरबार वैद्यखानामा नियुक्त गरिएको थियो। उनले सन् २००१ देखि २००५ सम्म वैद्यखानाको प्रबन्ध निर्देशकका रूपमा समेत काम गरेका थिए।

काठमाडौंमा लामो समय बसेर काम गरे पनि रामनारायण आफ्नो पुर्ख्यौली गाउँ एकडारासँग जोडिएका थिए। उनले गाउँमा साप्ताहिक हाटबजार सञ्चालनका लागि जग्गा दान गर्नुका साथै स्थानीय मन्दिर मर्मतमा पनि सहयोग गरेका थिए।

आइतबार दुई दिने भारत भ्रमणमा गएका प्रधानमन्त्री शाह सोमबार बेलुका स्वदेश फर्किएका थिए।

प्रकाशित: ८ मंसिर २०८३ २०:०३ मंगलबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
2d ago
प्रधानमन्त्री शाहसँगको तस्बिर पोस्ट गर्दै मोदीले लेखे : नेपाल-भारत मित्रता अझ उचाइमा

प्रधानमन्त्री शाहसँगको तस्बिर पोस्ट गर्दै मोदीले लेखे : नेपाल-भारत मित्रता अझ उचाइमा

फेसबुकमा प्रधानमन्त्री शाहसँगका केही तस्बिर पोस्ट गर्दै भारतीय समकक्षी मोदीले भेट सुखद रहेको पनि उल्लेख गरेका छन् ।

#मोदी #तस्बिर
Compare →
Hamro Patro News
1d ago
भारतबाट फर्किएपछि दुई मन्त्रीसँगको तस्बिर सार्वजनिक गर्दै प्रधानमन्त्री बालेनले भने– ‘देश उँभो लगाउने टोली’

भारतबाट फर्किएपछि दुई मन्त्रीसँगको तस्बिर सार्वजनिक गर्दै प्रधानमन्त्री बालेनले भने– ‘देश उँभो लगाउने टोली’

काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र शाहले भारत भ्रमणबाट फर्किएपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालसँग खिचिएको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन्। प्रधानमन्त्री...

#बालेन-शाह #तस्बिर
Compare →
Arthasansar
2d ago
६६९ मेगावाटको तल्लो अरुण जलविद्युत् आयोजनाको बालेन र मोदीले गरे शिलन्यास

६६९ मेगावाटको तल्लो अरुण जलविद्युत् आयोजनाको बालेन र मोदीले गरे शिलन्यास

प्रधानमन्त्री बालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको संयुक्त रूपमा शिलान्यास गरेका छन्...

#बालेन-शाह #मोदी
Compare →
Bizshala
2d ago
नयाँदिल्लीमा बालेन–मोदी नेतृत्वको उच्चस्तरीय वार्ता सम्पन्न, नेपाल–भारत सहकार्यका विषयमा छलफल

नयाँदिल्लीमा बालेन–मोदी नेतृत्वको उच्चस्तरीय वार्ता सम्पन्न, नेपाल–भारत सहकार्यका विषयमा छलफल

काठमाण्डौ । प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय समकक्षी नरेन्द्र मोदीको नेतृत्वमा नेपाल र भारतबीच उच्चस्तरीय...

#बालेन-शाह #मोदी
Compare →

Related Stories

Politics & Governance
Build #2635